सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ओली – दाहाल भेटवार्ता सकारात्मक, भोली सचिवालय बैठक बस्ने

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच शुक्रबार बिहान छलफल भएको छ । पछिल्लो राजनीतिक नियुक्तीका कारण दुई अध्यक्षबीच तिक्तता बढेको टिप्पणी भइरहँदा बिहान छलफल भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा अ‍ोली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

Sana Kishan

आज बिहान भएको छलफलमा पार्टी संगठनका बाँकी एकता प्रक्रिया टुङ्गो लगाउने विषयमा समेत दुई अध्यक्षबीच छलफल भएको बुझिएको छ । दुई अध्यक्षसहित महासचिव विष्णुप्रसाद पौडेललाई असोज मसान्तभित्र पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने ठोस आधार तयार गर्न पार्टीले जिम्मेवारी तोकेको छ ।

World Link Ads
Mahakali Polytechnic

सचिवालय बैठक भोलि
आज बसेको दुई अध्यक्षबीचको बैठकले भोलि शनिबार साँझ ४ बजे सचिवालय बैठक बोलाउने निर्णय गरेको छ । अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार भोलि साँझ ४ बजे बालुवाटारमा सचिवालयको बैठक बस्नेछ । दुई अध्यक्षबीच सहमतिको मोटामोटी खाका तयार भएपछि सचिवालयको बैठक बोलाउने यसअघि सहमति बनेको थियो । उपहार खबर बाट सभार 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.