Wednesday, October 21, 2020

प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालयलाई मेगा बैंकको आकर्षक कर्जा

- Advertisement -

काठमाडौ । मेगा बैंक नेपाल लिमिटेडले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयहरुलाई आकर्षक कर्जा सुविधा प्रदान गर्ने भएको छ ।

प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयलाई अत्यन्तै सस्तो ब्याजदरमा एक करोड रुपैंयासम्मको कर्जा सुविधा प्रदान गर्ने सम्झौता बैंकसंग भएको हो । सम्झौता अनुसार, प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालय, शिक्षक र अभिभावकहरुले समेत बिभिन्न सुविधा पाउन सक्नेछन् ।

प्याब्सन वा एनप्याब्सनको सिफारिसपत्रका साथ आवश्यक कागजपत्र जुटाएको केही दिनमै विद्यालयहरुलाई एक करोड रुपैंयासम्मको कर्जा दिइने मेगा बैंकले जनाएको छ । यसका साथै सम्बद्ध विद्यालयमा कार्यरत शिक्षकहरुलाई पनि मेगा बैंकले प्रोफेशनल लोन (व्यावसायिक कर्जा) प्रदान गरिने सम्झौता भएको छ ।

 

 

यसैगरी, अभिभावकहरुलाई पनि विशेष बचत खाता सुविधा प्रदान गरिने मेगा बैंकले जनाएको छ । कोभिड–१९ को समस्यासँग जुधिरहेका निजी विद्यालयलाई पूर्ववत रुपमा संचालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले मेगा बैंकले यो विशेष अफर ल्याएको हो । विद्यालय संचालक, शिक्षक र अभिभावकलाई समेत लाभ पुग्ने भएकाले यो सुविधाले अहिलेको विषय परिस्थतिमा निजी विद्यालयलाई राहत पुग्ने मेगा बैंकको विश्वास छ । जनबोली न्यूज नेटवर्क

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सार्वजनिक यातायातले पूरै क्षमतामा यात्रु बोक्न पाउने, भाडा चैत ११ अघिको

काठमाडौं: सार्वजनिक यातायातले पनि आन्तरिक हवाईजहाजले जस्तै सिटभरी यात्रु बोक्न पाउने भएका छन्। असोज २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले पूरै सिटमा यात्रु बोक्न पाउने...

दार्चुलाका एकल पुरुषलाई पनि भत्ता

  २ कात्तिक, दार्चुला । ज्येष्ठ नागरिक, विधवा महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ । तर, एकल...

४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास

कुल ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । मार्मा गाउँपालिका–२ मा निर्माण हुने सो आयोजनाको गाउँपालिका अध्यक्ष जमनसिंह धामी र...

दोधारा–चाँदनीमा बन्दरगाह निर्माणका लागि पुनः अध्ययन समिति गठन

धनगढी । सरकारले कञ्चनपुरको दोधारा–चाँदनीस्थित महाकाली नगरपालिका–७ कन्जभोगमा सुक्खा बन्दरगाह घोषणा गरेको ४ वर्ष बितिसक्दा समेत कार्यान्वयन अगाडि बढेको छैन भने अहिले पुनः अध्ययन...

सार्वजनिक सवारी साधनले अब सबै सिटमा यात्रु बोक्न पाउने

सार्वजनिक सवारी साधनका सबै सिटमा यात्रु चढाउन दिने निर्णय सरकारले गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।। यसअघि सरकारले सार्वजनिक...

जनशक्ति अभावले सुदूरपश्चिमका उद्योग थला पर्दै

वीरेन्द्र भट्ट धनगढी । रोजगारीका लागि दशैंको मुखमा भारतमा काम गर्न जानेको लर्को लागिरहँदा सुदूरपश्चिम प्रदेशभित्र सञ्चालित उद्योग व्यवसायमा भने जनशक्ति अभाव हुन थालेको छ...

सुदूरपश्चिममा पर्यटकीय करिडोर निर्माणको ११ करोड बजेट उपयोगविहीन

वीरेन्द्र भट्ट धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा पाँच पर्यटकीय करिडोर निर्माणका लागि विनियोजन गरेको रकम उपयोगविहीन बनेको छ । प्रदेशको उद्योग, पर्यटन...

सुदूरपश्चिममा यो वर्ष धान उत्पादन वृद्धि हुने आकलन

कैलाली । सुदूरपश्चिम प्रदेशमा यस वर्ष बर्खे धानबाली उत्पादन वृद्धि हुने आकलन गरिएको छ । धानबालीका लागि यस वर्ष पर्याप्त वर्षा भई अनुकूल मौसम देखिएकोले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया