Wednesday, October 28, 2020

दल दर्ता गर्न संघीय संरचना अनिवार्य

- Advertisement -

काठमाडौं, असोज १५। निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ ।

आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको स्वरूपसहित आउने दललाई मात्र आयोगमा दर्ता गर्ने भएको हो ।

नयाँ दल दर्ताका लागि अब आयोगमा निवेदन दिँदा स्थानीय तह, जिल्ला, प्रदेश तह र केन्द्रीय तहमा पार्टीको संरचनासहित कार्यसमिति अनिवार्य भएको हुनुपर्नेछ । यसरी संरचनागत विवरण बुझाउँदा पूरा कार्यसमिति समेत स्पष्ट खुलाएर बुझाउनुपर्नेछ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले संविधान र कानुनमा भएको व्यवस्थाअनुसार नै आयोगले र दलले गर्नुपर्ने कानुनी व्यवस्थाबारे स्पष्ट परिएको बताए । ‘संविधान र कानुनमा यो व्यवस्था छ, यसरी गर्नुपर्छ भनेर आयोगले सम्झाएको हो, अब संविधानअनुसार स्थानीय, प्रदेश र केन्द्रीय कार्यसमिति बनाएर आएपछि मात्रै नयाँ दल दर्ताको प्रक्रिया अघि बढ्छ,’ आयोगका प्रवक्ता श्रेष्ठले भने ।

प्रवक्ता श्रेष्ठका अनुसार मुलुक संघीय संरचनामा गइसक्दा समेत प्रदेश र जिल्लामा रहेका निर्वाचन कार्यालयमा केन्द्रमा दर्ता भएका दलका बारेमा रेकर्ड नरहने अवस्था आएकाले यस्तो व्यवस्था लागू गराउनेतर्फ आयोग अघि बढेको समेत जानकारी दिए । यसरी आउँदा जिल्ला कार्यसमितिको संरचनासमेत बुझाउनुपर्ने आजको राजधानी दैनिकमा खवर छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अछाममा उपाध्यक्षद्वारा नै गाउँपालिकामा तालाबन्दी

अछाम, १२ कार्तिक । अछामको रामारोशन गाउँपालिकामा गाउँपालिकामा गाउँपालिकाकी उपाध्यक्षद्वारा नै तालाबन्दी गरिएको छ । गाउँकार्यपालिकाको कार्यालयमा बुधबारदेखि अनिश्चितकालका लागी तालाबन्दी गरिएको हो । गाउँपालिकी...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुलेपनि आएनन् पर्यटक

महेन्द्रनगर, १२ कात्तिक । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकनका लागि खुले पनि पर्यटक आएका छैनन् । विगतका वर्षमा चाडपर्वका बेला आन्तरिक तथा वाह्य पर्यटकले भरिभराउ...

नेकपा केन्द्रीय समिति बैठक एक महिना पर स¥यो

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक एक महिनाका पर सरेको छ। नेकपाको केन्द्रीय कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बैठक मंसिर १५...

डोटीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु

डोटी जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा...

यसो गर्नुस छिट्टै गोरो र सफा हुन्छ ,काखी, घाँटी र कुहिना...

कुहिना , घाँटी , घुँडा र काखी कालो हुने कारणले गर्दा धेरै मानिसहरु यसलाई देखाउन लाज मान्ने गर्छन । विभिन्न कारणहरुले गर्दा शरीरका यी...

काठमाण्डौमा आज बिहानको तापक्रम यो वर्षकै कम मापन

आज बिहान काठमाण्डौको तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यसअघि गएको आइतबार काठमाण्डौको तापक्रम १२...

आज दशैँको तेस्रो दिन, आफन्त तथा मान्यजनको हातबाट टीका र जमरा...

काठमाडौं– आश्विन शुक्लपक्ष टीकाको आज तेस्रो दिन द्वादशी । आज पनि आफन्त तथा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाई आशिर्वाद लिने...

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्ट सहितको टोली दैजी छेला औद्योगिक...

नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले दैजी छेला औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशको गौरवको योजना अन्तर्गत रहेको कञ्चनपुरको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया