Wednesday, October 28, 2020

बिश्व रेबिज दिबसको अवसरमा नेल्टा कंचनपुरद्धारा एक दिने निशुल्क रेबिज सिबिर सम्पन्न

- Advertisement -
लालबहादुर एस के पुनर्वास- आईतबार १४ औ बिश्व रेबिज दिबस सुदूरपश्चिममा पनि मनाइएको छ । दिवसको अबसर पारेर नेपाल पशु स्वास्थ सेवा प्राबिधिक संघ नेल्टा कंचनपुरले एक दिने निशुल्क रेबिज सिबिर सम्पन्न गरेको छ । बेलैरी नगरपालिका पसु सेवा शाखाको सहकार्यमा वडा नम्बर ३ मा कार्यालयको उक्त कार्यक्रम सम्म्पन भएको हो ।‌
दिबसको अवसरमा आयोजना गरिएको १ दिने निशुल्क रेबिज खोप सिबिरमा स्थानियहरुले आ आफ्ना घरपालुवा कुकुरहरुलाई रेबिज बिरुद्धको खोप लगाएका छन् ।
नेपाल पशु स्वास्थ सेवा प्राबिधिक संघ नेल्टा कंचनपुरका अध्यक्ष गोबिन्द भट्टले आगामी दिनमा पनि पशु प्राविधिक र किसानको लागि रचनात्मक कार्यक्रमको आयोजना गरि व्यवसायीक तिर उत्प्रेरित गर्नमा सहयोग गर्न जिल्ला कार्यसमितिको टिम सदैव तत्पर रहने बताए । उनले पशुसेवामा निरन्तर सेबा प्रबाह गरिरहेको नेल्टा कंचनपुरले यस्ता कार्यहरु आगामी दिनहरुमा पनि गर्दै जाने बताए ।
अध्यक्ष भट्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुर्ब सांसद एबम् संबिधान सभा सदस्य दिवान सिङ बिस्ट प्रमुख अतिथी रहनुभएको थियो भने नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति गोपि उपाध्याय विशिष्ट अतिथि रहनुभएको थियो ।
कार्यक्रममा आफ्ना भनाई राख्दै कार्यक्रमका प्रमुख अतिथि एवं संबिधान सभा सदस्य दिवान सिंह बिष्टले नेल्टाको कार्यक्रमले ग्रामीण भेगका किसानहरु लाभान्वित भएकोमा अगामि दिनमा यस्ता कार्यक्रमको निरन्तरता हुनुपर्नेमा जोड दिनुभयो।
उहाँले आफू सदैव जनताको सेवा र हितको लागि खटिएको बताउदै दक्षिणी भेगको चौतर्फी बिकास नै आफ्नो लक्ष्य रहेको बताउनु भयो। साथै उहाँले आफु संबिधान सभा सदस्य भए देखि नै विभिन्न योजना हरु ल्याएको बताउदै अझै धेरै गर्न बाकी रहेको र त्यसका लागि आफुले पहल गरिरहेको जिकिर गर्नु भएको छ।
त्यसरी नै बिशिस्ट अतिथी गोपाल उपाध्यायले कार्यक्रम आयोजक नेल्टालाई धन्यवाद दिनुभएको थियो र आगामी दिनमा यस्ता कार्यक्रमको अपेक्षा गरेको कुरा उल्लेख गर्नु भएको थियो। वडा नम्बर ३ का वडा अध्यक्ष नेत्रराज गिरिले कार्यक्रमले ग्रामीण कृषक लाभान्वित भएको भएको बताउदै नेल्टालाई धन्यवाद दिनुभयो । आगामी दिनमा कार्यक्रम गर्दा ग्रामीण क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरु ल्याउन पनि सुझाव दिनु भयो।
त्यस्तै नेल्टा सुदुर पश्चिम् प्रदेश संयोजक लाल बहादुर बोहिराले पशुहरुको पनि बाच्न पाउने अधिकार भएकोले पशु प्रती पनि मानवीय व्यबहार गर्नुपर्ने बताउनु भयो । सबैले पशुको उचित रेखदेख र हेरचाहमा ध्यान दिनुपर्ने बताउदै समय समयमा उनीहरुको स्वस्थ्य उपचारमा समेत ध्यान दिन समेत अनुरोध गर्नु भएको थियो।
साथै उँहाले आगामी दिनमा विभिन्न कार्यक्रमहरु सहित विभिन्न ठाँउमा शिबिर संचालनमा समेत जोड दिने बताउनु भएको छ।यस्तै सो कार्यक्रममा नेपाली काङ्ग्रेसका नगर सभापति रामलाल राना , र बेलौरी न.पा पशु सेवा शाखा प्रमुख तारा दत्त अवस्थी लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

गोदावरी नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण भए सँगै अत्यावश्यक बाहेकका अन्य सेवा...

अत्तरिया, कार्तिक १२ कैलालीको गोदावरी नगरपालिकाले अत्यावश्यक भएमा मात्रै नगरपालिका कार्यालयमा सेवा लिन भनेको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै कार्यालयका कर्मचारीमा...

डोटीका व्यापारी चन्द्रराज जोशीलाई उपचारका लागि जहाज चार्टर्ड गरेर धनगढी लगियो

डोटीमा जहाज चार्टर्ड गरेर बिरामीलाई उपचारका लागि कैलाली लगिएको छ । दिपायल सिलगढी नगरपालिका–६ बस्ने ८१ वर्षीय व्यापारी तथा समाजसेवी चन्द्रराज जोशीलाई उपचारको लागि...

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्ट सहितको टोली दैजी छेला औद्योगिक...

नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले दैजी छेला औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ । सुदूरपश्चिम प्रदेशको गौरवको योजना अन्तर्गत रहेको कञ्चनपुरको...

सुख्खा बन्दरगाह निर्माणका लागि स्थलगत अनुगमन

कञ्चनपुरको माहाकाली नगरपालिका वडा नम्बर १ को गौरीशंकर बन र मायापुरी बनमा सुख्खा बन्दरगाह निर्माणका लागि स्थलगत अनुगमन गरिएको छ । मंगलबार नेपाल सरकारका...

दशैंको मुखमा भजनीका बाढीपिडीतहरुलाई निड्स नेपालको राहत बितरण

कैलाली भजनी नगरपालिकाका बाढी प्रभावितहरुलाई निड्स नेपालले दशैको मुखमा खाधान्न तथा गैर खाधान्न राहत साम्रगी बितरण गरेको छ । भजनी नगरपालिकाको सहकार्य तथा समन्वयमा...

कोरोनाका कारण उपचारथ बझाङका एक सवारी चालकको मृत्यु

बझाङ- सुदूरपश्चिममा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएका जयपृथ्वी नगरपालिका वडा नम्बर ८ बारिलका २८ वर्षीय...

पुर्व राज्यमन्त्री रावलको पुर्वाधार विकास कार्यक्रमबाट चुरे फेदका बस्तीमा भुमिगत बोरिङ

मदन गिरी महेन्द्रनगर ७ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ को राधाकृष्ण टोलमा सिचाँईका लागि भुमिगत बोरिङ जडान गरिएको छ । सुदुरपश्चिम प्रदेशको उद्योग वन वातावरण तथा पर्यटनमन्त्री...

आफ्नोे दशैंभत्ता स्वास्थ्यचौकीलाई दिने बाजुराको बडीमालिका–७ का जनप्रनिधिको निणर्य

बाजुराः बाजुराको बडीमालिका नगरपालिका–७ का वडाअध्यक्ष धर्मराज पाध्याय लगायतका वडा सदस्यहरुले आफुले पाउने दशैंभत्ता स्वास्थ्यचौकीको स्तरोन्नतिका लागि दिने भएका छन्। वडाअध्यक्ष धर्मराजले आफुले दसैंभत्ता वाफत...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया