सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कोलकाताले ७ विकेटले हरायो हैदरावादलाई

११ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले हराएको छ ।

अबुधाबीको मैदानमा हैदरावादले कोलकाता सामु १४३ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य कोलकाताले १८ ओभरमा तीन विकेट गुमाएर भेटायो ।

World Link Ads
Mahakali Polytechnic

कोलकाताको जितको हिरो शुभमन गिल बने । उनले ६२ बलमा नटआउट ७० रन बनाएका उनी म्यान अफ द म्याच बने । इयान मोर्गनले २९ बलमा नटआउट ४२ रन योगदान गरे ।

Dirghayu Ads

कोलकाताको सुरुवात भने राम्रो थिएन । ओपनिङमा आएका सुनिल नरेन दोस्रो ओभरमै आउट भए । उनले रनको खाता खोल्नै पाएनन् ।
यसैगरी नितिश राणाले १३ बलमा २६ रन बनाए ।

Sana Kishan

कप्तान दिनेश कार्तिकले पनि कुनै कमाल गर्न सकेनन् । उनले खाता नै खोल्न सकेनन् । उनी राशिद खानको बलमा एलबीडब्लु भए ।

सातौं ओभरमा तेस्रो विकेट गुमाइसकेको कोलकाताको स्कोर ६३ रन थियो । अप्ठ्यारोस्थितिमा देखिएको टिमलाई शुभम गिलले सम्हाले । उनले ४२ बलमा अर्धशतक पूरा गरेका थिए भने कोलकाताले एक सय रनको आँकडा १४ ओभरमा पूरा गरिसकेको थियो ।

पाँचौ नम्बरमा ब्याटिङमा आएका इयान मोर्गन पनि राम्रो लयमा थिए । मोर्गन र गिलले ९२ रनको साझेदारी गर्दै कोलाकातालाई जिताए ।

यसअघि अबुधाबीको शेख जायद स्टेडियममा पहिले टस जितेर ब्याटिङ रोजेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १४२ रन बनाएको थियो ।

कोलकाताका लागि मनिष पाण्डेले सर्वाधिक ५१ रन बनाए । उनले ३ चौका र २ छक्का प्रहार गरे । कप्तान डेभिड वार्नरले ३६, रिद्धिमान साहाले ३० र मोहम्मद नावीले ११ रन बनाए । अन्यले दोहोरो अंकको रन जोड्न सकेनन् । अनलाइनखबर

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.