सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

घ्यूकुमारी एक फाईदा अनेक, घ्यूकुमारी बाट लिन सकिन्छ चमत्कारिक फाईदाहरु जानकारी लिनुहोस

कुमारी सर्व गुणकारी मानवहीतमा प्रकृतिले दिएको बरदान यसलाई आयुर्वेदमा संजिवनी मानिन्छ । छालाको सुरक्षादेखि कपालको सौन्दर्यता र घाउँ भर्ने समेतको कार्य यसबाट हुने गर्दछ ।

एलोवेराको जुस नियमित पिउने व्यक्ति कहिल्यै विमार रहन्न । जोड्नी दुखेमा रक्तसंचारको रुपमा एलोवेरालाई बेजोड् मानिन्छ । एलोवेराले कपाल चुडिनबाट जोगाउँने तथा कपाललाई सेतो हुनबाट रोक्ने गर्दछ । दैनिकरुपमा सुत्नुभन्दा अगाडी गोडामा लगाएमा गोडा फुट्नबाट बचाउँछ । यस्ले छालाको नरमपनलाई कायम राख्दछ ।

World Link Ads
Mahakali Polytechnic

औषधोपचार

१. आँखाको रोगमा

आँखाको रोगमा घ्यू कुमारीको गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ ।

२. कानको रोगमा

कानको रोगमा घ्यू कुमारीको गुदी मनतातो पारेर २्३ थोपा दाहिने कान दुखोमा देब्रे कानमा र देब्रे कान दुखेमा दाहिन कानमा हाल्ने र दुबै दुखेमा दुबैमा हाल्नाले ठीक हुन्छ ।

३. मस्तिष्कको रोगमा

मस्तिष्कको रोगमा नित्य १ चम्चा घ्यू कुमारी खाने र तालुमा लगाउने गरेमा टाउको पोल्ने, पित्त विकार आदि ठिक हुन्छ र मस्तिष्क ठण्डा हुन्छ ।

४. पुरानो ज्वरोमा

पुरानो ज्वरोमा घ्यू कुमारीको जरा १ चम्चा तातो पानीसँग खानाले जीर्ण ज्वरो पनि निको भएर आउँछ । यसो गर्दा वमन भएमा डराउनु पर्दैन पित्त निस्केर जान्छ ।

५. जण्डीस, कमलपित्त भएमा

जण्डीस, कमलपित्त भएमा बिहान बेलुका १्१ चम्चा घ्यू कुमारी सेवन गर्ने गरेमा आँखा, शरीर पहेलो भएको हट्दै जान्छ र निको हुन्छ ।

६. खटिरामा

खटिरामा घ्यू कुमारीको गुदी तताएर खटिरामा बाँधेमा घाउ छिट्टै पाक्छ र निको हुन्छ ।

७. वायुगोला्गानो गएमा

वायुगोला्गानो गएमाः १ चम्चा घ्यू कुमारीको गुदी, १चम्चा राम्रो बेसार १ चिम्टी सिदेनून फिटेर तातो पानीसँग खाली पेट केही दिन खाएमा ठीक हुन्छ ।

८. चिनी रोग (डाइबेटिज) मा

चिनी रोग (डाइबेटिज) मा १ चम्चा घ्यू कुमारीको गुदीमा १ चम्चा गुर्जोको सत्व (चिनी) फिटेर खाने गरेमा रोग निको हुँदै जान्छ ।

९. यौवनवान बनिरहन

यौवनवान बनिरहन २ चम्चा घ्यू कुमारीको गुदी बिहान्बेलुका खाने गर्नाले कुनै रागले छुदैन, दाँत बलियो हुन्छ, स्वर सुरिलो हुन्छ, कपाल कालो हुन्छ, शरीरमा सँधै बल प्रदान गरिरहन्छ ।

१०. कुनै पनि विषमा

कुनै पनि विषमा घ्यू कुमारीको रस वा गुदी नित्य सेवन गर्नाले सम्पूर्ण शरिरको विष नाश हुन्छ, बल तागत प्रदान गर्छ । यसलाई मालिसको रुपमा शरिरमा लगाउनाले पनि प्रशस्त फाईदा हुन्छन् ।

Sana Kishan

११. टाउको दुखेमा

टाउको दुखेमा घ्यू कुमारीको लेदो मनतातो पारेर कञ्चटमा लगाउनाले वातज, पितज टाउको दुख्ने ठीक हुन्छ ।
१२. पेटमा गाँठो देखिएमा

पेटमा गाँठो देखिएमा घ्यू कुमारी तताएर पेटमा गाँठो भएको ठाँउमा बाँध्नाले गाँठो ठीक हुँदै जानेछ ।

१३. बच्चालाई कब्जिएत भएमा

बच्चालाई कब्जिएत भएमा घ्यू कुमारीको लेदो र साबुनको गाज फिटेर नाइटोमा वरिपरि लगाउनाले दिसा लागेको निको हुन्छ ।

१४. वाथ भएमा

वाथ भएमा घ्यू कुमारीको गुदी नित्य बिहानरबेलुका एकरएक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ । घ्यू कुमारीको गुदी नित्य बिहानरबेलुका एकरएक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ ।

१५. मर्केको, चोट लागेको र सुनिएकोमा

मर्केको, चोट लागेको र सुनिएकोमा घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।

१६. दाद आएमा

दाद आएमा घ्यू कुमारी, लसुनमा पिनेर लेप लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।

कसरी बनाउन सकिन्छ घ्यूकुमारीको फेस प्याक ? जान्नुहोस

मह – घ्यूकुमारी प्याक

ताजा घ्यूकुमारीको पातलाई राम्ररी धोएर पानीमा उमाल्नुस् र यसलाई लेदो (पेस्ट) बनाउनुस् । यसमा थोरै मह हालेर प्याक बनाउनुस् ।

त्यो प्याकलाई अनुहार र घाँटीमा लगाएर २० देखि २५ मिनेटसम्म छाडिदिनुस् । त्यसपछि धुन सकिन्छ । यस्तो फेस प्याक हप्तामा दुईपटक लगाउँदा राम्रो हुन्छ ।

केरा – घ्यूकुमारी प्याक

एउटा पाकेको केरालाई राम्रोसँग मिच्नुस् । यसमा दुई ठूलो चम्चा घ्युकुमारीको जेल र दुई ठूलो चम्चा मह हाल्नुस् ।

यो तीन चिजलाई राम्ररी मिलाएर अनुहारमा घुमाई–घुमाई मसाज गर्नुस् र केही समयका लागि छाडिदिनुस् । त्यसपछि मनतातो पानीले धुनुस् । यो प्याक संवेदनशील छालाका लागि बढी उपयोगी हुन्छ ।

मसला बदाम – घ्यूकुमारी प्याक

मसला बदामलाई राम्ररी पिँध्नुस् । यसमा दुई चम्चा घ्यूकुमारीको जेल हाल्नुस् । यसलाई राम्ररी मिलाएर अनुहार र घाँटीमा लगाउनुस् ।

करिब १५ मिनेटपछि राम्ररी धुनुहोस् । यो प्याक ढल्कँदो उमेर भएका र सुक्खा छाला भएकालाई उपयोगी हुन्छ ।

काँक्रो – घ्यूकुमारी प्याक

घ्यूकुमारीलाई राम्ररी सफा गरेर यसको जेल निकाल्नुहोस् । एउटा काँक्रो कोरेसोमा कोरेर त्यसको रस निकाल्नुस् । त्यो रसलाई जेलमा मिसाउनुस् । त्यसमा अलिकति गुलाबजल पनि हाल्नुस् ।

https://youtu.be/dKrwczD_Kfs

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.