Friday, October 30, 2020

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई पक्राउ

- Advertisement -

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुवै जनालाई सुनका गहनासहित पक्राउ गरेको हो ।

डोटी केआइसिंह गाउँपालिका–२ का २२ वर्षीय मोहन कामी र १९ वर्षीय सुनिल भुजेललाई सुनका गहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो । उहाँका अनुसार दुवै जनाबाट ४४० ग्राम ६३० मिलीग्राम सुनका विभिन्न किसिमका तयारी गहना बरामद भएको छ । पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको छ । प्रभु खबर 

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

आज कोजाग्रत पूर्णिमा, दशैँको विदाई र तिहारको स्वागत गरिदै

काठमाडौं – आज कोजाग्रत पूर्णिमा, दसैंको टीका प्रसाद लगाउने कार्य सम्पन्न गरिँदै छ । बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी...

र्‍यापर गायक भिटेनलाई खोज्दै प्रहरी

काठमाडौं । र्‍यापर गायक भिटेन (समीर घिसिङ) को नयाँ गीतमा पनि छाडा शब्द बोलेको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले गीत...

पहाडकी रानी बन्दीपुरमा मिनी ग्रेटवाल बन्दै

तनहुँको बन्दीपुरमा विश्वकै प्रसिद्ध चीनको ग्रेटवाललाई झल्को दिने गरी मिनीग्रेटवाल निर्माण भईरहेको छ । ग्रेटवाल निर्माणको लागि बन्दीपुर गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । प्राकृतिक...

गृह मन्त्रालयले माग्यो सय जना कर्मचारी, यस्तो चाहिन्छ योग्यता(सूचनासहित)

गृह मन्त्रालयले एक सय जना कर्मचारीको माग गरेको छ । मन्त्रालय अन्तरगतको अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको छ। https://youtu.be/lCjCafDkav4 मन्त्रालयले...

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा स्थानीय तहगत रुपमा बार निर्धारण र टोकन...

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्थानीय तहगत रुपमा बार निर्धारण र टोकन प्रणाली लागु गरेको छ । कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको र जिल्ला...

सबै स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोड्ने सरकारको योजना

काठमाडौँ – सङ्घीयता कार्यान्वयनका क्रममा पूर्वाधारको अभाव भइरहेका बेला सरकारले सातवटै प्रदेश राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल जोड्ने भएको छ । पक्की...

मोबाइल एपका लागि युट्युवले ल्यायो ५ नयाँ फिचर

काठमाडौं । गुगलको भिडियो प्लेटफर्म युट्युवले आफ्नो एपका लागि नयाँ पाँच वटा फिचर घोषणा गरेको छ । एन्ड्रोइड र आईओएस दुवैका लागि सार्वजनिक गरिएका...

अछाममा उपाध्यक्षद्वारा नै गाउँपालिकामा तालाबन्दी

अछाम, १२ कार्तिक । अछामको रामारोशन गाउँपालिकामा गाउँपालिकामा गाउँपालिकाकी उपाध्यक्षद्वारा नै तालाबन्दी गरिएको छ । गाउँकार्यपालिकाको कार्यालयमा बुधबारदेखि अनिश्चितकालका लागी तालाबन्दी गरिएको हो । गाउँपालिकी...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया