सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तनहुँको थानीमाई मन्दिरमा फूलको डोली चढाउनुहोस, चिताएको काम पुरा हुन्छ

तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा फूलको डोली चढाउन आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । कात्तिक महिनाको प्रत्येक मङ्गलबार मन्दिरमा फूलको डोली चढाउने धार्मिक परम्पराका कारण बिहानैदेखि मन्दिरमा फूलको डोली चढाउन भक्तजनको आगमन बढेको हो ।

फूलको डोली लिएर मन्दिर पुग्नुभएका ब्यास नगरपालिका–२ का महेश मल्लले बिहानैदेखि मन्दिरमा भक्तजनको ठूलो भीड लागेको जानकारी दिएका छन् ।

World Link Ads
Mahakali Polytechnic

फूलको डोली चढाउन तनहुँबाट मात्र नभई देशका विभिन्न ठाउँबाट भक्तजन आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले जानकारी दिनुभयो । थापाका अनुसार सोमबार रातिदेखि नै मन्दिरमा भक्तजनको आगमन भएको थियो । थुप्रै भक्तजनले राति नै मन्दिरमा बसेर बत्तीसमेत बालेका थिए ।

सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । थानीमाई मन्दिरमा कात्तिकसँगै मङ्सिर र माघ महिनामासमेत भक्तजनको भीड लाग्ने गरेको छ । मन्दिरमा फूलको डोली चढाउन छिमेकी जिल्ला गोरखा, लमजुङ, कास्कीका अलवा चितवन, नवलपरासी र काठमाडौँबाट भक्तजन आउने गरेका छन् ।

Sana Kishan

मन्दिरमा साउन, एकादशी र औंशी बाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु ६ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको थियो ।

विसं १८२५बाट यस मन्दिरमा पूजाअर्चना शुरु भएको स्थानीयवासी बताउँछन् । विसं १८२५ मा मन्दिर भएको ठाउँमा आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्र्तध्यान भएको किंवदन्ती रहेको र सोही समयदेखि नै उक्त स्थानमा पूजाअर्चना शुरु भएको स्थानीयवासीको भनाइ छ । naulotoday.com

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.