Saturday, October 31, 2020

बजाजको दशैं अफर: २०% डाउन पेमेन्टमा पल्सर १२५ किन्दा यस्तो छ मासिक किस्ता

- Advertisement -

काठमाडौं । बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले आजबाट चाडपर्व लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको ग्राहक योजनामा २० प्रतिशत डाउन पेमेन्टमा पल्सर १२५ किन्ने सोच बनाएका ग्राहकले मासिक ८ हजार ८८७ रुपैयाँ किस्ता तिरेर किन्न सक्ने छन् ।

कम्पनीले आज सार्वजनिक गरेको स्कीम अनुसार २० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले १६ प्रतिशत व्याजदरमा कर्जा प्राप्त गर्न सक्ने छन् । पल्सर १२५ को मूल्य २ लाख २६ हजार ९०० रुपैयाँ निर्धारण गरेर कम्पनीले बिक्री गर्दै आएको छ । यस्तोमा २० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले ४५ हजार ३८० रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्छ भने १ लाख ८१ हजार ५२० रुपैयाँ २४ किस्तामा तिर्नेगरि कर्जा लिन सक्ने छन् ।

कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई सून्य प्रतिशत व्याजदरमा पल्सर १२५ दिने छ । बाँकी रकम ग्राहकले १७ किस्तामा तिरिसक्नु पर्ने हुन्छ ।३५ प्रतिशतभन्दा माथि डाउन पेमेन्ट गर्ने र नगदमै मोटरसाइकल किन्ने ग्राहकले भने नगद १० हजार रुपैयाँ नगद छुट पाउने छन् ।

यो मोटरसाइकलमा कम्पनीले क्लास लिडिङ फिचर दिएको छ । मोटरसाइकललाई सार्प र स्पोर्टी बनाउन क्लिप अन ह्यान्डलवार दिइएको छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।यो मोटरसाइकलमा १२५ सीसी एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन रहेको छ । यसमा उपलब्ध एयरकुल्ड डिटीएसआई इन्जिनले १३ बीएच पावरका साथै १२ एनएम टर्क उत्पादन गर्छ ।

त्रिविले विद्यार्थीहरुका लागि जारी गर्यो यस्तो अत्यन्तै जरुरी अपिल ृविज्ञप्तिसहिते
जनबोली न्यूज नेटवर्क मङ्गलबार ६ असोज, २०७७
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले विद्यार्थीहरुका लागि अत्यन्तै जरुरी अपिल गरेको छ । त्रिविले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीहरुसँग महत्वपूर्ण अपिल गरेको हो ।

 

महामारीको रूपमा फैलिएको कोभिड–१९ को कारणले शिक्षा क्षेत्रको शैक्षिक कार्यक्रम समेतलाई नकारात्मक असर पर्दा त्रिभुवन विश्वविद्यालयको शैक्षिक सत्र समेत प्रभावित हुन सक्ने सम्भावना रहेको वर्तमान अवस्था विश्व विद्यालयले समयमै गर्नुपर्ने दैनिक प्रशासनिक कार्य बजेट निर्माण तथा कार्यान्वयन र परीक्षा प्रणालीमा समेत गम्भीर असर पर्न गएको छ । यसका साथै विश्वविद्यालयले आश्विन १६ गते बजेट अधिवेशनको मिति निश्चित गरिसकेको अवस्था पनि छ ।

यस परिस्थितिमा विगत केही समयदेखि नेपाल विद्यार्थी संघका त्रिभुवन विश्वविद्यालय समिति र अन्य पेशागत संघ तथा परिचालक संगठनहरुले विभिन्न मागहरु राखी प्रत्यक्ष वा अप्रत्यक्षरुपमा गरिएको आन्दोलनका कार्यक्रमहरुले विश्वविद्यालयको काम कारबाईमा असर परिरहेको छ । यस परिस्थितिमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्नुपर्दछ भन्ने कुरामा विश्वविद्यालय दृढ संकल्पित रहेको छ ।

नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले राखेका मागहरूलाई समयमै सम्बोधन गर्न विश्वविद्यालय प्रतिबद्ध रहेको हुँदा हाल सञ्चालित आन्दोलनका कार्यक्रमहरु स्थगन गरी वार्ता र संवादका माध्यमबाट लाई समस्या समाधान गर्न आवश्यक समयका लागि नेपाल विद्यार्थी संघ लगायत सम्बन्धित सबैमा विश्वविद्यालय आर्थिक अनुरोध गर्दछ ।sidhaonlinepatra

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कञ्चनपुरमा बृद्धा मृत भेटिइन्

कञ्चनपुरमा एक बृद्धा मृत अवस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले पुनवार्स नगरपालिका वडा नम्बर १० बिकास बस्तीमा...

होशियार !छालामा यस्तो निशान देखिएमा

जाडोले अब बिस्तारै ढकढक्याउँदैछ र यस मौसममा मानिसहरु छालाको सुख्खापनबाटबाट चिन्तित हुन्छन्। एकै साथ सोरायसिस बिरामीलाई यस मौसममा धेरै समस्याहरू छन्। यदि तपाईंलाई थाहा...

भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ

भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ परेका छन् । भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस दिने धनगढी उपमहानगरपालिका वडा नम्बर...

आज कोजाग्रत पूर्णिमा, दशैँको विदाई र तिहारको स्वागत गरिदै

काठमाडौं – आज कोजाग्रत पूर्णिमा, दसैंको टीका प्रसाद लगाउने कार्य सम्पन्न गरिँदै छ । बिहानै दशैंघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष नजिकको नदी, तलाउ, पोखरी...

र्‍यापर गायक भिटेनलाई खोज्दै प्रहरी

काठमाडौं । र्‍यापर गायक भिटेन (समीर घिसिङ) को नयाँ गीतमा पनि छाडा शब्द बोलेको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले गीत...

पहाडकी रानी बन्दीपुरमा मिनी ग्रेटवाल बन्दै

तनहुँको बन्दीपुरमा विश्वकै प्रसिद्ध चीनको ग्रेटवाललाई झल्को दिने गरी मिनीग्रेटवाल निर्माण भईरहेको छ । ग्रेटवाल निर्माणको लागि बन्दीपुर गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । प्राकृतिक...

गृह मन्त्रालयले माग्यो सय जना कर्मचारी, यस्तो चाहिन्छ योग्यता(सूचनासहित)

गृह मन्त्रालयले एक सय जना कर्मचारीको माग गरेको छ । मन्त्रालय अन्तरगतको अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको छ। https://youtu.be/lCjCafDkav4 मन्त्रालयले...

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा स्थानीय तहगत रुपमा बार निर्धारण र टोकन...

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्थानीय तहगत रुपमा बार निर्धारण र टोकन प्रणाली लागु गरेको छ । कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको र जिल्ला...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया