सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरका सात प्रहरी निरीक्षकको सरुवा

नेपाल प्रहरीका ४ सय ८८ जना इन्सपेक्टरको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले सोमबार ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा गरेको हो ।

सोही क्रममा कञ्चनपुरका पनि ७ जना प्रहरी निरीक्षकको सरुवा भएको छ । जस अन्तर्गत इलाका प्रहरी कार्यालय झलारीका धर्मेन्द्र बहादुर रावलको महानगरीय प्रहरी कार्यालय रानीपोखरी, काठमाडौँ, आतंकवाद इन्टेलिजेन्स महाशाखामा सरुवा भएको छ भने उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय डोटी, अपराध अनुसन्धान समूहका कर्ण बहादुर बोहरा आएका छन् ।

World Link Ads
Mahakali Polytechnic

यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रकाश कुमार केसीको लागू औषध नियंत्रण ब्यूरो नेपालगन्जमा सरुवा भएको छ भने उनको ठाउँमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ, काठमाडौँ सवारी अभिलेख शाखाका केशव राज भट्ट सरुवा भई आएका हुन् ।

Sana Kishan

वडा प्रहरी कार्यालय महेन्द्रनगर (क) का मोहनजंग बुढाथापाको जिल्ला प्रहरी कार्यालय दाङ, अभियोजनमा सरुवा भएको छ भने उनको ठाउँमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय डोटीका अमर बहादुर माझी आएका छन् ।

ईलाका प्रहरी कार्यालय बेलौरीका रणबहादुर चन्दको सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल डोटीमा सरुवा भएको छ भने उनको ठाउँमा राष्ट्रिय
प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज काठमाडौंका कमल कुमार खड्का सरुवा भए । त्यसैगरि सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन कार्यदल कार्यालय सञ्चालनतर्फ महेन्द्रनगरका राम बहादुर चन्दको कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय छिन्चु सुर्खेतमा सरुवा भएको छ भने उनको ठाउँमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रहरी शाखा काठमाडौंका केशवबहादुर चन्द आएका छन् ।

यता जिल्ला प्रहरी कार्यालयका लोकराज जोशीको कर्णाली प्रदेश प्रहरी आवासिय माध्यमिक विद्यालय छिन्चु सुर्खेतमा सरुवा भएको छ भने उनको ठाउँमा ईलाका प्रहरी कार्यालय दार्मा, सल्यानका ज्ञानेन्द्र बहादुर सिंह आएका छन् ।

त्यसैगरि इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका वकिल बहादुर सिंहको प्रहरी प्रधान कार्यालय साइबर व्यूरो कानुनी परामर्श काठमाडौंमा सरुवा भएको छ भने उनको ठाउँमा प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह, नवलपरासीका कैलाश सिंह विष्ट सरुवा भई आएका छन् । setikalinews.com

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.