सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आइपीएल : चोटका कारण यी १० खेलाडी समस्यामा, कुन टिमका कति? (सूचीसहित)

काठमाडौं, : आइपीएल २०२० को सुरुवात भइसकेको छ । बुधबारसम्म भएका म्याचबाट राम्रो आनन्द मिलेको छ ।

चार म्याच सकिँदा ‘सुपर ओभर’का साथै चौका-छक्काको वर्षा देख्न पाइएको यो सिजनको आइपीएलमा जति पनि म्याच भएका छन् । ती सबै एकतर्फ भएका छैनन् । म्याचको नतिजा अन्तिम ओेभरमा नै भएको छ ।

World Link Ads
Mahakali Polytechnic
Dirghayu Ads

खाली स्टेडियममा भइरहेको आइपीएल २०२० को आनन्द कोरोनाका कारण दर्शकले घरैबाट लिइरहेका छन् । तर, दुःखको कुरा आइपीएलका धेरै म्याच बाँकी रहँदै केही महत्वपूर्ण खेलाडी घाइते भइसकेका छन् ।

रविचन्द्र आश्विनः स्पिनर रविचन्द्र आश्विन दिल्ली क्यापिटल्सका प्रमुख सदस्यमध्ये एक हुन् । उनी किंग्स इलावेन पञ्जाबविरुद्ध भएको आफ्नो पहिलो म्याचमै घा’इते भएका थिए । उनी फिल्डिङ गर्ने क्रममा घाइते भएका हुन् ।

आश्विनले आफ्नो पहिलो ओभरमै २ विकेट लिएर पञ्जाबलाई झड्का दिएका थिए । उनले पहिलो ओभरमै करुण नायर र निकोलस पूरनलाई आउट गरेका थिए । उनी आफ्नो पहिलो ओभरको अन्तिम बलमा चौका रोक्ने क्रममा घाइते भएका थिए । तर, आश्विन म्याच सकिएपछि पुरस्कार लिन समारोहमा आएका थिए । चोट गम्भीर नभए पनि उनले शुक्रबार हुने सीएसके विरुद्धको म्याच खेल्ने/नखेल्ने पक्का भइसकेको छैन ।

मिचेल मार्शः सनराइजर्स हैदरावादका अलराण्डर मिचेल मार्श पनि पहिलो म्याचमै घा’इते भएका छन् । रोयल च्यालेन्जस बैंग्लोरसँगको खेलमा बलिङ गर्ने बेला उनी घाइते भएका थिए । मार्श घा’इते हुँदा हैदरावादलाई घाटा लाग्ने देखिन्छ । उनी बलिङका साथै शानदार ब्याटिङ पनि गर्न सक्छन् । मार्शले आगामी केही म्याच गुमाउने सम्भावना छ ।

Sana Kishan

राशिद खानः सनराइजर्स हैदरावादकै अर्का महत्वपूर्ण सदस्य राशिद खान पनि पहिलो म्याचमै घा’इते भएका छन् । उनी ब्याटिङ गर्ने क्रममा अभिषेक शर्मासँग ठोक्किँदा घा’इते भएका थिए ।
अभिषेकसँग ठोक्किँएपछि राशिद मैदानमै ढलेका थिए । केही समयको आरामपछि उनी पुनः ब्याटिङका लागि तयार भएका थिए । गम्भीर चोट नभए पनि राशिदले एकदुई म्याच गुमाउने सम्भावना छ ।

केन विलियम्सनः गत संस्करणमा हैदरावादको कप्तानी गरेको केन विलियम्सन पनि घा’इते छन् । टिम कप्तान डेविड वार्नरका अनुसार उनी ट्रेनिङका क्रममा घा’इते भएका हुन् । विलियम्सनको खुट्टामा चोट लागेको छ । यद्यपि उनको चो’ट गम्भीर नरहेको बताइएको छ ।

नाथन कुल्टर नाइलः मुम्बई इण्डियन्स टिमका विदेशी अलराउन्डर नाथन पनि घा’इते भएका छन् । उनी पनि ट्रेनिङका क्रममा घा’इते भएका हुन् । नाथनको चो’ट सामान्य भएकाले अघिल्लो खेलमा उनी उपलब्ध हुन सक्ने भारतीय सञ्चारमाध्यमले लेखका छन् ।

इशान किशनः मुम्बई इण्डियन्सका विकेटकीपर–ब्याट्सम्यान इशान किशन पनि घा’इते भएका छन् । उनी पनि प्राक्टिसका क्रममा घाइते भएका हुन् । चो’टकै कारण इशानले पहिलो म्याच गुमाएका थिए । उनको स्थानमा सौरभ तिवारीले पहिलो खेलमा मौका पाएका थिए ।

ड्वेन ब्रावोः चेन्नई सुपर किंग्स (सीएसके)का महत्वपूर्ण सदस्य डिजे ब्रावो पनि घा’इते भएका छन् । चोटका कारण उनले सुरुवातका दुई म्याच गुमाइसकेका छन् । उनको अभाव सीएकसेलाई खड्किरहेको छ ।

अम्बाती रायडूः सीएकसेका अर्का खेलाडी अम्बाती रायडू पनि घा’इते भएका छन् । पहिलो म्याचमा शानदार ब्याटिङ गर्दै टिमलाई जिताएका उनले दोस्रो खेल भने गुमाउन पुग्यो । पूर्णरूपमा फिट नभएका कारण रायडूले दोस्रो म्याच नखेलेका टसका क्रममा टिम कप्तान महेन्द्रसिंह धोनीले बताएका थिए ।

क्रिस मोरिसः यो वर्ष रोयल च्यालेन्जर्स बैंग्लोर (आसीबी)बाट आइपीएल खेलिरहेका क्रिस मोरिस पनि घा’इते भएका छन् । उनी नेट प्राक्टिसका क्रममा घा’इते भएका हुन् । चोटकै कारण मोरिसले पहिलो खेल पनि गुमाएका थिए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.