Sunday, October 25, 2020

कोरोना निको भएपछि गुर्जोप्रति बढ्यो मोह, यसरी प्रयोग गरे हुन्छ हुन्छ धेरै प्रभावकारी !

- Advertisement -

कुनैबेला बिहान र बेलुकाको समय घुमफिरमा बिताउँदै आएका बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई अहिले भने गुर्जो वितरण गर्न भ्याइनभ्याइ छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिने काभ्रेपलाञ्चोक र भक्तपुरका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई निःशुल्क गुर्जो वितरण गर्न अचेल उहाँ व्यस्त हुनुहुन्छ । यसका लागि उहाँले अभियान नै चलाउनुभएको छ ।

गुर्जोको सेवनले मानिसको रोग प्रतिरोधात्मक शक्ति बढाउने भएकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिने काभ्रेपलाञ्चोक र भक्तपुरका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारीलाई निःशुल्क ।वितरण अभियान थालिएको उहाँले बताउनुभभयो । यहाँका केही युवाको साथ लिएर विगत पाँच दिनदेखि यो अभियान सञ्चालन गरेको सामाजिक अभियन्ता विष्टको भनाइ छ ।

“कोरोनाबाट बच्न गुर्जो प्रमुख जडिबुटी हो भन्ने सुनेपछि अहिले आफूले यसको निशुल्क वितरण गर्ने अभियान शुरु गरेका छौं, पहिलो चरणमा काभ्रेपलाञ्चोकका सम्पूर्ण जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कोरोना नियन्त्रणमा खट्ने कर्मचारीलाई पु¥याउने लक्ष्य राखेको छु”, उहाँले भन्नुभयो । उहाँका अभियानमा बनेपाका रविन्द्र देउजालगायत युवाले साथ दिएका छन् । आयुर्वेदिक चिकित्सकका अनुसार गुर्जोको नियमित सेवन गरेमा मधुमेह, उच्च रक्तचाप, थाइराईड भएका बिरामीलाई निकै फाइदा गर्छन् ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा पाँच बोरा गुर्जो वितरण गरेर अभियानको शुरुवात गर्नुभएका विष्टले उक्त गुर्जो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र अनुसन्धान कार्यालयमा वितरण गर्ने गरी प्रदान गरिएको बताउनुभयो । उहाँले बनेपा नगरपालिकाद्वारा सञ्चालित आइसोलेसन कक्षमा उपचाररत कोरोना सङ्क्रमितका लागि ५० किलो र साँगा प्रहरी पोष्टमा २५ किलो गुर्जो वितरण गर्नुभएको बताउनुभयो ।

यस्तै, बनेपास्थित बाल अपाङ्ग अस्पतालमा ६० किलो, जनागालस्थित हङ्सदा योग आश्रममा ५० किलो, नेपाल प्रहरी स्कुल साँगामा ३५ किलो र धुलिखेल नगरपालिकाको कार्यालयमा ४० किलो गुर्जो वितरण गरिएको छ । भक्तपुरको जगाती र दुवाकोट प्रहरी पोष्टमा पनि ४० किलो गुर्जो वितरण गरिएको अभियन्ता विष्टको भनाइ छ ।

बनेपा नगरपालिका–२ बाट गुर्जो सङ्कलन गरी वितरण गरिएको अभियानका सदस्य देउजाले बताउनुभयो । “रुखमा बेरिएको लहरालाई निकालेर साना–साना टुक्रा पारेर वितरण गरेका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार काभ्रेपलाञ्चोकस्थित स्थानीय तहका वडा कार्यालयमा समेत वितरण गर्ने योजना छ ।

शुरुमा आफ्नो अभियानप्रति ‘खिल्ली’ उडाउनेले नै वितरण अभियान जारी राख्दा अहिले ‘बधाई’ दिन थालेको विष्टले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले गाउँ गाउँबाट त्यहाँका स्थानीवासीले गुर्जो लिन आउन अनुरोध गर्न थालेका छन्, यसबाट आफू निकै उत्साहित भएका छौँ ।” उहाँले वितरण गर्ने मात्र नभइ गुर्जेको उपभोग, फाइदा र यसको खेतीबारे पनि सिकाउँदै आउनुभएको छ ।

असन्तुलित खानपान, जीवनशैली लगायतका कारण दिनप्रति दिन रोगीको सङ्ख्या बढ्दै गएका बेला गुर्जोको उपयोगिता बढ्न थालेको छ । समान्य रुघाखोकीदेखि मधुमेह, उच्च र क्त चाप, मुटुलगायत रोगीका लागि गुर्जो सञ्जिवनी बुटी मानिने गरिन्छ । कारोना कहरबाट जोगिन रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि गुर्जोको उपयोगिता अझै बढेको उहाँको भनाइ छ ।

कोरोना देखिनुभन्दा पहिले फाट्टफुट्ट रुपमा प्रयोग हुने गुर्जो अहिले धेरैले प्रयोग गर्न थालेका छन् । प्रयोग बढ्न थालेपछि काभ्रेपलाञ्चोमा यसको माग ह्वातै बढेको छ । कसैले दिनमा एक पटक त कसैले साँझ बिहान दुई पटक खाने गरेका छन् । कोरोनाबाट जोगिन गुर्जो, मरीच, बेसार र अदुवा मिसाएर पकाइएको झोल खाने गरेको स्थानीयवासीको भनाइ छ ।

आयुर्वेद चिकित्सकका अनुसार गुर्जो अर्थात् चिनी लहरा सजिलोसँग विस्तार भई सर्ने पराश्रयी लता हो । औषधीय गुणले परिपूर्ण तिक्त र टर्रो हुने गुर्जोको लहरा मोटो र गुदीदार हुन्छ । यसका आँखालाहरुबाट जरा निस्किएर हावामा लहरिएका हुन्छन् । सुत्केरी महिलाबाहेक सबैले यसको प्रयोग गर्न सकिने बताइएको छ ।gnewsnepal

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

क्यान्सर रोगीले खानैपर्ने पेय

क्यान्सर भन्नेबित्तिकै एउटा ठूलो रोगको रूपमा हामी सबैले बुझेका हुन्छौं । तर प्रारम्भिक दिनमै ठम्याएर उपचार गर्नसके क्यान्सर पूरै निको हुन सक्छ । यो...

नियमित करेला खानुका यति धेरै छन फाइदा

अहिलेको मौसमी तरकारी क’रले । ती’तो–ट’र्रो क’रेला अधिकांशलाई मीठो लाग्छ । मीठो मात्र हो र ? क’रेला आफैमा पो’षक तत्वले भरिपूर्ण त’रकारी पनि हो...

यी ७ वर्गमा पर्ने नागरिकको कोरोना परीक्षण र उपचार सरकारले गरिदिने

सात वर्ग तोक्दै त्यसमा पर्ने नागरिकका लागि कोरोनाको परीक्षण तथा उपचार निःशुल्क व्यवस्था गरिएको सरकारले जनाएको छ। सरकारले निःशुल्क परीक्षण तथा उपचारका लागि तोकेका लक्षित...

राप्रपाका अध्यक्ष थापालाई कोरोना संक्रमण

काठमाडौं – राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ । थापा सहित उहाँको परिवारका सात जना सदस्यमा सङ्क्रमण देखिएको सचिवालयले जनाएको छ । उहाँमा...

हरियो खुर्सानी सेवनले मुटुरोग, पेट दुख्ने समस्याबाट टाढा रहन सहयोग गर्छ

हरियो खुर्सानी पिरो हुने हुनाले कुनैलाई मन पर्छ कुनैलाई मन पर्दैन । कुनैले त हरियो खुर्सानी काचै खान मनपराउछन् । खादा पिरो भए पनि...

मेवा कुनबेला खाने, कुन बेला नखाने ?

गर्भवतीले नखाने ?विभिन्न अवस्थामा मेवाको सेवन शरीरका लागि फाइदाजनक भएपनि गर्भावस्थामा भने यसको सेवन शरीरका लागि हानीकारक हुनसक्छ । यसले गर्भावस्थामा गर्भपात गराउन सक्छ...

यसकारण खाने गरौँ, पिरो

अधिकांश जसो मानिसहरूले पिरो खान रुचाउने गर्छन् िजसले स्वादलाई निखार्ने गर्छ ितर प्राय जसोले भन्ने गर्छन् कि, पिरो खाएमा स्वास्थ्यमा हानी हुन्छ साथै विभिन्न...

आइतबार थप २ हजार ७१ जनामा कोरोना पुष्टि, उपत्यकामा १४१६ जना...

काठमाडौँ – आइतबार थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा....
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया