Thursday, October 29, 2020

कुन रोगका कारण कहाँ आउँछ डण्डिफोर ? हटाउने सजिलो तरिका

- Advertisement -

अधिकांस किशोर र वयस्कलाई डण्डिफोरको समस्या हुने गर्दछ । हर्मोनल परिवर्तन र बाह्य कारकतत्व डण्डिफोरको साधारण कारण हुन्। यो अप्रिय स्थितीको असर तपाईंको आन्तरिक स्वास्थ्यमा पनि पर्न सक्छ । डण्डिफोर विशेषगरी अनुहारमा आउने गर्दछ ।

यही डण्डिफोर तपाईंको आन्तरिक स्वास्थ्यको चित्रणसमेत हो । कुनै व्यक्तिहरुलाई डण्डिफोरले निकै सताइरहेको हुन्छ, यसको कारण बारे थाहा नभएर उचित उपचार पनि गर्न सकिरहेका हुँदैनन् । आज हामी तपाईंलाई डण्डिफोरको वास्तविक कारण पत्ता लगाउनमा सहयोग पुर्याउँछौं । यसले तपाईंलाई डण्डिफोरको निदान गर्नयमा पक्कै पनि सहयोगी भूमिका खेल्नेछ ।

धारमा डण्डिफोरका कारण पाचनमा गडबडी अथवा आहारमा पानीको कमीका आउने गर्दछ । पाचनमा गडबडी र आहारमा पानीको कमीले शरिरमा टक्सिनको निर्माण हुने गर्दछ ।

यसबाट बच्न चाहनुहुन्छ भने आफ्नो आहारमा एन्टीअक्सीडेन्टयुक्त खाद्य पदार्थका साथै ग्रीन टी र पानीलाई भरपुर मात्रामा समावेश गर्नुहोस् । यसका साथै सोडा र डेरी उत्पादनको सेवन कम गर्नुहोस् ।

२. आँखाको बिचमा र नाकको माथि डण्डिफोरः
यो ठाउँमा डण्डिफोर आइरहन्छ भने तपाईंको फोक्सोसम्बन्धि रोग छ भन्ने बुझ्नुहोस् । खानाको गलत बानी व्यवहार, राती ढिलासम्म खाना खाने अथवा खानामा पनिर अथवा क्रिमको मात्रा बढि हुनु हो ।

राती चिल्लो पदार्थको सेवन गरेमा शरिरभित्र टोक्सिन निर्माण हुने गर्दछ । यस कारण यो स्थानमा डण्डिफोर नआओस् भन्ने चाहनुहुन्छ भने स्वस्थ र सक्रिय जीवनशैलीद्वारा आफ्नो फोक्सोलाई स्वस्थ राख्नुहोस् ।

३. गालामा डण्डिफोरः
गालाको डण्डिफोर श्वास प्रणालीसँग सम्बन्धित हुने गर्दछ । प्रदुषित हावामा सास लिएका कारण तपाईंको गालामा पिम्पल्स देखिने गर्दछ । धुम्रपान अथवा निष्क्रिय धुम्रपान पनि यसको मुख्य कारण बन्ने गर्दछ । प्रदुषण यसको लागि अर्को कारण हो । यसका साथै मोबाइल फोनको प्रयोग पनि डण्डिफोरको कारण बन्ने गर्दछ ।

तपाईंको मोबाइलमा एकत्रित भएको किटाणुको फोहोर तपाईंको अनुहारमा सर्ने गर्दछ । सधैं आफ्नो मोबाइललाई नियमित रुपमा सफा गर्ने बानी बसाल्नुहोस् ।

४. चिउँडोमा डण्डिफोरः
चिउँडोमा डण्डिफोर सानो आन्द्रासँग सम्बन्धित हुने गर्दछ । आफ्नो आहारबाट तारेको भुटेको र मसालेदार भोजनको जाँच गरेर तपाईं आफ्नो पाचनमा सुधार ल्याउन सक्नुहुन्छ । यसका साथै यस्तो खाद्य पदार्थलाई आफूसँगै नराख्नुहोस् जसले तपाईंको पिम्पलको लागि एक ट्रिगरको रुपमा काम गर्दछ ।

५. बंगाराको रेखामा डण्डिफोरः
थुप्रै महिलाहरु महिनावारीको क्रममा बंगाराको लाइनमा डण्डिफोर नोटिस गर्ने गर्दछन् । अनुहारको यो हिस्सा हर्मोनसँग सम्बन्धित हुन्छ ।

र कुनै पनि प्रकारको हर्मोनल परिवर्तन अथवा असन्तुलन डण्डिफोरको कारण बन्ने गर्दछ । यो ठाउँमा डण्डिफोरको सम्भावना कम गर्नको लागि शरिरलाई चाहिने पानी पिउनुहोस् र पर्याप्त निदाउनुहोस् ।

६. ओठको आसपास डण्डिफोरः
ओठको वरिपरि डण्डिफोरको अर्थ पाचन प्रणालीमा गडबडी हो । यदि तपाईं पेटमा दुखाई र कब्जियतलाई पटक–पटक अनुभव गरिरहनुभएको छ भने तपाईं निकै संवेदनशील र कमजोर हुनुहुन्छ ।

तपाईंले आफ्नो शरिरमा चिन्तित हुन आवश्यक छ । आफ्नो आहारामा फाइबरयुक्त खानेकुरा संलग्न गर्नुहोस् । र प्रत्येक खाना पछि एक कप ग्रिन टी पिउनुहोस् ।

७. नाकको आसपास डण्डिफोरः
अचानक नाकको वरिपरि टूलो र सुन्निएको डण्डिफोर हुनु प्रजनन प्रणालीमा परिवर्तन हुनु अथवा अण्डाशयसँग जोडिएको रोग हुनसक्छ । नाकमा डण्डिफोर हृदय प्रणालीको समस्याको संकेत पनि हुनसक्छ ।

मुटुमा भिटामिन बी र प्रोटिनको कमी पनि हुनसक्छ । तपाईंको छालामा पोषक तत्व र ब्लड सर्कुलेसनको कमीबाट पनि ग्रस्त हुन्छ । यो समस्याबाट बच्नको लागि आफ्नो आहारमा भिटामिन बी, हरियो तरकारी, फलफूल, माछाको मात्रा बढाउनुहोस् । newsbyline

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

मदन पुरस्कार विजेता पूर्व प्रमुखसचिव खनालको निधन

१२ कात्तिक, काठमाडौं । तत्कालीन राजप्रासाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ । कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मंगलबार...

कञ्चनपुरमा चरेश सहित २ जना पक्राउ

कञ्चनपुरमा लागु औषध चरेशसहित २ जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० को टापर भन्ने स्थानबाट १ ग्राम ६ सय ६०...

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको जानकी गाउपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले...

आज दसैंको मुख्य दिन, टीका लगाउने उत्तम साइत १०ः१९ बजे

१० कात्तिक, काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक...

कञ्चनपुरमा छोराको कुटपिटबाट आमा मृत्यु

महेन्द्रनगर ९ असोज । कञ्चनपुरमा छोराको निर्घात कुटपिटबाट आमा मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका...

आज महानवमी: दुर्गा भवानीको पूजा आराधना

काठमाडौं ः आज महानवमी पर्व दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ।​ महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी...

आज बडा दशैंको सातौं दिन, फूलपाती भित्र्याइँदै

काठमाडौँ, ७ कात्तिक । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइँदै छ । प्रत्येक वर्ष दुर्गा पक्ष...

पूर्वमन्त्री गोकुल बास्कोटा र उनकी श्रीमतीलाई कोरोना पुष्टि

काठमाडौं ः पूर्वमन्त्री गोकुल बास्कोटालाई कोरोना संक्रमण भएको छ। बिहीबार दिउँसो एक ट्विटर र फेसबुकमार्फत उनले आफू र श्रीमती तारा मानन्धरलाई कोरोना संक्रमण पुष्टि...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया