Saturday, October 31, 2020

विद्यार्थी र शिक्षकका लागि यसरी लिनुहोस् टेलिकमको ह्याप्पी लर्निङ प्याक

- Advertisement -

काठमाडौं। नेपाल टेलिकमले देशैभरका विद्यार्थी र शिक्षकका लागि ह्याप्पी लर्निङ प्याक सञ्चालन गरिरहेको छ । यो प्याक टुजी, थ्रीजी र फोरजी गरी सबै नेटवर्कमा प्रयोग गर्न सकिन्छ ।

ह्याप्पी लर्निङ प्याकका प्रयोगकर्ताले तीन सय १५ रुपैयाँमा २४ जीबी र पाँच सय रुपैयाँमा ३५ जीबी डेटा प्राप्त गर्न सक्ने छन् । २४ जीबी डाटा प्याकेजमा २० जीबी डेटा जूम, माइक्रोसफ्ट टिम्स र गुगल मीटमा ई–लर्निङ एप्लिकेशन प्रयोग गर्नका लागि र बाँकी चार जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ ।

त्यसैगरी ३५ जीबी डेटा प्याकेजमा ३० जीबी डेटा जूम, माइक्रोसफ्ट टिम्स र गुगल मीटमा ई–लर्निङ एप्लिकेशन प्रयोग गर्नका लागि र बाँकी पाँच जीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

कसरी लिने त ह्याप्पी लर्निङ प्याक ?
१. सबैभन्दा पहिला आफ्नो क्याम्पस वा स्कुलको परिचपपत्र वा प्रवेशपत्रको फोटो मोबाइल मा खिच्नुहोस वा स्क्यान गर्नुहोस ।

२. त्यसपछि यो लिंकमा क्लिक गरि केवाइसी फर्म भर्नुहोस् ।

३. प्रोसिड (proceed)) मा क्लिक गर्नुहोस।

४. तपाईको मोबाईल मा १४२२ वाट आएको ओटिपी भेरिफिकेसन कोड ३ वटै वक्समा टाइप गर्नुहोस् । त्यस पछि नेक्स्ट (ल्भहत) गर्नुहोस । अब एक्टिभ भएको म्यासेज आउँछ।

५. आवश्यक रकम रिचार्ज गर्नुहोस।

६. ८१४४१३ डायल गरी आवश्यक भोल्युम प्याक लिनुहोस र एक्टिभेट भएको पक्का गर्नुहोस।

अब ह्याप्पी लर्निङ प्याक प्रयोग गरी जूम वा एमएस टिम्स वा गुगल मिटबाट आफूले चाहेको कक्षा पढ्न सकिन्छ । टेकपाना बाट सभार 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कञ्चनपुरमा बृद्धा मृत भेटिइन्

कञ्चनपुरमा एक बृद्धा मृत अवस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले पुनवार्स नगरपालिका वडा नम्बर १० बिकास बस्तीमा...

होशियार !छालामा यस्तो निशान देखिएमा

जाडोले अब बिस्तारै ढकढक्याउँदैछ र यस मौसममा मानिसहरु छालाको सुख्खापनबाटबाट चिन्तित हुन्छन्। एकै साथ सोरायसिस बिरामीलाई यस मौसममा धेरै समस्याहरू छन्। यदि तपाईंलाई थाहा...

भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ

भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ परेका छन् । भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस दिने धनगढी उपमहानगरपालिका वडा नम्बर...

आज कोजाग्रत पूर्णिमा, दशैँको विदाई र तिहारको स्वागत गरिदै

काठमाडौं – आज कोजाग्रत पूर्णिमा, दसैंको टीका प्रसाद लगाउने कार्य सम्पन्न गरिँदै छ । बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी...

र्‍यापर गायक भिटेनलाई खोज्दै प्रहरी

काठमाडौं । र्‍यापर गायक भिटेन (समीर घिसिङ) को नयाँ गीतमा पनि छाडा शब्द बोलेको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले गीत...

पहाडकी रानी बन्दीपुरमा मिनी ग्रेटवाल बन्दै

तनहुँको बन्दीपुरमा विश्वकै प्रसिद्ध चीनको ग्रेटवाललाई झल्को दिने गरी मिनीग्रेटवाल निर्माण भईरहेको छ । ग्रेटवाल निर्माणको लागि बन्दीपुर गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । प्राकृतिक...

गृह मन्त्रालयले माग्यो सय जना कर्मचारी, यस्तो चाहिन्छ योग्यता(सूचनासहित)

गृह मन्त्रालयले एक सय जना कर्मचारीको माग गरेको छ । मन्त्रालय अन्तरगतको अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको छ। https://youtu.be/lCjCafDkav4 मन्त्रालयले...

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा स्थानीय तहगत रुपमा बार निर्धारण र टोकन...

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्थानीय तहगत रुपमा बार निर्धारण र टोकन प्रणाली लागु गरेको छ । कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको र जिल्ला...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया