Sunday, October 25, 2020

शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकहरुको प्रदेश भेला सम्पन्न : अध्यक्षमा साउँद

- Advertisement -

कैलाली, असोज, ७ । शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकहरुको प्रदेश भेला मंगलबार कैलालीको अत्तरियामा सम्पन्न भएको छ । कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा,दार्चुला ,अछाम , बाजुरा लगायत सुदुरपश्चिमका ९ वटै जिल्लाहरूमा कार्यरत अनुदान कोटाका शिक्षकहरुको मंगलबार कैलालीको अत्तरियामा भएको सम्पन्न भएको हो ।

भेलाले डडेलधुरामा कार्यरत शिक्षक केशव बहादुर साउँदको अध्यक्षतामा २३ सदस्यिय प्रदेश कमिटि समेत गठन गरेको छ । उपाध्यक्षमा कञ्चनपुरका शिक्षक बलवीर सिङ भण्डारी र कैलालीका शिक्षक गणेश राज शाही रहेका छन् । यस्तै सचिवमा कञ्चनपुरका शिक्षक शंकरदत्त जोशीलाई चयन गरिएको छ भने भने सह–सचिवमा कैलालीका नन्दराम चौधरी रहेका छन् । यस्तै कोषाध्यक्षमा डडेल्धुराका शिक्षक टेकराज कापडीलाई चयन गरिएको छ ।

सदस्यहरुमा डडेल्धुराका गणेश पाण्डेय, कञ्चनपुरका दोरेन्द्र सार्की, रविन्द्र विष्ट, महेन्द्र बोहोरा, भिम भट्ट, सिद्धराज जोशी रहेका छन् । यस्तै कैलालीका शिक्षक नवीन देवकोटा, नन्द बहादुर महरा, पदम बुढा, रमेश कुमार चौधरी समेत सदस्यमा चयन भएका छन् । यस्तै डोटिका हरिसिङ धामी, दार्चुलाका जयानन्द विष्ट, अछामका हेमराज रावल, बझाङका कैलाश ऐर, बाजुराका दिपेन्द्र धामी, बैतडीका जनक साउँद र तिर्थराज जोशी समेत सदस्य रहेका छन् ।

आफुहरुका माग यसअघि जिल्ला शिक्षा समन्वय इकाई र स्थानिय पालकिामा समेत राखेको तर कुनै पनि सुनुवाई नभएकोले प्रदेश भेला मार्फ शिक्षा मन्त्रालयमा ध्यान आकर्षण गराउन गइरहेको प्रदेश अध्यक्ष केशव बहादुर साउँदले बताउनुभयो । कतियप विद्यलयमा कार्यविधि विपरित अन्य शिक्षकलाई नियुक्ति गरेको पाइएकोले अनुसन्धान पछि सम्बन्धीत विद्यलाय र शिक्षा शाखालाई ध्यान आकर्षण गराउने उपाध्यक्ष गणेशराज शाहीले बताउनु भयो ।

यस्तै अर्का उपाध्यक्ष बलवीर सिङ भण्डारीले देशैभरका सामुदायिक विद्यालयमा नेपाल सरकारबाट प्रदान गरिँदै आएको उक्त कोटाका लागि शैक्षिक सत्रको अघिल्लो असारमै एकमुष्ट रकम निकासा हुने गरेको तर यो वर्ष दुई महिना बितिसक्दा पनि विनियोजित रकम निकासाको अहिलेसम्म कुनै पनि निकायबाट आधिकारिक जानकारी नआएकोले आन्दोलनका कार्यक्रम गर्नु परेको बताए ।

यस्तै अनुदान कोटामा कार्र्यरत कञ्चनपुरको कृष्णपुर माध्यामिक विद्यलायमा कार्यरत शिक्षक स्टार प्रसाद भट्टले आफुहरुका पिडा कसैले नसुनेकोमा दुःख लागेको बताउनु भयो । अंग्रेजी, गणित र विज्ञान विषय पढाउने शिक्षकहरुलाई राज्यले गम्भिरतापूर्वक नलिएर दिइरहेको अनुदान समेत रोकेकोले चाँडै निकासा गर्न दाबाब दिन प्रदेश कमिटि मार्फत शिक्षहरु काठमाडौँ जान लागेकोमा आफुलाई खुशि लागेको समेत शिक्षक भट्टले बताउनु भयो ।

निजि क्षेत्रलाई कोरोना महामारीको समयको तलब रोक्न नहुने बताइरहेको सरकार आफैले विधि प्रक्रिया बमोजिम नियुक्त गरिएका शिक्षकहरूको तलब अँझै निकासा नगरेको र तत्काल आफुहरूको रकम निकासा गरिनुपर्ने अन्यथा आफुहरूले थप विरोधका कार्यक्रम शसक्त रुपमा अगाडी बढाउने प्रदेश अध्यक्ष साउँदले बताउनु भयो ।

सामुदायिक विद्यालयको शिक्षण सुधारका लागि मुख्य विषय अंग्रेजी, गणीत र विज्ञान शिक्षकको अभाव परिपूर्तिका लागि नेपाल सरकारले शिक्षक अभाव भएका तथा शून्य दरबन्दी भएका विद्यालयहरूलाई २०७५ सालदेखि एकमुष्ट रकम प्रदान गर्दै आएको छ । तर यो बर्ष भने असार महिनामै निकासा हुनुपर्ने रकम अहिलेसम्म पनि निकासा भएको छैन ।

स्थानिय पालिका पनि यसबारे बेखर छन् । आर्थिक वर्षको विनियोजित बजेट निकासा गरिनुपर्ने र तलबभत्ता बाफतको रकम नेपाल सरकारले तोके बमोजिम अन्य शिक्षकहरुको जस्तै हुनुपर्ने समेत उक्त अनुदान कोटामा कार्यरत शिक्षकहरुको माग रहेको छ ।

शिक्षण सिकाइ अनुदान सहयोग कोटामा कार्यरत शिक्षकहरुको संघर्ष समितिले नेपाल सरकार शिक्षा मन्त्रालय अन्र्तगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र मार्फत देशै भरीका सामुदायिक विद्यालयका मा.वि तथा नि.मा.वि तहमा अंग्रेजि, गणित र विज्ञान विषयका शिक्षकहरुको अभावलाई पूर्णता दिन दिदै आएको शिक्षण सहयोग अनुदान कार्यक्रम मार्फतको रकम निकासा नगरिएको भन्दै सुदुरपश्चिम प्रदेशमा कार्यरत शिक्षकहरुले शिक्षा मन्त्रालयमा ध्यानआकर्षण पत्र बुझाउने निर्णय गरेका छन् ।शिक्षा मन्त्रीलाई प्रत्यक्ष भेटेर ध्यान आकर्षण गराउने भन्दै प्रदेशको एक टोली मंगलबार काठमाडौँ प्रस्थान गरको छ । हाम्रो कालापानी खबर बाट सभार 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

टिकाको शुभ साइत भोली विहान १०.१९ बजे

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमबार बिहान १०.१९ बजे उत्तम भनेको छ । यसैगरी देवी विसर्जनको साइत बिहान...

मोदीको सन्देश लिएर आएका थिए रअ प्रमुख गोयलः मुख्यमन्त्री पोखरेल

काठमाडौं, कार्तिक ८ लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा सत्तारुढ नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेलले भारतीय गुप्चर संस्था रअका प्रमुख सामन्तकुमार गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

पुर्व राज्यमन्त्री रावलको पुर्वाधार विकास कार्यक्रमबाट चुरे फेदका बस्तीमा भुमिगत बोरिङ

मदन गिरी महेन्द्रनगर ७ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ को राधाकृष्ण टोलमा सिचाँईका लागि भुमिगत बोरिङ जडान गरिएको छ । सुदुरपश्चिम प्रदेशको उद्योग वन वातावरण तथा पर्यटनमन्त्री...

आफ्नोे दशैंभत्ता स्वास्थ्यचौकीलाई दिने बाजुराको बडीमालिका–७ का जनप्रनिधिको निणर्य

बाजुराः बाजुराको बडीमालिका नगरपालिका–७ का वडाअध्यक्ष धर्मराज पाध्याय लगायतका वडा सदस्यहरुले आफुले पाउने दशैंभत्ता स्वास्थ्यचौकीको स्तरोन्नतिका लागि दिने भएका छन्। वडाअध्यक्ष धर्मराजले आफुले दसैंभत्ता वाफत...

‘बोर्डिङ स्कूलले शुल्क उठाए, शिक्षकलाई तलब दिएनन्’

६ कात्तिक, काठमाडौं । निजी तथा संस्थागत विद्यालयमा कार्यरत अधिकांश शिक्षक–कर्मचारीहरूले यो दसैं बोनस पाएनन् । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार...

प्रधानमन्त्रीलाई देउवाको आग्रह: कोरोना परीक्षण र उपचार निःशुल्क बनाऊ

६ कात्तिक, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय लज्जास्पद भएको बताएका छन्...

कञ्चनपुरमा चाडपर्व लक्षित निषेधाज्ञा शुरू

कञ्चनपुर जिल्लामा चाडपर्व लक्षित निषेधाज्ञा शुरू भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बडादशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी कोरोना संक्रमणको जोखिम थप...

गण्डकी प्रदेशले मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना कोषमा जम्मा गर्ने

गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। प्रदेश मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया