Saturday, October 31, 2020

गुर्जो सेवन गर्ने विधि, फाइदा र नोक्सानको बारेमा जानकारी लिनुहोस

- Advertisement -

मानिसको शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने गुर्जो नेपालका जहाँसुकै रोप्न सकिने अमूल्य जडिबुटी हो । नेपालमा धेरै ठाउँमा घर वरिपरि वा गमलामा रोपेर नियमित प्रयोग गर्न सकिने लहरे जडिबुटी गुर्जो, यसले अमृत समान काम गर्दछ भनिन्छ । यसको लहरा लामो समयसम्म सुक्दैन ।यसको प्रयोग गर्दा मात्रा मिलाएर खान नसक्दा शरीरलाई बेफाईदा गर्छ । कस्ता मानिसले सेवन गर्दा ध्यान दिनुपर्छ ।

गुर्जो सेवन गर्ने विधि.१. ताजा गुर्जोको लहरा १० देखि २० ग्राम सिलौटो, खल वा मिक्स्चरमा पिसेर पानी राखी उमाल्ने आवश्यकता अनुसार अन्य जडिबुटी तथा मसला पनि संगै उमाली रस छान्ने । त्यसपछि १ चम्चा मह वा मिश्री मिलाएर नियमित विहान पिउने ।

२. सामान्य अवस्थाको रोगी वा निरोगी व्यक्तिले तल दिइएको विभि अनुसार गुर्जोको सेवन गर्न सकिन्छ । तर व्यक्तिको उमेर र रोगको अवस्था अनुसार फरक मात्रा र विधिबाट प्रयोग गर्नुपर्दछ । अनुभवी वैद्य वा आयुर्वेदिक डाक्टारको सल्लाह अनुसार प्रयोग गर्नाले पूर्ण रुपमा लाभ पाउन सकिन्छ ।३. बेलुकी पिसेर पानि मिलाएर राख्दा विहान भाँडोको पिंधमा सेतो मिश्रीको धुलो जस्तो सेतो गिलोय सत‌ जमेको हुन्छ । त्यस सतलाई मात्र खाए पनि हुन्छ ।

४. हप्तामा १—२ पटक मात्र गुर्जोको जु्स पिउन सकेमा पनि धेरै लाभ मिल्दछ ।५. टुक्रा बनाएर सुपारी जस्तै चपाउँदै खान पनि सकिन्छ ।६. सुकेको गुर्जोको धुलो ४ देखि १० ग्राम १ चम्चा मह वा मिश्री तातो पानीमा मिलाएर विहान बेलुका सेवन गर्ने ।७. ताजा गुर्जोको सेवनले कम्तीमा ३÷४ महिना भित्र शरीरमा अद्भुत परिवर्तन ल्यउँदछ ।

गुर्जोको फाईदाहरु.१. यसले जन्डिस, कलेजोको कमजोरी र विकारलाई हटाउँदछ । २. युरिक एसिड तथा वाथ र जोर्नी दुखाइको समस्याहरुमा गुर्जो लाभकारी छ । ३. गुर्जो शितल गुण भएकोले यसले गर्मीबाट टाउको दुखेको, आँखा, पिसाब, पैताला, हात, खुट्टा तथा जीउ पोलेको र पुरानो ज्वरोलाई अत्यन्तै उपयोगी छ । ४. किड्नीको दुर्बलता तथा फोहोर विकारलाई हटाएर पिसाब सम्बन्धि सम्पुर्ण समस्या÷रोग हरुमा धेरै लाभ पुरÞ्याउँदछ ।

५. गुर्जोले इन्सुलिन उत्पादनमा सहयोग गरी मधुमेहमा लाभ पुरÞ्याउँदछ ।६. गुर्जो सबै किसीमका रोगी र निरोगीले पनि प्रयोग गर्न सकिने जडिबुटी खुराक पनि हो। । ७. रक्तविकार रगतको फोहोर खराबी हटाउँदछ साथै रक्तअल्पता रगतको कमी हुन दिदैन् । ८. अम्लपित्त –अमिलो पानी मुखमा आउने र पेट पोल्ने उल्टी आउने बिरामीलाई निकै उपयोगी छ । ९. टिबी (क्षयरोग) का किटाणुहरुलाई समेत गुर्जोले रोक्ने काम गर्दछ ।

१० गुर्जो इम्युन पावर बढाउन अत्यन्तै उपयोगी छ । त्यसैले गुर्जोले कोरोना, स्वाइन फ्लु, वर्ड फ्लु, डेंगु , भाइरस, जिवाणु किटाणु तथा विषाणुहरुलाई समेत रोक्ने साथै लड्ने क्षमता बढाउँदछ । ११ उच्च रक्तचापको रोगीलाई पनि यसले धेरै फाइदा पुरÞ्याउँदछ ।
१२ गुर्जोको प्रयोगले मुटुलाई बलियो बनाई मुटु सम्बन्धि रोगमा फाइदा गर्दछ ।गुर्जो

ध्यान दिनु पर्ने कुराहरु.१. चिसो लागेको र संवेदनसिल तथा कमजोर (जीर्ण) अवस्थाका विरामीले उमालेर छानेर सेवन गर्नु पर्दछ।२. प्रेसर लो छ भने हरियो बोक्रा फालेर मह, मिश्री, सखर वा विरेनुन मिलाएर आधा मात्रा खाने ।३. गर्भवती, दुधपान गराइरहेका आमा, ५ बर्ष मुनिका बच्चा, पखाला लागेका विरामीले प्रयोग गर्नु हुँदैन । gnewsnepal

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

यी ८ चिज भुलेरपनि अरूलाई कहिल्यै प्रयोग गर्न नदिनुस् नत्र जीवनमा...

  कतिपय मानिसहरूको अरूसँग सरसामान मागेर प्रयोग गर्ने बानी हुन्छ । आफ्नो सामान साथीलाई एकछिनका लागि दिन हामी पनि हिचकिचाउँदैनौं । तर, कुनैकुनै सामान यस्ता...

जिब्रोको यस्तो अवस्थाले थाहा हुन्छ तपाईमा भएको रोग, जानी राखौं र...

  तपाई स्वास्थ्य समस्या लिएर अस्पताल पुग्नुभयो भने डाक्टरले पहिला मुख खोल्न लगाउँछन् र जिब्रो बाहिर निकान्नुस् भन्छन् । तपाईले जिब्रो निकालेपछि डाक्टरले तपाईको जिब्रोको...

विहान उठ्दा स्वास गनाउँछ ? यस्ता छन समाधानका १० उपाय, जानकारीको...

विज्ञानले विहान स्वास गनाउने समस्यालाई ‘ह्यालिटोसिस’  भन्छ। दाँत सफा नगर्ने बानीले गर्दा, सुत्ने तरिका नमिल्दा अनि केही खानेकुराह खाँदा विहान स्वास गनाउने गर्दछ। राति...

यी खानेकुराहरूले पनि तपाईँको दुखेको शरीरको लागि पेनकिलरको काम गर्दछ

पेनकिलर औषधीको अत्याधिक सेवन गर्नुभन्दा निम्न प्रकारका स्वस्थवर्द्धक अनि प्राकृतिक खानेकुराहरू खानुहोस्। यी खानेकुराहरूले पनि तपाईँको दुखेको शरीरको लागि पेनकिलरको काम गर्दछ।( जौसम्याग्नेसियमले भरिएको...

खाना खाए लगत्तै गरिने यस्ता कार्यले शरीरमा नकारात्मक असर पार्छ, भुलेर...

खाना खाए लगत्तै बज्रासनमा बस्नु एकदमै उपयुक्त हुन्छ । बज्रासनमा बस्दा पाचन प्रक्रिया सहज र चुस्त हुन्छ । कम्तीमा पाँच मिनेट यस किसिमको आसनमा...

के तपाईलाइ मधुमेह छ ?मधुमेहका रोगीलाई प्याजका फाइदा !

विभिन्न गुणहरले भरिपूर्ण प्याज यस्तो खाद्यपदार्थ हो जसले मधुमेहका बिरामीहरुका लागि निकै फाइदा पुर्याउँछ । प्याजमा पाइने फाइबर, एन्टिएक्सिडेन्ट जस्ता तत्वहरुले विभिन्न प्रकारका फाइदा...

होशियार !छालामा यस्तो निशान देखिएमा

जाडोले अब बिस्तारै ढकढक्याउँदैछ र यस मौसममा मानिसहरु छालाको सुख्खापनबाटबाट चिन्तित हुन्छन्। एकै साथ सोरायसिस बिरामीलाई यस मौसममा धेरै समस्याहरू छन्। यदि तपाईंलाई थाहा...

गोदावरी नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण भए सँगै अत्यावश्यक बाहेकका अन्य सेवा...

अत्तरिया, कार्तिक १२ कैलालीको गोदावरी नगरपालिकाले अत्यावश्यक भएमा मात्रै नगरपालिका कार्यालयमा सेवा लिन भनेको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै कार्यालयका कर्मचारीमा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया