सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मनसुन अझै केही दिन रहने, यस्तो छ आइतबारसम्मको वर्षा अनुमान

काठमाडौं, असोज ९
मनसुन अझै केही दिन रहने अनुमान मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले गरेका छन्। तर पानी पर्ने क्रम भोलि शनिबारबाट कम हुने सम्भावना छ।

मौसमविद् वरुण पौडेलका अनुसार हिजो (बिहीबार) भन्दा आज र आजभन्दा भोलि पानी पर्ने क्रम कम हुँदै जाने सम्भावना छ।

‘मनसुन अझै २–४ दिन रहने देखिन्छ,’ शुक्रबार बिहान नेपालखबरसँग उनले भने, ‘तर पानी पर्ने क्रम आजैबाट कम हुँदै जाने सम्भावना छ।’

World Link Ads
Mahakali Polytechnic

ऋभलतगचथ mबकबबि घ
नेपालबाट मनसुन बाहिरिने औसत मिति यही सेप्टेम्बर २७ अर्थात् बुधबार थियो। तर झन् केही दिनयता देशभरजसो भारी वर्षा भएको छ।

‘कहिलेकाहीं यस्तै हुन्छ,’ मौसमविद् पौडेलले भने, ‘यसलाई मनसुनको उतारचढाव भनिन्छ, कुनै वर्ष मनसुन भित्रिने सुरुकै समयमा वर्षा बढी हुन्छ, कहिले बीचमा त कहिले अन्तिम समयमा।’
उनका अनुसार यो कुनै अचम्मको कुरा होइन, नियमित प्रक्रिया नै हो।

द्यष्मज ीबद
पछिल्लो समय सबैभन्दा बढी वर्षा पूर्वका प्रदेशमा भएको उनले जानकारी दिए। उनका अनुसार कास्की, स्याङ्जा, विराटनगर, भैरहवालगायत स्थानमा अति भारी वर्षासमेत भएको छ।

सय मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई अति भारी वर्षा भनिन्छ। यस्तै ५० देखि सय मिलिमिटरसम्मको वर्षालाई भारी तथा १० देखि ५० मिलमिटरसम्मको वर्षालाई मध्यम वर्षा मानिन्छ। १० मिलिमिटरसम्मको वर्षालाई हल्का वर्षा भनिन्छ।

यसबीच काठमाडौं उपत्यकामा पनि भारी वर्षा भएको छ। ७५ मिलिमिटरसम्म वर्षा भएको मौसमविद् पौडेलले जानकारी दिए।

‘तुलनात्मक रूपमा सुदूरपश्चिममा पानी कम परेको छ,’ उनले भने।

उनका अनुसार पानी पर्ने क्रम आजदेखि नै कम हुने सम्भावना छ। ‘सुदूरपश्चिममा त आज घाम लाग्ने सम्भावना छ,’ मौसमविद् पौडेलले भने।

Sana Kishan

तर अन्य प्रदेशमा आज दिउँसो र राति वर्षाको सम्भावना छ। कतिपय स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

उनका अनुसार अहिले बिहान पनि प्रदेश १, २, गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आगामी २४ घण्टा (शनिबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ ः प्रदेश नं १, प्रदेश नं २ र बागमतीका १र२ स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको तीन दिनसम्मको वर्षा अनुमान(

असोज ९ गते शुक्रबार
दिउँसो ः देशभर सामान्यदेखि अधिकांश बदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती ः देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

असोज १० गते शनिबार
दिउँसो ः प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश न ५ मा सामान्य बदली रही केही स्थान र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना छ।

राती ः प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश न ५ मा सामान्य बदली रही केही स्थान तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश नं १ का एक दुई स्थानमा मध्यमदेखि भारी वर्षाको समेत सम्भावना छ।

असोज ११ गते आइतबार
दिउँसो ः प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थान तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ। प्रदेश नं १ का एक दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना छ।

राती ः प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा सामान्य बदली रही थोरै स्थान तथा बाँकी प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.