सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ओली र प्रचण्डबीच बालुवाटारमा छलफल जारी, मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा छलफल हुदै

काठमाडौँ – प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मन्त्रिपरिषद् पुनर्गठन र राजदूत नियुक्तिबारे छलफल गर्न भेटवार्ता भएको छ । शुक्रबार दुवै अध्यक्षले भेटवार्तालाई पुनः निरन्तरता दिएका हुन् ।

Sana Kishan

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता जारी रहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले जानकारी दिए । मन्त्रिपरिषद पुनर्गठनबारे कुरा नमिल्दा उनीहरुबीच मंगलबारपछि भेटवार्ता हुन सकेको थिएन ।

मन्त्रिपरिषद पुनर्गठनमा कुरा मिल्न नसकिरहेका बेला बिहीबार सरकारले पार्टीसँग छलफल र परामर्श नै नगरी तीन देशका राजदुत नियुक्तिका लागि सिफरिस र मुख्यसचिव नियुक्त गरेपछि नेताहरुमा फेरि खटपट सुरु भएको छ । उपहार खबर बाट सभार 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.