Wednesday, October 28, 2020

सकिने बेलामा मनसुन झन् सक्रिय, केही ठाउँमा शुक्रबारसम्मै ठूलो पानी पर्ने

- Advertisement -

काठमाण्डौ ९ आज सेप्टेम्बर २३ तारिख, सामान्यतया नेपालबाट मनसुन बाहिरिने दिन हो ।

तर यो वर्ष मनसुन सकिने बेला झन् सक्रिय भएको छ । बंगालको खाडीमा न्यूनचापीय क्षेत्र बनेको र त्यो उत्तर पश्चिमतिर सरिरहेकाले नेपालमा मनसुन झन् सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

सामान्यतया जुन १० तारिखमा भारतबाट पूर्वी नेपाल हुँदै मनसुन प्रवेश गर्छ । अनि मध्यक्षेत्र हुँदै पश्चिम पुगेर सेम्टेम्बर २३ मा पश्चिमबाट मध्यक्षेत्र हुँदै फेरि पूर्वबाट नै बाहिरिन्छ । तर यो वर्ष भारतमा नै मनसुन नसकिएकाले नेपालमा अझै केही दिन लम्बिने देखिएको छ ।

यो वर्ष दुई दिन ढिला गरेर मनसुन नेपाल भित्रिएको हो । यस वर्षको मनसुनमा धेरै ठाउँमा औषतभन्दा बढी पानी परेको मौसम पूवार्नुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय भएकाले पर्सि शुक्रबारसम्म नै देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम छ ।

अहिले पनि देशभरिकै मौसम बद्ली रही धेरै ठाउँमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् कँडेलकाअनुसार आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एकरदुई ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना छ ।

पर्सि शुक्रबारसम्म नै धेरै ठाउँमा पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम रहेको भन्दै सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । यसैबीच हिजो दिउँसोदेखि नै धेरै ठाउँमा पानी परेपछि देशका सबै नदीमा ठूलो बाढी आउँने भएकाले आउँदो आइतबारसम्म नै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बाहिरिँदै मनसुन, कहिलेसम्म हट्ला?

काठमाडौं, असोज १५- नेपालबाट क्रमशः मनसुन बाहिरिने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। मौसमविद् विभूति पोखरेलका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशबाट लगभग यो...

मनसुन अझै केही दिन रहने, यस्तो छ आइतबारसम्मको वर्षा अनुमान

काठमाडौं, असोज ९ मनसुन अझै केही दिन रहने अनुमान मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले गरेका छन्। तर पानी पर्ने क्रम भोलि शनिबारबाट कम हुने सम्भावना छ। मौसमविद्...

यस्तो छ आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहि प्रदेश नं...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैंडाको संख्यामा वृद्धि

कञ्चनपुरः दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एकसिङ्गे गैंडाको सङ्ख्या कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढेको छ। स्थानान्तरण गरेर ल्याइएका नौ वटा एकसिङ्गे गैंडाको संख्या बढेर १७...

यी पाँचवटा प्रदेशमा भारी वर्षा हुने सम्भावना छ, २४ घण्टासम्म सतर्क...

आज (आइतबार) देशभर मौसम बदली भई केही स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे आगामी...

भीमदत्तमा वायु गुणस्तर मापन केन्द्र सञ्चालन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा वायु गुणस्तर मापन केन्द्र स्थापना गरिएको छ । वातावरण विभागको सहयोगमा स्थापना गरिएको वायु प्रदुषण मापन केन्द्र सञ्चालनमा आएको...

‘मनसुन पूर्ण सक्रिय नभए पनि देशभर जोखिम भने हटेको छैन’

काठमाण्डौ- अहिले मनसुन पूर्ण सक्रिय नभए पनि जोखिम भने नहटेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । थोरै पानी पर्दा पनि पहिरो जान सक्ने...

यस्तो छ आजको मौसम

आज (आइतबार) पनि काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा बिहानैदेखि घाम लागेको मौसमविद्ले बताएका छन्। केही दिनयता मौसम यस्तै छ। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया