कैलाली विश्वमा साइकल यात्रामा निस्किएर कैलालीमा रोकिएका स्विस नागरिक लुइस कर्नेली लाई बिदाइ गरिएको छ ।
कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल प्रबेश गरेका उनी लक डाउनका कारण चैत्र १ गते देखि कैलालीमा रोकिएका थिए । उनलाई ६ महिना सम्म साइक्लिस्ट भरत शाहले आफ्नो घरमा राखेका थिए ।
सुजरल्याण्डबाट बिश्वका करिब १२ देशको भ्रमण सक्दै लुइस नेपाल छिरेका हुन् । तर, कोरोना कहरका कारण उनी कैलालीबाट भ्रमण अघि बढाउन सकेनन् । ६ महिना सम्म आफ्नै घरमा परिवारको सदस्य झै गरि उनलाई राखेको शाहले बताए । आज ३ः३० बजे सामुहिक रुपमा लुइसाई अत्तरियाबाट काठमाडौँ बिदाइ गर्न लागिएको उनले बताए ।
एक साता काठमाडौँ बसेर उनी स्वदेश फर्किने छन् । त्यसको केहि समय पछि उनको नेपालबाटै विश्व साइकल यात्रालाई अघि बढाउने योजना रहेको शाहले सुनाए ।
स्विस नागरिक लुइसको बिदाइमा स्थानीय पनि भाबुक भएका थिए । Sudur Daily बाट सभार