Sunday, October 25, 2020

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम कसरतमा ओली र प्रचण्ड, यस्तो छ तयारी

- Advertisement -

काठमाण्डौ- प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल पुनर्गठनको अन्तिम तयारीमा जुट्नुभएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहनुभएका उहाँले मन्त्रिमण्डल पुनर्गठनबारे अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर छलफल गरिरहनुभएको छ ।

पार्टीले दुई अध्यक्षलाई मन्त्रिमण्डल पुनर्गठनको जिम्मेवारी दिइसकेकाले उहाँहरु छलफलमा जुट्नुभएको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले उज्यालोलाई बताउनुभयो । यसबारे पार्टीले दुई अध्यक्षलाई जिम्मा लगाइसकेकाले उहाँहरुको सहमतिअनुसार नै मन्त्रिमण्डल पुनर्गठन हुने उहाँको भनाइ छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार झण्डै ३ घण्टा छलफलमा जुट्नुभएका दुई अध्यक्षको भेटघाट अहिले बाक्लिएको छ । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले मन्त्रिमण्डल पुनर्गठनबारे केही दिनदेखि निरन्तर छलफल भइरहेको तर यसबारे अन्तिम निर्णयमा भने पुगिनसकेको बताउनुभयो ।

मन्त्रिमण्डल पुनर्गठनको मापदण्डबारे दुई अध्यक्षबीच छलफल भइरहे पनि कसलाई नियुक्ति गर्ने र कसलाई बिदाइ गर्ने भन्नेबारे सहमति जुट्न सकिरहेको छैन । गएको आइतबारको सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठन गरेर सरकारलाई थप प्रभावकारी बनाउनेबारेको प्रस्ताव पेस भएसँगै नेकपाले यसको सहमति जुटाउने जिम्मेवारी दुई अध्यक्षलाई दिएको हो ।

सचिवालय बैठकले पार्टी एकतालाई मजबुत बनाउन १० दिनभित्र पार्टीको साङ्गठानिक कार्ययोजना पेस गर्न पनि दुई अध्यक्ष र महासचिवलाई जिम्मा दिएको थियो । उहाँहरुबीच सबै मन्त्री फेर्ने वा दुई वर्ष पूरा भएकालाई हटाउने र बाँकी राख्ने तथा राम्रा काम गरेकालाई राख्दै अरुलाई फेरबदल गर्ने भन्ने विकल्पमा छलफल भैरहेको छ ।

अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल दुई वर्षको कार्यकाल पूरा गरेका सबै मन्त्री फेरबदल गर्नुपर्ने पक्षमा हुनुहुन्छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

टिकाको शुभ साइत भोली विहान १०.१९ बजे

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमबार बिहान १०.१९ बजे उत्तम भनेको छ । यसैगरी देवी विसर्जनको साइत बिहान...

मोदीको सन्देश लिएर आएका थिए रअ प्रमुख गोयलः मुख्यमन्त्री पोखरेल

काठमाडौं, कार्तिक ८ लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा सत्तारुढ नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेलले भारतीय गुप्चर संस्था रअका प्रमुख सामन्तकुमार गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

पुर्व राज्यमन्त्री रावलको पुर्वाधार विकास कार्यक्रमबाट चुरे फेदका बस्तीमा भुमिगत बोरिङ

मदन गिरी महेन्द्रनगर ७ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ को राधाकृष्ण टोलमा सिचाँईका लागि भुमिगत बोरिङ जडान गरिएको छ । सुदुरपश्चिम प्रदेशको उद्योग वन वातावरण तथा पर्यटनमन्त्री...

आफ्नोे दशैंभत्ता स्वास्थ्यचौकीलाई दिने बाजुराको बडीमालिका–७ का जनप्रनिधिको निणर्य

बाजुराः बाजुराको बडीमालिका नगरपालिका–७ का वडाअध्यक्ष धर्मराज पाध्याय लगायतका वडा सदस्यहरुले आफुले पाउने दशैंभत्ता स्वास्थ्यचौकीको स्तरोन्नतिका लागि दिने भएका छन्। वडाअध्यक्ष धर्मराजले आफुले दसैंभत्ता वाफत...

पूर्वमन्त्री गोकुल बास्कोटा र उनकी श्रीमतीलाई कोरोना पुष्टि

काठमाडौं ः पूर्वमन्त्री गोकुल बास्कोटालाई कोरोना संक्रमण भएको छ। बिहीबार दिउँसो एक ट्विटर र फेसबुकमार्फत उनले आफू र श्रीमती तारा मानन्धरलाई कोरोना संक्रमण पुष्टि...

‘बोर्डिङ स्कूलले शुल्क उठाए, शिक्षकलाई तलब दिएनन्’

६ कात्तिक, काठमाडौं । निजी तथा संस्थागत विद्यालयमा कार्यरत अधिकांश शिक्षक–कर्मचारीहरूले यो दसैं बोनस पाएनन् । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार...

प्रधानमन्त्रीलाई देउवाको आग्रह: कोरोना परीक्षण र उपचार निःशुल्क बनाऊ

६ कात्तिक, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय लज्जास्पद भएको बताएका छन्...

कञ्चनपुरमा चाडपर्व लक्षित निषेधाज्ञा शुरू

कञ्चनपुर जिल्लामा चाडपर्व लक्षित निषेधाज्ञा शुरू भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बडादशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी कोरोना संक्रमणको जोखिम थप...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया