सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भद्राक्षीदेवीको मन्दिरमा दर्शन गरे मनोकामना पुरा हुने विश्वास

घोराही, असोज( दाङ देउखुरीको पहाडी क्षेत्र देवीकोटस्थित भद्राक्षीदेवी मन्दिरमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । पहाडको चुचुरामा अवस्थित भद्राक्षीदेवी मन्दिर परिसरमा पछिल्लो समय आन्तरिक पर्यटकको आउजाउ बढेसँगै नयाँनयाँ संरचना पनि निर्माण भइरहेका छन् भने कतिपय निर्माण प्रक्रियामा छन् ।

हिन्दू धर्मालम्बीको शक्तिपीठ देवीकोट राप्ती गाउँपालिका वडा नं ९ मा पर्ने अन्य ठाउँभन्दा निकै विकट क्षेत्रमा छ । सामान्य सडक र विद्युत् पुगे पनि सञ्चार पुग्न नसक्दा सो क्षेत्र अझै पनि ओझेलमा छ । पूर्वपश्चिम राजमार्गदेखि करीब आठ किलोमिटर पूर्वतिरको उकालो यात्रापछि मात्र देवीकोट पुग्न सकिन्छ । मोटरसाइकल र साना गाडी मात्र जान सक्ने तर ठूला सवारी साधन जान नसक्ने कच्ची बाटो मात्र छ

किंवदन्तीअनुसार देवीकोटमा सत्यदेवीको बायाँ घुँडो पतन भई भद्राक्षीदेवी उत्पत्ति भएको थियो । मन्दिरका पुजारी लीलाबहादुर कार्कीका अनुसार सत्ययुगदेखि नै देवीकोटमा भद्राक्षीदेवीको पूजाआराधना हुँदै आएको छ । त्यस क्षेत्रको विकास नहुँदा मन्दिरसम्म आउने भक्तजनलाई कष्ट झेल्नुपरेको उहाँ गुनासो गर्नुहुन्छ
मन्दिरमा पूजाराधना र प्राकृतिक रमणीय दृष्यावलोकन गर्न हिजोआज आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष चन्द्रबहादुर जिसी बताउनुहुन्छ । ‘देवीकोटसम्म ठूला सवारी साधन पुग्ने सडक अझै आउन सकेको छैन तर साना सवारीसाधन भने आउन सक्छ । साना सवारी साधनमै भए पनि भक्तजनको आगमन अत्यधिक हुने गरेको छ ’, उहाँले भन्नुभयो, ‘मन्दिर परिसरमा केही व्यक्तिले आफ्ना दिवङ्गत आफन्तका नाममा मन्दिर, खानेपानी, पर्खाल, प्रतीक्षालय निर्माणको काम गरेका छन् ।’

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

देवीकोटबाट देउखुरी उपत्यकाको दृष्यावलोकन गर्न सकिन्छ । देवीकोटको पहाडबाट उत्तरतर्फका हिमशृङ्खला, महाभारत शृङ्खलाका पहाड, दक्षिणतर्फ देउखुरीको समतल भूभाग र भारतको सीमा क्षेत्रको भूभागसमेत हेर्न सकिन्छ ।

मन्दिर परिसरमा टाढाबाट आउने भक्तजनका लागि धर्मधाला, गणेश मन्दिर, शिव मन्दिरसमेत निर्माण भएको उहाँले बताउनुभयो । अघिल्ला वर्षमा निकै थोरै व्यक्ति पैदलयात्रा गरेर जाने गरेको देवीकोटमा पछिल्लो समय साँघुरो भए पनि मोटर बाटो पुगेपछि भने भक्तजनको भीड बढेको छ ।

करीब तीन बिघा ६ कठ्ठा क्षेत्रफलमा फैलिएको मन्दिर क्षेत्रमा विवाहमण्डप र हनुमान मन्दिर निर्माणाधीवस्थामा रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
दाङ जिल्लाको चुरे शृङ्खलाको ऐतिहासिकस्थल देवीकोटमा पुगेपछि ऐतिहासिक अध्ययनका धेरै कुरा भेटिन्छन् । मन्दिरको पूर्वतर्फ घोरेवास भन्ने गाउँ छ ।

घोरेबासमा भुरेटाकुरे राजाहरुका समयमा अड्डा, अदालत र गोश्वारा कार्यालयसमेत रहेको स्थानीयवासी बताउँछन् । मन्दिरको उत्तरतर्फ छाउनीटोला भन्ने गाउँ छ । कुनै समयमा सेनाको छाउनी रहेकाले अहिले उक्त गाउँलाई छाउनटोला नामकरण गरिएको स्थानीयवासी ७९ वर्षीय लुमकान्त पौडेल बताउनुहुन्छ । Maulakalika News

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.