Thursday, October 22, 2020

अपराध अनुसन्धानमा अब्बल ईन्सपेक्टर चन्द बेलौरीबाट १४ महिनापछि विदाई

- Advertisement -

बेलौरी, ११ असोज कञ्चनपुरको बेलौरी नगरपालिका भारतसंग जोडिएको क्षेत्र हो । भारतबाट चोरी तस्करीले बेलौरीको शान्ति सुरक्षामा चुनौती थप्दै आएको छ ।गत बर्ष ०७६ साउनमा बेलौरीको प्रमुख भएर आउनुभएका प्रहरी निरीक्षण रण बहादुर चन्दले यहाँको आन्तरिक शान्ति सुरक्षा एव नागरिकलाई अमन चयनमा थुप्रै प्रयास गरे ।

मुख्य अपराधिक घटनादेखि, लागुऔषध तस्कर नियन्त्रणमा भूमिका निर्वाह गरेका चन्दलाई प्रहरी प्रधान कार्यालयले प्रहरी तालिम केन्द्र दिपायल सरुवा गरेको छ । १४ महिना इलाका प्रहरी कार्यालय बेलौरीको नेतृत्व लिएका प्रहरी निरीक्षक चन्दले बेलौरीमा दाम्पत्ती हत्या प्रकरणको सफल अनुसन्धान गरेर भावि दिनमा यस्ता प्रकृतिका घटना न्यूनिकरणमा नजर अन्दाज नै लगाईदिए ।

–खाती दाम्पत्ती हत्या प्रकरणमा सफल

साउनमा बेलौरी नगरपालिका ७ भगतपुरका खाती दाम्पत्ती हत्या प्रकरणमा ईप्रका बेलौरीका इन्चार्ज चन्दकै नेतृत्वमा अनुसन्धान गरिएको थियो ।
मृतक घनश्याम खाती र बेलीदेवी खातीको हत्या उनकै छोराले गरेको भन्दै शुरुमै अनुसन्धान छोरा केन्द्रीत भएपनि घटना फरक भएकाले अनुसन्धान मोडेर फेरी मुख्य अपराधितर्फ पु¥याएका थिए । खाती दाम्पत्तीको हत्यामा संलग्न अपराधिको पहिचान गरि सार्वजनिक गर्न सफल भएको प्रहरीलाई सफलता दिलाउन ईप्रका बेलौरीका इन्चार्ज चन्दको मुख्य भूमिका थिए । खाती दाम्पत्ती हत्या प्रकरणका मुख्य दोषिहरुलाई कानुनी दायरमा ल्याए । खाती दाम्पतीका छिमेकी ५३ बर्षिया प्रकास ऐर, सोही ठाँउका ३५ बर्षिया दिनेश राना, ३६ बर्षिया होरी राना र भर्रा भनिने कृष्णपुर नगरपालिका २ वाणिका रवि रानालाई पक्राउ गरि सार्वजनिक गरिएको थियो । गत साउनमा धाँरिलो हतियार प्रयोग गरेर ६८ बर्षिया बेलीदेवी खाती र उनका श्रीमान ७० बर्षिया घनश्याम खातीको हत्या गरेको हो ।

–तस्कर तह लगाए

प्रहरी निरीक्षक चन्दकै कार्यकालमा भारतबाट चोरी तस्करी गरि नेपाल भित्र्राउन लागेको समान समेत नियन्त्रणमा लिईएको थियो ।
बेलौरीका विभिन्न नाकाबाट तस्करले ल्याएका समान चन्द नेतृत्वकै ईप्रका बेलौरीको टोलीले झण्डै कुखुरा तस्करदेखि हार्डवेयरका समान तस्करी गर्नेलाई तह लगाउँदै अवैध समान बरामद गरिएको थियो । ६० लाख भन्दा बढिको अवैध समान नियन्त्रण गरि भन्सार बुझाएको थियो । प्रहरीको एक्सनपछि बेलौरीमा तस्करी न्यूनिकरण भईरहेको छ ।

–लागुऔषधका कारोबारी नियन्त्रण

ईन्सपेक्टर चन्द नेतृत्वमा लागु औषध समेत नियन्त्रणमा आएको छ । लागु औषधका तस्कर, प्रयोगकर्ता एव कारोबारीलाई नियन्त्रणमा लिएर काबाही प्रकृया अघि बढाएको छ । ५ लागु औषधका घटनालाई आदालमा पु¥याएको छ । विभिन्न १४ प्रकृतिका अपराध रोकथाम तथा नियन्त्रणमा भूमिका निर्वाह गर्दै सफल अनुसन्धान गरेको छ । कर्तव्य ज्यान,

जबरजस्तीकरणी, उद्योग,सवारी ज्यान, चोरी, सार्वजनिक मुद्दा, अपराधिक उपद्राव, भवितव्य ज्यान, विषसेवन, आत्महत्या, आत्महत्यादुरुत्साहन लगायतका घटनामा सफल अनुसन्धान गरिएको छ ।

भावुक हुँदै विदाई भए प्रहरी ईन्सपेक्टर चन्द

विस २०७६ साल साउनतिर प्रहरी निरीक्षक चन्दको बेलौरीमा सरुवा भएपछी उनलाई बेलौरी जति जटिल लाग्थ्यो, त्यति व्यवहारिक रुपमा जटिल भएन् । ‘म जति जोखिम सोचेको थिए, त्यति भएन, ‘उनले विदाईकै दिन भने, ‘आज सम्म जे जति काम गरियो, त्यो सबै देश र जनताका लागि हो ।’ हामी प्रहरीलको सरुवा बढुवा नियमित प्रकृया भएको जो जहाँ भएपनि ईमान्दारितापुर्वक काम गर्नुपर्ने उनले निर्देशन दिए ।

०७७ असोज ११मा बेलौरीबाट विदाई भएका प्रहरी निरीक्षक चन्द आफ्ना मातहका कर्मचारीसंग भाबुक भएर विदाई भए । उनले प्रहरीको काम कर्तव्यबाट बिमुख नभई जनताको सेवामा खटिन समेत निर्देशन दिए । प्रहरी निरीक्षक चन्दले राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधी, संचारकर्मी, सहकर्मी लगायत आम नागरिकप्रति आभार प्रकट गरेका छन् radiosudursanchar.com

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कञ्चनपुरमा चाडपर्व लक्षित निषेधाज्ञा शुरू

कञ्चनपुर जिल्लामा चाडपर्व लक्षित निषेधाज्ञा शुरू भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बडादशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी कोरोना संक्रमणको जोखिम थप...

गण्डकी प्रदेशले मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना कोषमा जम्मा गर्ने

गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। प्रदेश मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले...

यस्ता छन् विप्लवले सार्वजनिक गरे सरकारविरुद्ध संघर्षका कार्यक्रम

५ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय...

स्थानीय तहमा बजेट कार्यान्वयन गर्ने कर्मचारीको अभाव

सरकारले विकास निर्माणका लागि बजेट स्थानीय तहमा पठाए पनि बजेट कार्यान्वयन गर्ने कर्मचारीको भने स्थानीय तहमा अभाव देखिएको छ । सरकारले चालू आर्थिक वर्षमा कुल...

कञ्चनपुरमा सशस्त्रका तीन बिओपी स्थापना

कञ्चनपुर ः सीमा क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरीका आज कञ्चनपुरमा तीन वटा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना कार्य सम्पन्न गरिएका छन्। पुर्नवास नगरपालिका ११ डोकेबजार,...

कञ्चनपुरमा आफ्नै छोरीलाई बलात्कारको प्रयास गरेको आरोपमा बुवा पक्राउ

भुपेन्द्र ओली दोधरा चाँदनी ४ असोज । कञ्चनपुरको माहाकाली नगरपालीकाकाका एक पुरुष आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । माहाकाली नगरपालिकाका ५१ बर्षीय पुरुषले...

दार्चुलामा पेन्सन बुझ्ने नेपालीका लागि सीमा नाका खोलिने

दार्चुलाः भारतीय पेन्सनधारी नेपालीका लागि र्दाुलाका दुई नाका खोलिने भएका छन्। जिल्लाको दार्चुलाको धार्चुला(पुलघाट) र जौलजीवी नाका ३ दिनक सम्मका लागि खोलिन लागेका हुन। लकडाउनका...

दार्चुलामा पहिलो पटक कोरोनाले एक पुरुषको मृत्यु

धनगढी, ४ कार्तिक । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण दार्चुलामा पहिलो पटक एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा दुहुँ गाउँपालिका–२ हिकिलाका...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया