सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीः पञ्चेश्वर गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

असोज ९ बैतडीको पञ्चेश्वर गाउँपालिकाले गत आर्थिक वर्षको सार्वजनिक सुनुवाई कार्याक्रम सम्पन्न गरेको छ । गत आर्थिक वर्ष ७६÷७७ मा गरेका विकास निर्माणका कार्यहरुको बारेमा आम गाउँपालिकाका नागरिकहरुलाई अवगत गराउने हेतुले गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

गउँपालिकाको आयोजना र नेपाल पत्रकार महाँ संघ जिल्ला साखा बैतडीको सहजिकरणमा गत आर्थिक वर्ष २०७६÷७७ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको रेडियो बैतडीकर्मि गोर्कण बोहराले जानकारिदिनुभएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाबाट हुने सेवा प्रवाह तथा विकास निर्माण लगायतका योजनाका बारेमा आम नागरिकहरुलाई सुुचित गराइएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्नु हुँदै पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले गत आर्थिक वर्ष विकासको वर्ष रहेको बताउनुभएको छ ।

World Link Ads
Mahakali Polytechnic

उहाँका अनुसार गाउँपालिका भित्र गत आर्थिक बर्षमा २ सय २५ वटा योजनाहरुको निमार्ण कार्य सम्पन्न भएको छ । गाउँपालिका भित्र यतायात संजाल विस्तार, विद्यालयहरुमा पर्याप्त भौतिक संरचना निर्माण, कार्यासम्पदानमा सहजता ल्याउन वाईफाई इन्टरनेट व्यवस्था, लगायत समाजिक क्षेत्रमा पनि कार्यक्रमहरु ग्रिएका उहाँ बताउनुभयो । गाउँपालिकाले गत वर्षको ३८ करोड ९० लाख ८० हजार ९ सय ५८ रुपँया कुल आम्दानि मध्ये ३३ करोड ९४ लाख ७९ हजार २ सय ६२ रुपँया खर्च भएको जनाएको छ ।

Dirghayu Ads
Sana Kishan

पंञ्चेश्वर गाउँपालिकाले ३ वर्षको दौरानमा १ सय ५० किलोमिटर सडक निर्माण गरेको बताएको छ । यस्तै गाउँपालिकाले कोरोना भाइरसका कारण रोजगारि गुमाएर स्वदेश फर्किएका नागरिकहरुको तथ्याङक संकलन समेत गरेको बताएको छ । विदेशमा रोजगारि गुमाएर स्वदेश फर्किएका करिब २ हजार नामगरिकहरुको तथ्याङ संकलन गरिएको बताउँदै अध्यक्ष चन्दले युवा स्वरोजगारका कार्यात्रहरु सञ्चालन लागि गाउँपालिका योजनाबद्ध तरिकाले लागीपरेको बताउनुभयो ।

बेरोजगार युवाहरुलाई आत्म निर्भर बनाउन यो वर्ष गाउँपालिकाले कृषि क्षेत्रलाइृ प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ । जनता जनप्रतिनधिको दोहोरो संवाद गराउने उद्देश्य गरिएको सार्वजनिक सुनवाई कार्यक्रममा गाउँबासिले उठाएको प्रशनको जावाफ र जनताबाट आएका सुझाव समेत संकलन गरिएका छन ।

पंञ्चेश्वर गाउँपालिका अध्यक्ष चन्दको अध्यक्षता, जनप्रतिनिधी , पत्रकार, विभिन्न राजनितिक दलका प्रतिनिधि , संघ संस्थाका पदाधिकारि, सुरक्षाकर्मि र स्थानिय नागरिकहरको उपस्थीतमा सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न भएको थियो । रेडियो बैतडीबाट सभार 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.