Thursday, October 29, 2020

गृहमन्त्री थापाद्वारा छाङरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास

- Advertisement -

दार्चुला — ब्यास गाउँपालिका १ छाङरुमा सशस्त्र प्रहरी गुल्मको शिलान्यास गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको शिलान्यास गरेका हुन् । पश्चिम नेपालको त्रिदेशीय सीमा क्षेत्रमा पछिल्लो समय नेपालले आफ्नो सुरक्षा उपस्थिति देखाउन थालेकोले सशस्त्र प्रहरीको गुल्म स्थापना गरिएको हो ।

दार्चुलाको व्यास गाउँपालिकाको छाङरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यासका लागि प्रस्थान गर्दै गृहमन्त्री रामबहादुर थापा
भारतद्वारा अतिक्रमण गरेको भूगोल नजिक सरकारले सशस्त्र प्रहरीको गुल्म स्थापना गरेको छ । गत वैशाखमा सशस्त्र प्रहरीकै बीओपी स्थापना भएपछि पछिल्लो समय नेपालले आफ्नो सीमा क्षेत्रमा सुरक्षा उपस्थिति देखाउन थालेको छ ।

 

भारतले एकतर्फी रुपमा नेपाली भूमि भएर चीन जोड्ने गरी सडकको भारतले उद्घाटन गरेपछि नेपालले ब्यासमा सशस्त्र प्रहरीको उपस्थिति गराएको हो । गुल्मको शिलान्यासका लागि गृहमन्त्री थापा हेलिकप्टरमार्फत पुगेका हुन् । गृहमन्त्री थापासँगै सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, गृह सचिव महेश्वर न्यौपाने, दार्चुलाका सांसद गणेशसिंह ठगुन्ना, राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार इन्द्रजीत राई, नेपाली सेनाका सहायकरथी पवनराज घिमिरे, सशस्त्र प्रहरीका एआईजी रामशरण पौडेललगायत सहभागी छन् ।

गृहमन्त्रीको टोली शुक्रबार उतै बस्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए । शनिबार बिहान टोली काठमाडौं फर्कने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सशस्त्र प्रहरीको भवन निर्माणका लागि १० करोड रुपैयाँ ठेक्का सम्झौता भइसकेको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अछाममा उपाध्यक्षद्वारा नै गाउँपालिकामा तालाबन्दी

अछाम, १२ कार्तिक । अछामको रामारोशन गाउँपालिकामा गाउँपालिकामा गाउँपालिकाकी उपाध्यक्षद्वारा नै तालाबन्दी गरिएको छ । गाउँकार्यपालिकाको कार्यालयमा बुधबारदेखि अनिश्चितकालका लागी तालाबन्दी गरिएको हो । गाउँपालिकी...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुलेपनि आएनन् पर्यटक

महेन्द्रनगर, १२ कात्तिक । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकनका लागि खुले पनि पर्यटक आएका छैनन् । विगतका वर्षमा चाडपर्वका बेला आन्तरिक तथा वाह्य पर्यटकले भरिभराउ...

मदन पुरस्कार विजेता पूर्व प्रमुखसचिव खनालको निधन

१२ कात्तिक, काठमाडौं । तत्कालीन राजप्रासाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ । कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मंगलबार...

नेकपा केन्द्रीय समिति बैठक एक महिना पर स¥यो

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक एक महिनाका पर सरेको छ। नेकपाको केन्द्रीय कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बैठक मंसिर १५...

डोटीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु

डोटी जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा...

यसो गर्नुस छिट्टै गोरो र सफा हुन्छ ,काखी, घाँटी र कुहिना...

कुहिना , घाँटी , घुँडा र काखी कालो हुने कारणले गर्दा धेरै मानिसहरु यसलाई देखाउन लाज मान्ने गर्छन । विभिन्न कारणहरुले गर्दा शरीरका यी...

काठमाण्डौमा आज बिहानको तापक्रम यो वर्षकै कम मापन

आज बिहान काठमाण्डौको तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यसअघि गएको आइतबार काठमाण्डौको तापक्रम १२...

आज दशैँको तेस्रो दिन, आफन्त तथा मान्यजनको हातबाट टीका र जमरा...

काठमाडौं– आश्विन शुक्लपक्ष टीकाको आज तेस्रो दिन द्वादशी । आज पनि आफन्त तथा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाई आशिर्वाद लिने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया