Wednesday, October 28, 2020

पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने हुनैनाथ मन्दिर क्षेत्रलाई

- Advertisement -

मालिकार्जुन। सुदूरपश्चिमवासीको आस्थाको धरोहर एवम् धार्मिक शक्तिपीठका रुपमा परिचित हुनैनाथ मन्दिर क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ।

नेपाल मात्रै नभइ छिमेकी मुलुकबाट समेत उल्लेख्य संख्यामा भक्तजनहरुको उपस्थिती हुने  दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ मा अवस्थित यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरिन लागिएको हो।

मालिकार्जुन गाउँपालिकाले संस्कृति पर्यटन तथा उड्डयन मन्त्रालयसँग साझेदारी गर्न पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमका लागि मन्त्रालयमा प्रस्ताव पेश गरेको छ।

हुनैनाथ पर्यटन विकास समाजले हुनैनाथ मन्दिर क्षेत्रमा रानीपातल बगैँचा निर्माण सहित यस क्षेत्रलाई धार्मिक पर्यटनको रुपमा विकास गर्नका लागि गाउँपालिकालाई अनुरोध गरेको हुनैनाथ पर्यटन विकास समाजका अध्यक्ष मदनसिंह धामीले बताए।

अन्य सम्बन्धित समाचार:  सुदूरपश्चिममा थप ३९ जनामा कोरोना पुष्टि

हुनैनाथ मन्दिर दार्चुला जिल्लाको लेकम क्षेत्रकाे महत्वपूर्ण शक्तिपीठका रुपमा चिनिन्छ। सो क्षेत्रको विकास गर्नका लागि मन्दिर क्षेत्रमा पर्यटनसँग सम्बन्धित सम्पूर्ण पूर्वाधार तथा वातावरण मैत्री रानीपातल बगैँचा निर्माणको गुरुयोजना लगत्तै निर्माण गरिने संस्थाका कार्यकारी निर्देशक कृष्ण सिह धामीको भनाइ छ।

राष्ट्रकै सातौँधामको रुपमा परिचित मालिकार्जुन क्षेत्र, नेपाल सरकारले घोषणा गरेको देशभरीका सयवटा पर्यटकीय गन्तव्यमा परेको छ।

मालिकार्जुन क्षेत्रसँगै  गाउँपालिका भित्रका अन्य पर्यटकीय क्षेत्रहरूको चरणबद्ध रुपमा विकास गर्ने गरी गाउँपालिकाले सबै निकायसँग सहकार्य गरिरहेको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले जानकारी दिए।

मालिकार्जुन गाउँपालिकाले चालु आर्थिक वर्षमै कार्यान्वयन गर्ने गरी हुनैनाथसँगै शंकरपुर क्षेत्रमा रहेको शिवालयमा पनि पार्क निर्माणको लागि मन्त्रालयमा प्रस्ताव पेश गरेको छ।nepalipatrika बाट

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

नेहा कक्करले गरिन् रोहनप्रितसँग विवाह

दिल्ली । बलिउड गायिका नेहा कक्कर र गायक रोहनप्रित विवाह बन्धनमा बाधिँएका छन् । विवाहका लागि उनीहरु परिवारसहित बिहिबार मुम्बइबाट दिल्ली पुगेका थिए । केही...

सम्पदा पुनर्निर्माणमा ठेकेदार होइन, स्थानीयको सहभागिता

असोज, काठमाडौं । भक्तपुर नगरपालिकामा निर्वाचित जनप्रतिनिधि आएपछि उपभोक्ता समितिमार्फत् १३० वटाभन्दा बढी मन्दिर, सत्तल, ढुंगेधाराजस्ता संरचनाको पुनर्निर्माण भयो, त्यो पनि कुनै विरोध र...

छैन तीजको रमझम यसपालि

स्थिति ठीकठाक हुन्थ्यो भने यतिबेला तीजको रौनक छाइसक्थ्यो । महिनादिन अघिदेखि नै महिलाहरु दर, नाचगान र शुभकामना साटासाटमा व्यस्त बन्थे । छोरीचेली माइत जाने...

संसारकै सबैभन्दा ठुलो शिव लि’ङ्ग ! ॐ जप गरौ, मनोकामना पुरा...

भगवान शिवको मन्दिर तपाई धेरै ठाउँमा देख्न सक्नुहुन्छ। तर कुनै मन्दिर यस्तो हुन्छ जहाँ एउटै ढुंगाबाट शिव लि’ङ्ग बनाएको छ। भारतको भोजपुर मध्यप्रदेशको राजधानी...

ॐ विष्णवे नमः सोमवारको राशिफल राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । नयाँ...

साउन २२ गते बिहीबार कुन राशिका लागि कति शुभ आजकाे राशिफल

वि।सं।२०७७ साल साउन २२ गते । बिहीबार । ईश्वी सन् २०२० अगष्ट ०६ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन ।...

आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदै, आजै रक्षाबन्धन बाँध्ने प्रचलन

काठमाण्डौ – श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमामा जनैपूर्णिमा मनाउने गरिन्छ । आजकै दिन आत्माको...

साउन १९ गते सोमबार कुन राशिका लागि कति शुभ

वि.सं.२०७७ साल साउन १९ गते । सोमबार । ईश्वी सन् २०२० अगष्ट ०३ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया