Monday, October 26, 2020

आफ्नै घरको भान्सामा पाउने यस्ता कुराले यसरी गोरो अनि चम्किलो बनाउनुहोस आफ्नो अनुहार

- Advertisement -

भान्सामै हुने कतिपय औषधिहरुले तपाईंको छालालाई निकै फाइदा पुर्याउँछ । भान्सामा पाइने विभिन्न चीजहरुको प्रयोगबाट अनुहारमा भएको दागदब्बा र फोहोर हटाउन सकिन्छ । मह र टमाटरको लेपलाई आफ्नो अनुहरामा लगाउनुस् । जस्ले तपाईँको अनुहारमा देखिने चाउरी र बुढोपन हटाउन मद्दत गर्छ ।

यसको प्याक बनाउनका लागि आधा कप टमाटरको लेदोमा १ चिया चम्चा शुद्ध मह मिसाउने र अनुहारमा लगाउने । १५ मिनेटसम्म उक्त प्याक अनुहारमा राखेर चिसो पानीले मुख धुने । महमा प्राकृतिक एन्टिसेप्टिक, किटाणुरोधी र एन्टिइन्फ्लेमेटरी गुण हुन्छ । जसले अनुहारलाई दागरहित बनाउँछ ।

यसका साथै टमाटरमा पाइने विभिन्न पोषक तत्वले अनुहारको छालालाई स्वस्थ्य राख्छ । टमाटरमा हुने भिटामिन सीले अनुहारको दागधब्बा हटाउँछ । पोटाशियम र म्याग्नेशियम हुने भएकाले यी चिजले तपाईंको छालालाई मोस्चराइज र चमक प्रदान गर्छ ।

मेवा र महको मास्कले पनि तपाईँको अनुहारमा चमकपन ल्याउनमा मद्यत गर्छ । मेवाको माक्सले अनुहारको सुख्खापन हटाउन सहयोगी मानिन्छ । यसले अनुहारको छालालाई कोमल बनाउँछ । यसका लागि आधा कप पिसेको मेवामा २ चम्चा दूध र १ चिया चम्चा मह मिसाएर अनुहारमा लगाउनुस् ।

त्यसपछि १५ मिनेटका लागि सुक्न दिनुस् । मेवामा सक्रिय एन्जाइम पाइन्छ जुन एन्टिफङ्गल गुणले भरिएको हुन्छ । यसले अनुहारको मरेको छाला बाहिर निकाल्ने र अनुहारमा हाइड्रेट गर्ने, छालामा रंग समेत दिन्छ ।

अनुहारमा चमकपन ल्याउनकोलागी घ्युकुमारी र काक्रोको प्याक बनाएर लगाउन सक्नुहुन्छ । घ्युकुमारी र काक्रो दुवैले अनुहारलाई हाइड्रेट गर्छ । अनुहारको छालालाई चम्किलो बनाउन र सफा छालाको लागि यो निकै मद्दतगार हुन्छ । यसका लागि काक्रोको रस निकाल्ने र २ चिया चम्चा घ्युकुमारीको जेल मिसाउने र यसलाई अनुहारमा सुक्न दिने । १५ मिनेटपछि चिसो पानीले पखाल्ने ।

अनुहारको छालाका लागि घ्युकुमारी निकै फाइदाजनक हुन्छ । घ्युकुमारीमा भिटामिन, एन्टिअक्सिडेन्ट, खनिज, एमिनो एसिड हुन्छ । जसले सनबर्न, अनुहारमा आउने दाना र चायाँपोतो हटाउन मद्दत गर्छ । साथै काक्रोमा पाइने भिटामिन र पोषक तत्वले अनुहारमा सुख्खापन र उमेर बढ्दै जाँदा छालामा आउने समस्याबाट छुटकारा दिलाउँछ ।

यी तीनै उपायले छालामा कोलेजन उत्पादन गर्न मद्दत गर्छ । यसले अनुहारमा आउने चाउरीपनालाई पनि कम गर्छ भने अनुहारमा आउने विभिन्न समस्या पनि कम गर्छ ।gnewsnepal

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

डोटी  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गरेका छन् । मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दशैँ...

कोरोनाका कारण उपचारथ बझाङका एक सवारी चालकको मृत्यु

बझाङ- सुदूरपश्चिममा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएका जयपृथ्वी नगरपालिका वडा नम्बर ८ बारिलका २८ वर्षीय...

क्यान्सर रोगीले खानैपर्ने पेय

क्यान्सर भन्नेबित्तिकै एउटा ठूलो रोगको रूपमा हामी सबैले बुझेका हुन्छौं । तर प्रारम्भिक दिनमै ठम्याएर उपचार गर्नसके क्यान्सर पूरै निको हुन सक्छ । यो...

नियमित करेला खानुका यति धेरै छन फाइदा

अहिलेको मौसमी तरकारी क’रले । ती’तो–ट’र्रो क’रेला अधिकांशलाई मीठो लाग्छ । मीठो मात्र हो र ? क’रेला आफैमा पो’षक तत्वले भरिपूर्ण त’रकारी पनि हो...

यी ७ वर्गमा पर्ने नागरिकको कोरोना परीक्षण र उपचार सरकारले गरिदिने

सात वर्ग तोक्दै त्यसमा पर्ने नागरिकका लागि कोरोनाको परीक्षण तथा उपचार निःशुल्क व्यवस्था गरिएको सरकारले जनाएको छ। सरकारले निःशुल्क परीक्षण तथा उपचारका लागि तोकेका लक्षित...

राप्रपाका अध्यक्ष थापालाई कोरोना संक्रमण

काठमाडौं – राप्रपाका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ । थापा सहित उहाँको परिवारका सात जना सदस्यमा सङ्क्रमण देखिएको सचिवालयले जनाएको छ । उहाँमा...

हरियो खुर्सानी सेवनले मुटुरोग, पेट दुख्ने समस्याबाट टाढा रहन सहयोग गर्छ

हरियो खुर्सानी पिरो हुने हुनाले कुनैलाई मन पर्छ कुनैलाई मन पर्दैन । कुनैले त हरियो खुर्सानी काचै खान मनपराउछन् । खादा पिरो भए पनि...

मेवा कुनबेला खाने, कुन बेला नखाने ?

गर्भवतीले नखाने ?विभिन्न अवस्थामा मेवाको सेवन शरीरका लागि फाइदाजनक भएपनि गर्भावस्थामा भने यसको सेवन शरीरका लागि हानीकारक हुनसक्छ । यसले गर्भावस्थामा गर्भपात गराउन सक्छ...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया