सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शीर्ष स्थानमा पुग्यो दिल्ली

काठमाडौं, १० असोज : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) का लगातार दुई खेलमा जित हासिल गर्दै दिल्ली क्यापिटल्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

World Link Ads
Mahakali Polytechnic

गएराति चेन्नई सुपर किंग्स (सीएसके)लाई ४४ रनले हराउँदै दिल्ली तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

दिल्लीले २ खेलला जित हासिल गर्दा चार अंक जोडेको छ । तालिकाको दोस्रो स्थानमा किंग्स इलावेन पञ्जाब, तेस्रोमा मुम्बई इण्डियन्स, चौथोमा राजस्थान रोयल्स, पाँचौमा चेन्नई सुपर किंग्स (सीएसके), छैठौँमा रोयल च्यालेन्जर्स बैंंग्लोर (आरसीबी) छ । यी पाँच टिमले समान २ अंक जोडेको छ ।

दिल्लीको जितसँगै यस्तो बन्यो अंक तालिका

Sana Kishan

काेलकाता नाइट राइडर्स (केकेआर) र सनराइजर्स हैदरावाले भने एकएक म्याच खेल्दा अंक जोड्न सकेका छैनन् । यी दुई टिमले दोस्रो म्याचमा आज एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दैछन् ।

हैदरावाद र केकेआरबीचको म्याच नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ । पछिल्ला पाँच म्याचमा केकेआरविरुद्ध हैदरावाद तीन खेलमा विजयी भएको छ ।

केकेआरको सम्भावित प्लेइङ-११ : सुनील नारायण, शुभमान गिल, दिनेश कार्तिक (कप्तान), नीतीश राणा, इयोन मोर्गन, आन्द्रे रसल, निखिल नाईक/राहुल त्रिपाठी, प्याट कमिन्स, कुलदीप यादव, शिवम मावी र सन्दीप वारियर ।

हैदरावादको सम्भावित प्लेइङ-११ : जोनी बेयरस्टो (विकेटकीपर), डेविड वार्नर (कप्तान), मनीष पाण्डे, प्रियाम गर्ग, केन विलियमसन/मोहम्मद नाबी, विजय शंकर, अभिषेक शर्मा, राशीद खान, भुवनेश्वर कुमार, टी नटराजन/खलील अहमद र सन्दीप शर्मा ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.