Monday, October 26, 2020

आइपीएल : रोहित शर्माको किर्तिमानी सँगै मुम्बई इन्डियन्स विजयी, किंग्स इलेवन पञ्जाब ४८ रनले पराजित

- Advertisement -

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ खेलमा मुम्बई इन्डियन्सले किंग्स इलेवन पञ्जाबलाई ४८ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले १ सय ९२ रनको लक्ष्य दिएको थियो । जवाफमा पञ्जाबले ८ विकेटको क्षतिमा १ सय ४३ रन मात्र बनाउन सक्यो ।

पञ्जाबका लागि निकोलास पुरनले सर्वाधिक ४४ रन बनाए भने मयंक अग्रवालले २५ रनको योगदान दिए । मुम्बईका लागि जेम्स प्याटिन्सन, जस्प्रीत बुमराह र राहुल चहारले २–२ विकेट लिए । पञ्जाबका ५ खेलाडीले दोहोरो अंकमा रनसमेत बनाउन सकेनन् ।

पञ्जाबविरुद्ध मुम्बईको यो सबैभन्दा ठूलो जीत हो । यसअघि मुम्बईले पञ्जाबलाई सन् २०१६ मा २५ रनको अन्तरले हराएको थियो । बिहीबारको खेलमा रोहित शर्मा आईपीएलमा ५ हजार रन पुरा गर्ने तेस्रो खेलाडी बने । उनीभन्दा अघि विराट कोहली र सुरेश रैना रहेका छन् ।

यसअघि, मुम्बईले ४ विकेटको क्षतिमा १९१ रन बनाएको थियो । कप्तान रोहित शर्माले सर्वाधिक ७० रन बनाए । योसँगै रोहितले प्रतियोगितामा सर्वाधिक अर्धशतक बनाएको सुरेश रैनाको रेकर्डलाई पनि बराबरी गरेका छन् । आईपीएलमा रोहितको यो ३८ औँ अर्धशतक थियो ।

किरोन पोलार्डले विस्फोटक ब्याटिङ गर्दै २० बलमा नटआउट रहँदै ४७ रन बनाए । हार्दिक पान्ड्याले ११ बलमा ३० रन बनाए । पोलार्ड म्यान अफ द म्याच चुनिए । उपहार खबरबाट सभार 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

नेहा कक्करले गरिन् रोहनप्रितसँग विवाह

दिल्ली । बलिउड गायिका नेहा कक्कर र गायक रोहनप्रित विवाह बन्धनमा बाधिँएका छन् । विवाहका लागि उनीहरु परिवारसहित बिहिबार मुम्बइबाट दिल्ली पुगेका थिए । केही...

आईपीएल क्रिकेटमा पञ्जाबद्वारा दिल्ली क्यापिटल्स ५ विकेटले पराजित

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा किङ्स इलाभेन पञ्जाबले शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सलाई ५ विकेटले हहराएको छ । दुुबईमा भएको खेलमा पञ्जाबले नेपाली लेग स्पिनर...

मलेसियामा अशक्त र अलपत्र अवस्थामा भेटिएका एक नेपालीको मृत्यु

मलेसियामा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक ठेगाना भएका रोहन राई रहेको गैरआवासीय नेपाली संघ मलेसियाले जनाएको छ । शुक्रबार दिउँसो...

भारतीय सेनाध्यक्ष नरवणे नेपाल आउँदै

काठमाडौँ — भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमण आगामी कात्तिकमा गराउन नेपाली सेनाले तयारी सुरु गरेको छ । नेपाली सेनाका प्रधानसेनापति भारतीय सेनाको मानार्थ...

जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने

जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ । कोरोनाभाइरसको महामारी फैलिदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुल्ला गरेर...

आईपीएलमा हैदराबादद्वारा पन्जाब ६९ रनले पराजित

काठमाण्डौ ( इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले किङ्स इलाभेन पन्जाबलाई हराएको छ । बिहिबार राति भएको खेलमा हैदराबादले पन्जाबलाई ६९ रनले पराजित गरेको...

अस्पतालबाट डिस्चार्ज भए क्रिकेटर ललित सिंह भण्डारी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित सिंह भण्डारी अस्पतालबाट डिस्चार्ज भएका छन् । सडक दुर्घटनामा परि घाइते भएका क्रिकेटर भण्डारी मंगलबार डिस्चार्ज भएका हुन्...

इतिहासमा आज – अमेरिकाद्वारा अफगानिस्तानमा आक्रमण सुरु

आज ७ अक्टुबर । सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा अल कायदा र तालिबानविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया