Wednesday, November 25, 2020

धनगढी विमानस्थलमा भीओआररडीएमई उपकरण जडान

- Advertisement -

वीरेन्द्र भट्ट
धनगढी । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सबैभन्दा लामो धावनमार्ग भएको धनगढी विमानस्थलमा भीओआर/डीएमई उपकरण जडान गरिएको छ । भीओआररडीएमई (जहाजलाई बाटो देखाउने उपकरण) जडान गरिएको हो ।

विमानस्थलमा रात्रिकालीन उडान र अवतरण गर्ने व्यवस्थाका लागि भीओआररडीएमई उपकरण जडान पूरा भएको विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर थापाले जानकारी दिए । यो उपकरणको परीक्षण हुन भने बाँकी रहेको उनले बताए ।

१ हजार ८ सय मिटर लामो र ३० मिटर चौडा धावनमार्गमा कालोपत्रे सम्पन्न भइरहेको छ । विमानस्थलमा जहाज पार्किङ गर्ने एप्रोनको स्तरोन्नतिको काम पनि अन्तिम चरणमा पुगेको छ ।

दमकल राख्ने घर ‘फायर बिल्डिङ’ र ओभरहेड ट्यांकी निर्माणाधीन अवस्थामा रहेको विमानस्थल कार्यालय प्रमुख थापाले जानकारी दिए ।

तुवाँलो लागेका बेला र रात्रिकालीन समयमा पनि उडान भर्न सकिने गरी जाइकाको सहयोगमा भीओआर÷डीएमई उपकरण जडान गर्न जमिन अधिग्रहण गरिएको हो ।

अहिले धनगढी विमानस्थलको नाममा करिब ७० बिघा जमिन छ । सबै मौसममा दूरी र दिशा पत्ता लगाउन सक्ने उपकरण भीओआर÷डीएमई जडानका लागि १७ बिघाभन्दा बढी जमिन विमानस्थलको नाममा नामसारी भएको कार्यालयले जनाएको छ ।

धनगढी विमानस्थलमा अहिले अन्दाजको भर वा पाइलटको आँखाले हेरेर (भीएफआरको सहायताले) जहाज अवतरण गरिँदै आएको छ । ०६५ देखि निरन्तर धनगढी विमानस्थलको स्तरोन्नतिका लागि जग्गा अधिग्रहण गरिँदै आएको छ ।

६ महिनापछि उडान धनगढी विमानस्थलबाट हवाई सेवा ६ महिनापछि पुनः सञ्चालनमा आएको छ । बन्दाबन्दीका कारण गत चैतदेखि बन्द हवाई सेवा असोज ६ बाट सञ्चालनमा आएको हो ।
निजी क्षेत्रको बुद्ध एयरले काठमाडौं–धनगढी–काठमाडौंसम्मको हवाई सेवा सुरु गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

एउटै समय धेरै उडान भर्दा हुने भीडभाडले कोभिड–१९ को जोखिम बढ्न सक्ने भएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर एक पटकमा एउटा मात्र उडान गरिएको विमानस्थल प्रमुख थापाले बताए । समिट एयरले केही दिनअघि नेपालगन्ज–बाजुरा–धनगढी र धनगढी–बाजुरा–नेपालगन्जसम्म दुई चार्टर उडान गरेको थियो ।

डोटी, बैतडी र बझाङमा रहेका विमानस्थलको धावनमार्गको स्तरोन्नति भइसकेकाले यी विमानस्थलमा परीक्षण उडान गर्ने तयारी छ । नेपाल वायुसेवा निगमको धनगढीस्थित कार्यालय बन्द गरिएको छ ।

निगमसँग धनगढी रुटमा चल्ने जहाज अभाव भएपछि काउन्टर बन्द गर्नु परेको कार्यालयका प्रमुख हरिदत्त पन्तले जानकारी दिए ।

निगमले धनगढी विमानस्थलबाट कोभिड–१९ को संक्रमण फैलिनुअघि गत चैतसम्म काठमाडौं–धनगढी–काठमाडौंसम्म सातामा तीन दिन ‘एमए ६०’ जहाजमार्फत हवाई सेवा दिँदै आएको थियो ।

‘नयाँ जहाज व्यवस्था नहुन्जेल काउन्टर पुनः सञ्चालन हुँदैन’, उनले भने, ‘एमए ६० जहाज खर्चिलो र उपयुक्त नभएको देखियो ।’ निगमको धनगढी कार्यालयको काउन्टर बन्द भएसँगै त्यहाँ ज्यालादारी र करार सेवामा कार्यरत कर्मचारीको म्याद थपिएको छैन । पाँच स्थायी कर्मचारीमध्ये कार्यालय प्रमुख पन्तसहित चार जनाको काठमाडौं र एक जनाको दाङ सरुवा भएको छ ।

देशभरका नाफा कमाउने १० विमानस्थलमध्ये धनगढी विमानस्थल पनि पर्छ । कोरोना संक्रमण रोकथामका लागि चैत ११ देखि हवाई सेवा बन्दको प्रभावको असर विमानस्थलको आम्दानीमा पनि परेको छ ।

महिनामा २५ देखि ३० लाखको आम्दानी हुने गरेकामा हवाई सेवा बन्दा हुँदा त्यो आम्दानी गुमाउनु परेको विमानस्थल कार्यालय प्रमुख थापाले बताए । -आर्थिक अभियान

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

बिबिसीको १०० प्रभाबशाली महिलाको सुचिमा सपना रोका मगर

काठमाडौ । बेवारिसे शबको व्यबस्थापन गर्दे आउनु भएकी सपना रोक्का मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी को प्रभावशाली महिलाको सूचिमा पर्नुभएको छ ।...

कृष्णपुरका जनता अब लालपुर्जाका मालिक सांसद धामीको पहल ५० औँ बर्षपछि...

कञ्चनपुरको कृष्णपुर नगरका जनता लालपुर्जाका मालिक बन्ने भएका छन । ‘जमिन नभएका, जमिन भएरपनि लालपुर्जा नभएका भूमिहित दलित, भूमिहिन सुकुमबासी एव अव्यवस्थित बसोबासी...

वेदकोटमा खुर्सानी पकेट क्षेत्र विस्तार गरिदै

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा खुर्सानी पकेट क्षेत्र सञ्चालन हुने भएको छ । युएनडिपी र वेदकोट नगरपालिकाको आर्थिक सहयोगमा पकेट क्षेत्र सञ्चालन हुने भएको...

कञ्चनपुर पुग्यो भूमि सम्बन्धी समस्या समाधान आयोग : लालपूर्जाका मालिक बन्ने...

कञ्चनपुरको कृष्णपुर नगरका जनता लालपूर्जाका मालिक बन्ने भएका छन् । भूमिहीन दलित, भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिक अब लालपूर्जाका मालिक भन्ने भएका हुन्...

भूमि सम्बन्धी समस्या यथाशीघ्र समाधान तर्फ आयोग केन्द्रित छ : अध्यक्ष...

कञ्चनपुर, ०९ मंसिर । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न गठन गरिएको भूमि सम्बन्धी समस्या समाधान आयोगले तीब्र गतिमा कार्य अगाडि...

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५३ हजार

काठमाडौं । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ५३ हजार ९३१ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ४७१ संक्रमितको मृत्यु...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया