सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुपथ मूल्य पसल १५ गतेदेखि

काठमाडौं । नजिकिँदै गरेको दशैंतिहार लाई लक्षित गर्दै सरकारले असोज १५ गतेदेखि सुपथ मूल्य पसल खोल्ने निर्णय गरेको छ । सोमवार दिउँसो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

नेपाल सरकारको स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले दशैंतिहारलाई लक्षित गर्दै असोज १५ देखि आगामी मङ्सिर ६ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने भएका छन् ।

काठमाडौं उपत्यकामा खाद्य कम्पनीले ५ स्थान, साल्ट ट्रेडिङले ५ स्थान र दुग्ध विकास संस्थानले ३ स्थान गरी १३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो ।

World Link Ads
Mahakali Polytechnic

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार सुपथ मूल्य पसलमा खाद्य कम्पनीले चामल, दाल, कर्णालीको सिमी, फापर, खानेतेल, आँटा स्यानिटाइजर, इन्डक्शन चूल्हो र खसीबोकालगायत विक्री गर्ने छ । त्यसैगरी साल्ट ट्रेडिङले चिनी, नून र दुग्ध विकास संस्थानले घिउ, पनिरलगायत खाद्यवस्तु विक्री गर्ने भएका छन् ।

Dirghayu Ads
Sana Kishan

सम्भव भएसम्म यी तीनओटै कम्पनीले वस्तु विविधीकरणका लागि एकअर्काका उत्पादन तथा खाद्य सामग्रीसमेत साटफेर गरेर विक्री गर्ने योजना रहेको सुवेदीले जानकारी दिए ।

खाद्य कम्पनीले काठमाडौं उपत्यकाभित्र थापाथली, रामशाह पथ, लगनखेल, सूर्यविनायक, नक्खु गरी पाँचओटा विक्री केन्द्रमार्पmत खाद्यवस्तु विक्री गर्ने छ । कोरोना महामारीको त्रास कायमै रहेकाले भीडभाड कम गर्ने र भौतिक दूरीलाई ध्यानमा राख्दै सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर सुपथ मूल्य पसल सञ्चालन गरिने कम्पनीले बताएको छ । यसबाहेक खाद्य कम्पनीले अनलाइन अर्डरमार्फत पनि सामान उपलब्ध गराउने योजना राखेको छ ।

साल्ट ट्रेडिङले घुम्ती पसलसमेत सञ्चालन गर्ने निर्णय भएको छ । उपत्यकाबाहिर करीब १६ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय भएको बताइएको छ । कुनकुन जिल्लामा सञ्चालन गर्ने भन्ने बारेमा भने मन्त्रालयले केही दिनभित्र नै टुंगो लगाउने भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक महाप्रबन्धक पंकज जोशीले चाडपर्वका समयमा हुने अनावश्यक मूल्य वृद्धिको समस्या रोक्न र बजार मूल्य हस्तक्षेप गर्न सहुलियत मूल्य पसलले सहयोग गर्ने बताए । उनका अनुसार साल्टले कोटेश्वर, ललितपुर, भक्तपुर, सतुंगल र बनेपालगायत क्षेत्रमा आफ्ना विक्री केन्द्रबाट खाद्यवस्तु विक्रीको योजना बनाएको छ ।

संक्रमणको जोखिमलाई ध्यानमा राख्दै अघिल्ला वर्षहरूमा भन्दा भीडभाड कम हुने गरी व्यवस्था मिलाइने उनले बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.