Thursday, October 22, 2020

लोक सेवाले लिने भयो रोकिएका परीक्षा, यस्तो छ नयाँ तालिका

- Advertisement -

९ असोज, काठमाडौं । लोक सेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक गरेको छ ।

आयोगले शुक्रबार शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार न्याय सेवातर्फका अधिकृत पदको पहिलो, दोस्रो र तेस्रो पत्रको परीक्षा क्रमशः कात्तिक १८, १९ र २० गते हुने छ ।

व्यवस्थापिका संसदतर्फ (आन्तरिक प्रतिस्पर्धा)को पहिलो पत्रको परीक्षा कात्तिक २१ गते र दोस्रो पत्रको परीक्षा कात्तिक २२ गते हुने छ ।

यसैगरी परराष्ट्र, प्रशासन, लेखा परीक्षण र संसद सेवातर्फ खुला तथा समावेशी परीक्षा कात्तिक २३ गतेदेखि सुरु हुने छ ।

नायब सुब्बा पदको द्वितीय पत्रको परीक्षा मंसिर ७ गते हुने छ । तृतीय पत्रको परीक्षा मंसिर ८, ९, १० र ११ गते तोकिएको छ । परराष्ट्रतर्फ अंग्रेजी र कूटनीति विषयको परीक्षा भने मंसिर १२ गते हुने आयोगले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

सहायक महिला विकास निरीक्षकको परीक्षा २५ असोजदेखि

स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको अन्तर्वार्ता तथा कम्प्युटर सीप परीक्षण यही असोज २५, २६ र २७ गते हुने छ । अन्तरवार्ता र कम्प्युटर सीप परीक्षण लोक सेवा आयोगकै केन्द्रीय कार्यालय अनामनगरमा बिहान ७ः२० बजेबाट सुरु हुने आयोगको सूचनामा उल्लेख छ ।

पूर्वप्रकाशित लिखित नतिजाको सूचनामा तोकिएअनुसारकै कागजात लिएर निर्धारित समयभन्दा एक घण्टा अगाडि नै परीक्षा केन्द्रमा आउन आयोगले आग्रह गरेको छ ।

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर परीक्षा लिइने जानकारी दिए । ‘कोरोना संक्रमणको विशेष अवस्थामा परीक्षा सन्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड आयोगबाट स्वीकृत भएपछि सोही बमोजिम परीक्षा सञ्चालनको प्रबन्ध मिलाइने छ,’ उनले भने ।

सहसचिवको परीक्षा दशैं अगाडि नै

लोक सेवा आयोगले अन्तिम समयमा स्थगित गरेको सहसचिव सरहको सूचना प्रविधि विज्ञ पदको परीक्षाको नयाँ तालिका पनि आजै सार्वजनिक गरेको छ ।

नेपाल कृषि सेवा लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट र नेपाल विविध सेवाको परीक्षा दशैं अगाडि नै हुने छ ।

आयोगले शुक्रबार जारी गरेको सूचना अनुसार नेपाल कृषि सेवा लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट पदको प्रथम र द्वितीय पत्रको परीक्षा क्रमशः यही असोज २७ र २८ गते हुने छ ।

यसैगरी नेपाल विविध सेवा तर्फको परीक्षा असोज २९ र ३० गते हुने छ । दुवै परीक्षाहरु लोक सेवा आयोगको केन्द्रीय कार्यालय अनामनगरमा बिहान ८ बजे तोकिएको छ ।

यसअघि यो पदको लिखित परीक्षा आयोगले लिइसकेको थियो । तर अन्तिम समयमा ‘विशेष कारण’ देखाउँदै आयोगले परीक्षा रद्द गरेको थियो ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कञ्चनपुरमा सशस्त्रका तीन बिओपी स्थापना

कञ्चनपुर ः सीमा क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरीका आज कञ्चनपुरमा तीन वटा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना कार्य सम्पन्न गरिएका छन्। पुर्नवास नगरपालिका ११ डोकेबजार,...

कक्षा १२ को परीक्षा मंसिर दोस्रो सातादेखि

काठमाडौं ः कक्षा–१२ को परीक्षा मंसिर दोस्रो साताबाट सुरु हुने भएको छ। लकडाउनमा रोकिएको परीक्षा मंसिर दोस्रो साताबाट सुरु गर्ने निर्णय भइसकेको राष्ट्रिय परीक्षा...

भारतबाट उद्धार गरी २४ बालबालिका नेपाल ल्याइयो

भैरहवा, कार्तिक ४ रोजगारीका लागि भन्दै भारत पु¥याइएका २४ जना बालबालिकालाई उद्धार गरी नेपाल फिर्ता ल्याइएको छ। दिल्लीमा रहेको नेपाली दूतावास, दिल्ली प्रहरी, दिल्ली महिला आयोगको...

दुई हिमाल आरोहण गरेपछि बहराइनका राजकुमारले भने– ‘नेपाल मेरो दोस्रो घर’

बसन्त अर्याल काठमाडौं, कार्तिक ४ भदौ ३१ मा विशेष विमानमार्फत काठमाडौं आएको बहराइनका राजकुमारसहितको टोली अक्टोबर २३ अर्थात् आगामी शुक्रबार बहराइन फर्किँदै छ। उनीहरुले यो अवधिमा नेपालका...

प्रधानमन्त्रीसहित सबै मन्त्रीको दसैं भत्ता कोरोना कोषमा

काठमाडौं : प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले दसैं भत्ता वापतको रकम कोरोना कोरोना जम्मा गर्ने निर्णय भएको छ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री...

लोकसेवाले खुलायो ६३८ पदमा विज्ञापन

२९ असोज, काठमाडौं । लोकेसवा आयोगले राजपत्रांकित प्रथम श्रेणी सहसचिव र द्वितीय श्रेणी उपसचिव पदको रिक्त स्थान पूर्तिका लागि ठूलो संख्यामा विज्ञापन निकालेको छ...

बैतडीमा झडप हुदाँ गाउँपालिका अध्यक्षसहित १४ जना घाइते

बैतडी २९, असोज–बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष वीरबहादुर विष्ट माथि कुटपिट भएको छ। संघर्षरत पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष विष्टमाथि...

भगवानको आराधना गर्दा ध्यान दिनुपर्छ यस्ता केही विषय !!

नियमित रुपमा यी ७ धार्मिक काम गर्दा हुन्छ यस्तो लाभःधर्म र अध्यात्म प्रति गहिरो आस्था राख्नेहरु नियमित पूजापाठ, भजन तथा भगवानको नाम जपिरहन्छन् ।ईश्वरमा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया