सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण संकलन शुरु

असोज ९, दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण संकलनका काम शुरु गरेको छ ।

जिल्ला समन्वय समिति प्रमुख करवीर कार्की, महाकाली नगरप्रमुख हंशराज भट्ट र मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीको फोटो खिचेर आवश्यक विवरण संकलन गरी काम शुरु गरिएको हो ।

संकलन गरिएको विवरण प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले समन्वय प्रमुख कार्कीलाई हस्तान्तरण गर्दै राष्ट्रिय परिचयपत्र विवरण संकलन भएको बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

प्रजिअ पोखरेलले यो अभियान निरन्तर रहने बताए । उनले राष्ट्रिय परिचयपत्रले व्यक्तिका सबै विवरण बुझाउने हुँदा सबैलाई नागरिकताको सक्कलै प्रति अनिवार्य बोकेर जिल्ला प्रशासन कार्यालयमा आउनसमेत आग्रह गरे ।

Dirghayu Ads

पहिलो दिन बिहीवार दार्चुलाका मार्मा, अपिहिमाल गाउँपालिका र शैल्यशिखर नगरपालिका गरी थप छ जनाको विवरण संकलन गरिएको छ । जिल्ला प्रशासनले नागरिकता बनाउन आउने सबै व्यक्तिको अबदेखि राष्ट्रिय परिचयपत्रका लागि समेत विवरण संकलन गर्ने प्रजिअ पोखरेलले बताए ।

संकलन गरेर ल्याएपछि ती विवरणको आधारमा परिचयपत्र बाँडिनेछ । परिचयपत्रका लागि विवरण भर्न सम्बन्धित व्यक्ति, बुबा र आमाको नागरिकता पनि आवश्यक पर्नेछ । दश अंकको नम्बर रहेको परिचयपत्रमा नागरिकको सबै विवरण साथै नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति र पत्नीको नाम, हातका औँठाछाप, शैक्षिक योग्यता, पेशा अस्थायी र स्थायी ठेगाना उल्लेख गर्नुपर्ने छ ।

यसरी भरेर पठाएको विवरण राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचयपत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित व्यक्तिले पाउनेछ । केन्द्रीय विभागबाट राष्ट्रिय परिचयपत्र जिल्लामा आइपुग्न ६ महीना लाग्ने प्रजिअ पोखरेलले बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.