Monday, October 26, 2020

बैतडी, दार्चुला र बझाङ जिल्ला जोड्ने सडक विस्तारको काम शुरु

- Advertisement -

असोज ७, बैतडी । बैतडी, दार्चुला र बझाङ जिल्ला जोड्ने सडकको रूपमा रहेको बैतडीको महत्वपूर्ण गन्ना–गनैखान सडकको ट्र्याक विस्तार गर्ने कार्य शुरु भएको छ । बझाङ जिल्लासँग जोडिने जिल्लाको महत्वपूर्ण सडकका रूपमा रहेको सो सडकको ट्र्याक विस्तारको काम शुरु भएको हो ।

बैतडीको गन्नादेखि बझाङको सिमाना गनैखानसम्म २० किलोमिटर ट्र्याक खोल्नका लागि निर्माण कम्पनीसँग सम्झौता भएर काम अघि बढिसकेको पूर्वाधार विकास कार्यालयका प्रमुख जगतप्रसाद जोशीले जानकारी दिए । चन्द्रा एण्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण सेवाले रू. सात करोड लागतमा सो सडकमा काम गर्न थालेको हो ।

गन्नादेखि गनैखानसम्मको सडकलाई पर्यटकीय हिसाबले पनि महत्वपूर्ण सडकका रूपमा लिन सकिने स्थानीय सन्तोष रानाले बताए । उनले भने, ‘तीन जिल्ला जोड्ने सडकका रूपमा यो सडकलाई लिन सकिन्छ र यसले स्थानीयस्तरको पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने छ ।’

सो सडकले बैतडी, दार्चुला र बझाङलाई जोड्ने छ । डिलाशैनी गाउँपालिका–१ का वडाध्यक्ष अक्कल रानाका अनुसार बझाङको कालङ्गा जलविद्युत आयोजना र चमेलिया जलविद्युत आयोजनाको सर्किट जोड्न पनि यो सडकले महत्वपूर्ण योगदान पुग्नेछ । सडकको ट्र्याक खोल्न दुई वर्षको अवधि रहेको पूर्वाधार विकास कार्यालय बैतडीले जानकारी दिएको छ ।

यस्तै डिलाशैनीकै पर्यटकीय क्षेत्रको रूपमा रहेको खुमटसम्मको सडकका लागि रू. १० करोड बजेट विनियोजन भएको र यसै वर्षदेखि काम शुरु हुने वडाध्यक्ष रानाले जानकारी दिए । उनका अनुसार संघीय सरकारको समपूरक अनुदान र गाउँपालिकाको लागतमा सो सडक निर्माण गरिनेछ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कोरोनाका कारण उपचारथ बझाङका एक सवारी चालकको मृत्यु

बझाङ- सुदूरपश्चिममा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएका जयपृथ्वी नगरपालिका वडा नम्बर ८ बारिलका २८ वर्षीय...

पुर्व राज्यमन्त्री रावलको पुर्वाधार विकास कार्यक्रमबाट चुरे फेदका बस्तीमा भुमिगत बोरिङ

मदन गिरी महेन्द्रनगर ७ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ को राधाकृष्ण टोलमा सिचाँईका लागि भुमिगत बोरिङ जडान गरिएको छ । सुदुरपश्चिम प्रदेशको उद्योग वन वातावरण तथा पर्यटनमन्त्री...

आफ्नोे दशैंभत्ता स्वास्थ्यचौकीलाई दिने बाजुराको बडीमालिका–७ का जनप्रनिधिको निणर्य

बाजुराः बाजुराको बडीमालिका नगरपालिका–७ का वडाअध्यक्ष धर्मराज पाध्याय लगायतका वडा सदस्यहरुले आफुले पाउने दशैंभत्ता स्वास्थ्यचौकीको स्तरोन्नतिका लागि दिने भएका छन्। वडाअध्यक्ष धर्मराजले आफुले दसैंभत्ता वाफत...

नेपाल टेलिकमको दशैं तिहार अफर सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवामा समर अफरअन्तर्गत अहिले उपलब्ध भइरहेको विभिन्न प्याकेजलाई थपरपरिमार्जन गरी अटम अफर उपलब्ध गराएको छ । यो योजना बिहीबारदेखि...

सार्वजनिक यातायातले पूरै क्षमतामा यात्रु बोक्न पाउने, भाडा चैत ११ अघिको

काठमाडौं: सार्वजनिक यातायातले पनि आन्तरिक हवाईजहाजले जस्तै सिटभरी यात्रु बोक्न पाउने भएका छन्। असोज २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले पूरै सिटमा यात्रु बोक्न पाउने...

दार्चुलाका एकल पुरुषलाई पनि भत्ता

  २ कात्तिक, दार्चुला । ज्येष्ठ नागरिक, विधवा महिला, असहाय बालबालिका, दलित बालबालिकाले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाएको हामीले सबैले सुनेकै छौँ । तर, एकल...

४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास

कुल ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । मार्मा गाउँपालिका–२ मा निर्माण हुने सो आयोजनाको गाउँपालिका अध्यक्ष जमनसिंह धामी र...

प्रदेश सरकारले निर्माण गरिरहेका कंचनपुरका गौरबका योजनाहरुको मन्त्री बोहराद्धारा अनुगमन

सुदुरपश्चिम प्रदेश सरकारले निर्माण गरिरहेका कंचनपुरका गौरबका योजनाहरुको भौतिक पुर्वाधार विकास मन्त्री पठानसिंह बोहराले शनिवार अनुगमन गर्नु भएको छ । कन्चनपुरको बेदकोट नगरपालिका वडा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया