सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा घरेलु उद्योग दर्ता गर्ने बढे

महेन्द्रनगर । कञ्चनपुरमा लकडाउनपछि घरेलु तथा साना उद्योग व्यवसाय बढेका छन् । कोरोना संक्रमणपछि गरिएको लकडाउन खुलेपछि उद्यम व्यवसाय दर्ता हुने क्रम बढेको छ । घरेलु तथा साना उद्योग कार्यालय महेन्द्रनगरमा पछिल्लो समय व्यवसाय दर्ता गर्ने सेवाग्राही बढेको कार्याललका अधिकृत धर्मानन्द भट्टले बताए ।

घरेलु तथा साना उद्योग कार्यालयमा दैनिक ३५ देखि ५० नयाँ फर्म दर्ता हुने गरेको उनले जानकारी दिए । कार्यालयको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो महीना साउनमा मात्रै २१९ ओटा नयाँ फर्म दर्ता भएका छन्, जसमा उद्योगतर्फ १०८ र वाणिज्यतर्फ १११ व्यावसायिक फर्म रहेको छ ।

‘पछिल्लो समय व्यावसायिक फर्म दर्ता गराउनेको संख्या एकदमै बढ्दो छ,’ अधिकृत भट्टले भने, ‘भदौ महीनामा पनि साउनको भन्दा बढी व्यवसाय दर्ता भएका छन् ।

World Link Ads
Mahakali Polytechnic

दैनिक सेवाग्राहीको कामको चापले रेकर्ड राख्न समेत सकेका छैनौं ।’ दर्ता हुनेमा अधिकांश कृषि तथा पशुपन्छीपालन क्षेत्रका फर्महरू रहेको अधिकृत भट्टको भनाइ छ ।

Dirghayu Ads
Sana Kishan

कार्यालयले साउनमा उद्योग दर्ताबाट १ लाख ९० हजार र नवीकरण तथा अन्यबाट २ लाख ६८ हजार गरी ४ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । साउनमा दर्ता भएको उद्योगतर्फका फर्ममा १४३ महिला र २९१ जना पुरुषले रोजगारी पाएको कार्यालयको तथ्यांक छ ।

त्यस्तै वाणिज्यतर्फबाट कार्यालयले प्राइभेट फर्म दर्ताबाट १ लाख ५४ हजार, नवीकरणबाट ४ लाख ८२ हजार र फर्म संशोधनबाट ७० हजार राजस्व संकलन गरेको छ । कञ्चनपुरमा गत आर्थिक वर्षमा वाणिज्यतर्फ ७५६ र उद्योगतर्फ ६५४ ओटा फर्म दर्ता भएको कार्यालयले बताएको छ । कोरोना संक्रमणपछि युवा जनशक्ति विदेशबाट फर्केकाले नयाँ फर्म दर्ता गर्ने सेवाग्राही बढेको हुन सक्ने कार्यालयका अधिकृत भट्टको अनुमान छ ।

सस्तो ऋणका लागि फर्म दर्ता
कञ्चनपुरको बेलौरी नगरपालिका–६ की मिरा विष्टले सोमवार ‘प्राची कृषि तथा पशुपन्छीपालन’ नाममा फर्म दर्ता गराइन् । घरेलु तथा साना उद्योग कार्यालयमै भेटिएकी व्यवसायी विष्टले सस्तो ब्याजदरमा कर्जा निकाल्न सकिने भएकाले फर्म दर्ता गरेको बताइन् । ‘घरमा गाई, बाख्रापालन गरेकी छु । अब कुखुरा पनि पाल्ने योजना छ,’ उनले भनिन्, ‘व्यवसाय गर्न ऋण निकाल्नैपर्छ । व्यवसाय दर्ता गरेपछि सस्तो ब्याजदरमा कर्जा पाइने सुनेकाले दर्ता गराएकी हुँ ।’

त्यस्तै बेलौरी–६ कै स्थानीय हरि सिंह विष्टले पनि सोमवार नै ‘सावित्री कृषि तथा पशुपन्छी फार्म’ दर्ता गरे । व्यवसायका लागि सुलभ ब्याजदरमा ऋण पाइने भएकाले आपूmले कृषिफार्म दर्ता गरेको उनले बताए । कृषि कर्जा लिएर माछा तथा कुखुरापालन गर्ने उनको योजना छ ।

यस्तै शुक्लाफाँटा नगरपालिका–११ की माधव देवी पन्तले पनि व्यावसायिक कर्जाका लागि फर्म दर्ता गरेको बताइन् । बैंक तथा वित्तीय संस्थाले सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने व्यवस्था सरकारले गरेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.