Thursday, October 29, 2020

पुनः नियुक्तिको माग गर्दै उदयपुर सिमेन्टका मजदूरहरु आन्दोलित

- Advertisement -

उदयपुर- उदयपुर सिमेन्टका मजदूरहरुले पुनः नियुक्तिको माग गर्दै आन्दोलित भएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण केही समयका लागि उद्योग बन्द हुँदा आफूहरुलाई बिदा दिएको उद्योग व्यवस्थापन पक्षले अहिले उद्योग सञ्चालनमा आएपछि काममा फर्कन नदिएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको मजदूरहरुले बताएका छन् । यसरी आन्दोलित भएका मजदूरहरुमध्ये वरिष्ठ मेकेनिकदेखि प्राविधिक गरी एक सयभन्दा बढी छन् ।

आफूहरुको रोजीरोटी सङकटमा परेको हुँदा काममा नफर्काएसम्म आन्दोलन जारी रहने मजदूर आन्दोलनका अगुवा भुमराज राई र श्रवण कोइरालाले बताउनुभयो । उनीहरुले सङ्घर्ष समिति र दवाब समूह गठन गरेर आइतबारदेखि उद्योगको मूल ढोकममा अनिश्चितकालिन धर्ना बसेका छन् ।

“कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण गत चैतदेखि नै सिमेन्ट उद्योग नियमित रुपमा सञ्चालनमा आउन नसक्दा अधिकांश प्राविधिक मजदूरलाई बिदाई गरिएको छ”, उद्योगका निमित्त प्रबन्धक नवल किशोर साहले भन्नुभयो, “अहिले पनि नियमित रुपमा उद्योग सञ्चालनमा आएको छैन । उद्योग घाटामा रहेकाले तत्काल मजदूरहरुलाई काम दिन सकिदैन् ।”

काममा लगाएपछि पारिश्रमिक दिनुपर्दछ तर पारिश्रमिक दिने क्षमता उद्योगसँग छैन् । यस्तो अवस्थामा उनीहरुलाई काममा फर्काउन नसिकने उद्योग व्यवस्थापन पक्षको भनाइ छ । वार्ता र सम्वादद्वारा समस्याको सामाधान गर्न व्यवस्थापन पक्ष तयार रहेको प्रवन्धक साहको भनाइ छ ।

नेपाल टेलिभिजन

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अछाममा उपाध्यक्षद्वारा नै गाउँपालिकामा तालाबन्दी

अछाम, १२ कार्तिक । अछामको रामारोशन गाउँपालिकामा गाउँपालिकामा गाउँपालिकाकी उपाध्यक्षद्वारा नै तालाबन्दी गरिएको छ । गाउँकार्यपालिकाको कार्यालयमा बुधबारदेखि अनिश्चितकालका लागी तालाबन्दी गरिएको हो । गाउँपालिकी...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुलेपनि आएनन् पर्यटक

महेन्द्रनगर, १२ कात्तिक । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकनका लागि खुले पनि पर्यटक आएका छैनन् । विगतका वर्षमा चाडपर्वका बेला आन्तरिक तथा वाह्य पर्यटकले भरिभराउ...

नेकपा केन्द्रीय समिति बैठक एक महिना पर स¥यो

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक एक महिनाका पर सरेको छ। नेकपाको केन्द्रीय कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बैठक मंसिर १५...

डोटीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु

डोटी जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा...

यसो गर्नुस छिट्टै गोरो र सफा हुन्छ ,काखी, घाँटी र कुहिना...

कुहिना , घाँटी , घुँडा र काखी कालो हुने कारणले गर्दा धेरै मानिसहरु यसलाई देखाउन लाज मान्ने गर्छन । विभिन्न कारणहरुले गर्दा शरीरका यी...

काठमाण्डौमा आज बिहानको तापक्रम यो वर्षकै कम मापन

आज बिहान काठमाण्डौको तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यसअघि गएको आइतबार काठमाण्डौको तापक्रम १२...

आज दशैँको तेस्रो दिन, आफन्त तथा मान्यजनको हातबाट टीका र जमरा...

काठमाडौं– आश्विन शुक्लपक्ष टीकाको आज तेस्रो दिन द्वादशी । आज पनि आफन्त तथा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाई आशिर्वाद लिने...

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्ट सहितको टोली दैजी छेला औद्योगिक...

नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले दैजी छेला औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशको गौरवको योजना अन्तर्गत रहेको कञ्चनपुरको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया