Monday, October 26, 2020

पुरुषलाई मन नपर्ने महिलाका यी ८ बानीहरु

- Advertisement -

महिला–पुरुष बिना दुनियाँ चल्न सक्दैन । एकआपसमा अन्योन्याश्रित सम्बन्ध राख्ने यी दुई बीच कतिपय यस्ता आनीबानीहरु हुन्छन्, जुन पुरुषलाई मन पर्दा महिलालाई मन पर्दैन भने महिलालाई मन पर्दा पुरुषलाई मन पर्दैन ।यहाँ पुरुषलाई पटक्कै मन नपर्ने महिलाका यि स्वाभाव आनीबानीका बारेमा चर्चा गरिएको छ ।

१. महिलाहरु खित्का छाडेर हास्न मन पराउँछन् । हास्नु राम्रो कुरा पनि हो । तर कतिपय बेला उनीहरुले दिने हाँसोले पुरुषको रिसको पारोलाई ह्वात्तै तत्काउने गर्छ । जव आफुले गरेका गल्ती ढाक्न या लुकाउनका लागि उनीहरुले हाँसेर टार्ने प्रयास गर्छन, त्यतिवेला प्रायः पुरुषलाई उनीहरुप्रति निकै रिस उठ्ने गर्छ ।

२. धेरैजसो महिलाहरु बेतुकका कुराहरुलाई पनि उठाइरहन्छन् । उनीहरुले बारबार उठाउने यस्ता बेतुकका कुराहरु पुरुषलाई मन पर्दैन । उनीहरु के म मोटी छु,मेरो सौन्दर्य कस्तो छ, मलाई मानिसहरुले कसरी लिन्छन् जस्ता कुराहरु बारबार निकालेर पुरुषलाई हैरान बनाउँछन् तर पुरुषलाई उनीहरुको यस्तो बानीले दिक्दारीको उचाइमा छाडिदिन्छ ।

३. महिलाहरु आफ्नो सौन्दर्य प्रति अति नै चिन्तित हुन्छन् । कतिसम्म भने उनीहरु आफ्नै सौन्दर्यप्रति समेत विश्वस्त हुन सक्दैनन् । कारण,महिलाहरु बारबार आफ्नो सौन्दर्यताको निगरानी गरिरहन्छन् । उनीहरु कुनै पुरुषसँगको भेटघाट या बाहिर कतै गएर आएपछि तत्काल आफुलाई ऐना छेउमा दाज्न पुर्याइहाल्छन् । जुन पुरुषलाई पटक्कै मन पर्दैन ।

४. अधिकांश महिलाहरु आफ्नो पर्समा मेकअपका सामाग्रीहरु राख्न छुटाउँदैनन् । जव पार्टी वा अन्य भेटघाटमा जानै पर्नै हुन्छ त्यतिबेला उनीहरुले कम्तीमा पनि दश पटक अनुहार चम्काउने पाउडर दल्छन् र नखरा पार्छन । त्यसपछि गाडीमा बस्दा होस् या उठ्दा,हरेक पटक आफ्नो अनुहारमा मेकअप गर्नैपर्छ ? यस्तो हर्कतले पुरुषलाई महिलाले कहिल्यै नचिताएको सास्ती दिन्छ ।

५. प्रायः महिलाहरु ठुला झोला बोक्न मन पराउँछन् । तर पुरुषहरुलाई उनीहरुले बोक्ने त्यस्ता ठुला झोलाहरुले उनीहरुप्रति दिक्दारी बढाउने काम गर्छ । अर्कातर्फ पुरुषहरुलाई उनीहरुले बोक्ने ठुला झोलाहरुमा के छ भन्ने जिज्ञासा पलाउँछ, र केटीले बोक्ने त्यही झोला केटाहरुका लागि रहस्यको पोको हुन्छ । तर उनीहरु अक्सर जिज्ञासा मेटाउन असफल हुन्छन् । जसले गर्दा उनीहरुलाई केटीले बोक्ने त्यस्ता झोला प्रति बितृष्णा जाग्छ ।

६. महिलाहरु सरसफाइमा बिशेष ध्यान दिन्छन् । तर कतिपय बेला उनीहरु अनाबश्यक सरसफाइका काममा लागेर पुरुषलाई सताउने सम्मका काम गर्न समेत पछि पर्दैनन्,जसले पुरुषको दिमाग खराव गराउँछ ।

७. महिलाहरु पहिरनका निकै नै सौखिन हुन्छन् । कतिसम्म भने उनीहरु दिनमै कयौं पटक आफ्ना पोशाक परिबर्तन गर्न उत्सुक देखिन्छन् । सम्भव भएमा उनीहरु घन्टा–घन्टामै आफ्नो पहिरन फेर्न खोज्छन् ।

८. महिलाहरु यदि कसैले उनीहरुको इच्छाविपरितको काम गर्न खोज्यो भने उल्टो प्रतिक्रिया दिने स्वभावका हुन्छन् । उनीहरु त्यस्तो बेला आफुलाई लागेको भन्दा उल्टो कुरा गर्छन र भित्रभित्रै जल्छन् । जुन बानी पुरुषलाई मन पर्दैन । पारिजात 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कञ्चनपुरमा चरेश सहित २ जना पक्राउ

कञ्चनपुरमा लागु औषध चरेशसहित २ जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० को टापर भन्ने स्थानबाट १ ग्राम ६ सय ६०...

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको जानकी गाउपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले...

आज दसैंको मुख्य दिन, टीका लगाउने उत्तम साइत १०ः१९ बजे

१० कात्तिक, काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक...

कञ्चनपुरमा छोराको कुटपिटबाट आमा मृत्यु

महेन्द्रनगर ९ असोज । कञ्चनपुरमा छोराको निर्घात कुटपिटबाट आमा मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका...

आज महानवमी: दुर्गा भवानीको पूजा आराधना

काठमाडौं ः आज महानवमी पर्व दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ।​ महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी...

आज बडा दशैंको सातौं दिन, फूलपाती भित्र्याइँदै

काठमाडौँ, ७ कात्तिक । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइँदै छ । प्रत्येक वर्ष दुर्गा पक्ष...

पूर्वमन्त्री गोकुल बास्कोटा र उनकी श्रीमतीलाई कोरोना पुष्टि

काठमाडौं ः पूर्वमन्त्री गोकुल बास्कोटालाई कोरोना संक्रमण भएको छ। बिहीबार दिउँसो एक ट्विटर र फेसबुकमार्फत उनले आफू र श्रीमती तारा मानन्धरलाई कोरोना संक्रमण पुष्टि...

‘बोर्डिङ स्कूलले शुल्क उठाए, शिक्षकलाई तलब दिएनन्’

६ कात्तिक, काठमाडौं । निजी तथा संस्थागत विद्यालयमा कार्यरत अधिकांश शिक्षक–कर्मचारीहरूले यो दसैं बोनस पाएनन् । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया