सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

महासचिव विष्णु पौडेल मन्त्री बन्दै

काठमाडौं । सत्तारुढ दल नेकपा मन्त्रिमण्डल पुनर्गठनको तयारीमा जुटेपछि नयाँ बन्ने मन्त्री र फालिने मन्त्री को–को पर्लान् ? सबैको चासो अहिले यसमै छ ।

त्यसमा पनि अर्थमन्त्री को बन्लान् ? भन्ने चर्चा ब्यापक छ । प्रधानमन्त्री ओलीले सचिवालय सदस्य समेत रहेका अहिलेका दुई मन्त्रीहरु उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र गहमन्त्री समेत रहेका रामबहादुर थापा (बादल) लाई सरकारमा राखिरहन चाहेपछि उनीहरु पुनर्गठित मन्त्रिमण्डलमा डेन्जर जोनबाट सिधै सेभ जोनमा परेका छन् ।

सचिवालयमा रहेका महासचिव विष्णु पौडेल पनि सरकारमा सहभागी हुने भएका छन् । उनलाई प्रधानमन्त्री ओलीले सरकारमा लान चाहेका छन् र उनको पूर्नगठन हुने मन्त्रीमण्डलमा इन्ट्री करिब निश्चित जस्तै भएको स्रोत बताउँछ ।

World Link Ads
Mahakali Polytechnic

पूर्व प्रधानमन्त्री रहेका प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल बाहेक त्यसपछि बाकी रहने अन्य दुई उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठका हकमा भने के होला ? यो पनि चासो छ । दुबैले सरकारमा सहभागी हुने इच्छा ब्यक्त गरेका छन् ।

तर यही प्रतिनिधीसभाको चुनावमा पराजित भएका कारण गौतम र श्रेष्ठलाई यही प्रतिनिधी सभाको हकमा सरकारमा जान पाउने या नपाउने भन्ने सम्वैधानिक प्रश्न उठेको छ । गौतमलाई राष्ट्रिय सभामा सरकारको सिफारिसमा मनोनित गरेर लैजाने विषयमा परेको रिटमा तत्काललाई थप संम्वैधानिक अधिकार नदिन फैसला सुनाउदै सर्वाेच्चले यस विषयमा अदालतको सम्वैधानिक इजालसमा बहस गर्नुपर्ने प्रश्न उठाएको छ ।

Sana Kishan

नयाँ मन्त्रीका लागि नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल, पम्फा भुषाल, जर्नादन शर्मा, भीम रावल, सुरेन्द्र पाण्डे, प्रभु शाह, खगराज अधिकारी, गणेशसिंह ठगुन्ना, प्रेम आले, विशाल भटटराई, विरोध खतिवडा, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, यज्ञराज सुनुवार, राजबहादुर बुढा लगायत चर्चामा छन् ।

ओलीले पोखरेललाई रक्षाबाट अन्यत्र सार्ने र राख्ने बादललाई गृहमै यथावत राख्ने तयारी गरेका छन् ।

महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जर्नादन शर्माका बीचमा गृह र अर्थ दुई नेतामा आपसी सहमतिमा लिने गरी दुवै अध्यक्षलाई दबाब बढाउने रणनीतिमा लागेका देखिएका छन् । तर ओलीले गृहमा बादललाई नै राख्ने बताएपछि र आइतबार ओली र प्रचण्ड दुवैसँग थापाले आफु गृहमै रहने बताएपछि दुई नेताको योजनामा तगारो आईलागेको स्रोत बताउछ ।

यसो हुदा अर्थमा विष्णु पौडेल जाने सम्भावना बढेको छ भने जर्नादन शर्माको मन्त्रालय फिक्स हुन सकेको छैन् । पौडेल र शर्मा नेकपाभित्रको विवाद मिलाउन सूत्रधारका रुपमा भूमिका खेलेका नेता हुन् ।

झण्डै विभाजनको मुखमा पुगिसकेको नेकपाभित्रको घर झगडालाई यी दुई नेताले शंकर पोखरेलसँगको पनि साथ लिएर भित्री दौडधुप गर्ने र दुई अध्यक्षको वरिपरि रहेर विवाद मिलाउन भूमिका खेलका पात्र हुन् । यस अर्थमा शर्मा र पौडेल दुवैले सरकारमा महत्वपूर्ण मन्त्रालय लिएर जान चाहिरहेका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.