Monday, October 26, 2020

बैतडीको पाटन नगरपालिका: कोरोना नियन्त्रणको नाममा ५३ लाख भ्रष्टाचार भएको ठहर

- Advertisement -

कोरोना नियन्त्रण र अन्य शीर्षकमा बैतडीको पाटन नगरपालिकामा गत आर्थिक वर्षमा ५३ लाख १५ हजार ७२१ रुपैयाँ अनियमितता भएको पाइएको छ ।

नगरपालिकाको छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सो रकम असुल उपर गर्नुपर्ने देखिएको हो। पाटन नगरपालिकामा कोरोना नियन्त्रण र अन्य शीर्षकमा अनियमित खर्च भएको भन्दै नगरसभा सदस्य भीमदत्त भट्टको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो।

छानबिन समितिले शुक्रबार प्रतिवेदन सार्वजनिक गर्दै ५३ लाख बढी रकमको कुनै पनि बिल भर्पाइ फेला नपरेकाले असुल उपर गर्नुपर्ने औंल्याएको छ। समितिले कोभिड(१९ रोकथामका लागि खर्च गरिएको रकममा अनियमितता देखिएको जनाएको हो।

पाटन नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा मात्रै गत आर्थिक वर्षमा १ करोड ७३ लाख खर्च गरेको थियो। छानबिन समितिका संयोजक भीमदत्त भट्टले प्रतिवेदन सार्वजनिक गर्दै कोभिड(१९ को नियन्त्रणका लागि खरिद गरिएका औषधि, आरडिटी कीटमा समेत आर्थिक ऐन नियमविपरीत खर्च गरेको देखिएको बताए। यस्तै गाडीभाडा, राहत वितरण, राष्ट्रपतिको स्वागत कार्यक्रम, इन्धन र सवारी साधनलगायत शीर्षकमा अनियमित खर्च भएको प्रतिवेदनमा औंल्याइएको छ।

यस्तै आइसोलेसन कक्ष निर्माण, सञ्चार शीर्षक, तालिम कार्यक्रम, सवारी साधन मर्मत, भ्रमण भत्तालगायत शीर्षकमा खर्च अनियमित भएको समितिले ठहर गरेको छ।

यस्तै डिपिआर, सडक निर्माण, विविध, सरसफाइ तथा संरचना निर्माण, पत्रपत्रिका तथा सूचना प्रकाशनलगायत शीर्षकमा अनियमित रुपमा खर्च भएको समितिको ठहर छ।

अनियमित खर्च गर्नेमा जनप्रतिनिधिदेखि कर्मचारीहरुको समेत संलग्नता रहेको समितिले औंल्याएको छ। समितिले प्रतिवेदन सार्वजनिक गर्दै आफूहरुले औंल्याएको अनियमित खर्च असुलउपर गर्नसमेत नगरपालिकालाई आग्रह गरेको छ।

छानबिनका क्रममा आफूलाई नगरपालिकाको लेखा शाखाबाट शंकास्पद कागजपत्र माग्दा नदिएको समितिले आरोप लगाएको छ। साथै नगरपालिकाको लेखा समितिको प्रतिवेदन पनि माग गर्दा आफूहरुले नपाएको छानबिन समितिका संयोजक भट्टले बताए।

छानबिन समितिले प्रतिवेदनमा औंल्याएका कुराहरु कार्यान्वयन गर्ने र असुलउपर गर्नुपर्ने रकम असुल उपर गरिने नगरप्रमुख केशवबहादुर चन्दको भनाइ छ। -थाहा खबर

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

डोटी  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गरेका छन् । मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दशैँ...

कोरोनाका कारण उपचारथ बझाङका एक सवारी चालकको मृत्यु

बझाङ- सुदूरपश्चिममा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएका जयपृथ्वी नगरपालिका वडा नम्बर ८ बारिलका २८ वर्षीय...

कञ्चनपुरमा छोराको कुटपिटबाट आमा मृत्यु

महेन्द्रनगर ९ असोज । कञ्चनपुरमा छोराको निर्घात कुटपिटबाट आमा मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका...

टिकाको शुभ साइत भोली विहान १०.१९ बजे

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमबार बिहान १०.१९ बजे उत्तम भनेको छ । यसैगरी देवी विसर्जनको साइत बिहान...

मोदीको सन्देश लिएर आएका थिए रअ प्रमुख गोयलः मुख्यमन्त्री पोखरेल

काठमाडौं, कार्तिक ८ लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा सत्तारुढ नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेलले भारतीय गुप्चर संस्था रअका प्रमुख सामन्तकुमार गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

पुर्व राज्यमन्त्री रावलको पुर्वाधार विकास कार्यक्रमबाट चुरे फेदका बस्तीमा भुमिगत बोरिङ

मदन गिरी महेन्द्रनगर ७ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ को राधाकृष्ण टोलमा सिचाँईका लागि भुमिगत बोरिङ जडान गरिएको छ । सुदुरपश्चिम प्रदेशको उद्योग वन वातावरण तथा पर्यटनमन्त्री...

आफ्नोे दशैंभत्ता स्वास्थ्यचौकीलाई दिने बाजुराको बडीमालिका–७ का जनप्रनिधिको निणर्य

बाजुराः बाजुराको बडीमालिका नगरपालिका–७ का वडाअध्यक्ष धर्मराज पाध्याय लगायतका वडा सदस्यहरुले आफुले पाउने दशैंभत्ता स्वास्थ्यचौकीको स्तरोन्नतिका लागि दिने भएका छन्। वडाअध्यक्ष धर्मराजले आफुले दसैंभत्ता वाफत...

‘बोर्डिङ स्कूलले शुल्क उठाए, शिक्षकलाई तलब दिएनन्’

६ कात्तिक, काठमाडौं । निजी तथा संस्थागत विद्यालयमा कार्यरत अधिकांश शिक्षक–कर्मचारीहरूले यो दसैं बोनस पाएनन् । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया