Wednesday, October 28, 2020

खानपानमा विशेष ध्यान दिए क्यान्सरबाट बच्न सकिन्छ: स्वास्थ्यमन्त्री ढकाल

- Advertisement -

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले खानपान र आहार(विहारमा ध्यान दिए क्यान्सर रोगबाट बच्न सकिने बताउनुभएको छ ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २१ औं वार्षिकोत्सव तथा १६ औं राष्ट्रिय क्यान्सर सतर्कता दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले यस विषयमा जनचेतना जगाउन आवश्यक रहेकामा जोड दिनुभयो ।

मन्त्री ढकालले भन्नुभयो, ’हामीले खानपान र आहार(विहारमा ध्यान नदिँदा क्यान्सर रोगबाट ग्रसित हुनुपरेको छ ।’ मानिसमा हुने मोटोपन, शारीरिक रुपमा निस्क्रियता, हरिया सागसब्जी तथा फलफूलको कम प्रयोग, मदिरा र सूर्तीजन्य वस्तुको प्रयोगले क्यान्सर रोग निम्त्याउने उहाँले बताउनुभयो ।

क्यान्सर रोगका सङ्क्रमितमध्ये एक तिहाइको मृत्यु हुने गरेको, एक तिहाइको निको हुने गरेको र एक तिहाइलाई केही मात्रामा घटाउन सकिएको भन्दै मन्त्री ढकालले रोग लाग्नुभन्दा लाग्नै नदिनु उत्तम रहेको बताउनुभयो । अहिले सरकार निरोगी नेपाल निर्माणको क्रममा रहेको भन्दै उहाँले यस अभियानमा सबैलाई साथ दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ’निरोगी नेपाल निर्माण गर्ने अभियानमा सरकार लागेको छ ।’

नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्रीको नामबाट स्थापना गरिएको यस संस्थाले क्यान्सरका बिरामीको उपचार र रोकथामका लागि विश्वास आर्जन गर्दै आएको उहाँको भनाइ थियो । अस्पतालले आर्जन गरेको विश्वासकै कारण देशका विभिन्न ठाउँबाट यहाँ बिरामी उपचार गर्न आउने गरेको भन्दै मन्त्री ढकालले यसलाई अझै बढाउन आवश्यक रहेको जानकारी दिनुभयो ।

मन्त्री ढकालले वर्तमान सरकार कुरामा भन्दा पनि काममा विश्वास गर्ने भएकाले सबैले आ(आफ्नो तर्फबाट समाज र राष्ट्रका लागि काम गर्नुपर्छ भन्नुभयो । विश्वमा वार्षिक ९६ लाख जनाको क्यान्सरका कारण मृत्यु हुने गरेको छ भने नेपालमा वार्षिक २६ हजार हाराहारीको क्यान्सरका कारण मृत्यु हुने गरेको छ । यसमध्ये ७० प्रतिशत व्यक्ति न्यून आय भएका व्यक्तिहरु रहेको यस अवसरमा जानकारी दिइयो ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष डा निर्मल लामिछानेको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा अस्पताल सञ्चालक समिति सदस्य निशा अधिकारी, चिनियाँ टिमका टिम लिडर वी झ्याङ्लगायतले बोल्नुभएको थियो । यस अवसरमा अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले अस्पतालको वार्षिक प्रतिवेदन पेस गर्नुभएको थियो । २१ वर्षअघि चीन सरकारको सहयोगमा यो अस्पताल स्थापना गरिएको हो ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अछाममा उपाध्यक्षद्वारा नै गाउँपालिकामा तालाबन्दी

अछाम, १२ कार्तिक । अछामको रामारोशन गाउँपालिकामा गाउँपालिकामा गाउँपालिकाकी उपाध्यक्षद्वारा नै तालाबन्दी गरिएको छ । गाउँकार्यपालिकाको कार्यालयमा बुधबारदेखि अनिश्चितकालका लागी तालाबन्दी गरिएको हो । गाउँपालिकी...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुलेपनि आएनन् पर्यटक

महेन्द्रनगर, १२ कात्तिक । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकनका लागि खुले पनि पर्यटक आएका छैनन् । विगतका वर्षमा चाडपर्वका बेला आन्तरिक तथा वाह्य पर्यटकले भरिभराउ...

नेकपा केन्द्रीय समिति बैठक एक महिना पर स¥यो

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक एक महिनाका पर सरेको छ। नेकपाको केन्द्रीय कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बैठक मंसिर १५...

डोटीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु

डोटी जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा...

गोदावरी नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण भए सँगै अत्यावश्यक बाहेकका अन्य सेवा...

अत्तरिया, कार्तिक १२ कैलालीको गोदावरी नगरपालिकाले अत्यावश्यक भएमा मात्रै नगरपालिका कार्यालयमा सेवा लिन भनेको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै कार्यालयका कर्मचारीमा...

मुखमा घाउ आयो ? घाउ हटाउने उपाय यो हो !

मुखभित्र, जिब्रो, गिजा, ओठलगायतका मुखको कुनादेखि लिएर कहिले काहीँ गालाको छेउसम्म देखिने साना बिबिरा, मसिना सेता खालका फोकाफोकीलेसताइ गरेको पाइन्छ ।यी घाउले खाना खान...

मुखभित्र देखिने क्यान्सरका पाँच संकेतहरु‘..

अहिलेको व्यस्त जीवनशैली, अस्वथ्य खानपान, दाँतको सरसफाइको कमि र धूम्र पानजस्ता खराब बानीहरुले हामीलाई क्या नसर जस्तो प्राण घातक रो गको ख तरा ज्यादा...

यसो गर्नुस छिट्टै गोरो र सफा हुन्छ ,काखी, घाँटी र कुहिना...

कुहिना , घाँटी , घुँडा र काखी कालो हुने कारणले गर्दा धेरै मानिसहरु यसलाई देखाउन लाज मान्ने गर्छन । विभिन्न कारणहरुले गर्दा शरीरका यी...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया