सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वरिष्ठ नर्स मीना कार्कीको पहिलो नर्सिङ गीत ‘हामी नर्स’ सार्वजानिक

अहिले विश्व नै कोरोना महामारीसँग जुधिरहेको छ। कोरोना संक्रमित उपचारमा नर्स फ्रन्टलाइनमा दिन-रात खटिएका छन्।

नर्सको दु:ख, पीडा समेटर पछिल्लो समय गायिका मीना कार्कीले ‘हामी नर्स’ गीत बजारमा ल्याएकी छन्।

मीना कार्की स्वय‌ं नर्सिङ पेसामा आबद्ध रहेकी छन्।

World Link Ads
Mahakali Polytechnic

सदीक्षा एल्बमबाट चर्चामा आएकी गायिका कार्कीले नेपाली साङ्गीतिक इतिहासकै पहिलो नर्सिङ गीत सार्वजानिक गरेकी हुन्।

Dirghayu Ads

गायिका कार्कीले आफ्नै युट्युब च्यानल Mina Karki Official मार्फत आफ्नो भिडियो सार्वजनिक गरेकी हुन्।

उक्त भिडियोमा नर्सले गर्नुपर्ने कर्तब्य, बिरामीको हेरचाह, नर्सका दुख, पीडा समेटिएको छ।

लोकप्रिय गीतकार तथा सङ्गीतकार राजकुमार बगरको शब्द र सङ्गीत रहेको यस गीतमा कमल सौरागको म्युजिक एरेञ्ज छ।

Sana Kishan

वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, रामसिंह भाटको छायाङ्कन र निर्देशक वीरेन्द्र भाट ‘विपिन’ कै सम्पादनमा भिडियो तयार भएको हो।

लगभग ४ दर्जन डाक्टर र नर्सको अभिनय रहेको यो भिडियो वर्ल्ड कभर मिडिया प्रालिको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो ।

यो गीतमा नर्सिङ्ग पेसामा लागेपछि गर्नुपर्ने काम कर्तब्यलगायत दु:ख, पीडा, र खुसीलाई राम्रोसँग समावेश गरिएको नर्स कार्की बताउँछिन्।

उनले यसभन्दा अगाडि शिशिरमा फूल, मायामा मालामाल, भन्ने गीत सार्वजानिक गरेकी थिइन।

गायिका मीना कार्की पेसागत हिसाबले एक अनुसन्धानकर्ता, सक्रिय स्वास्थ्यकर्मी र सिनियर नर्स हुन्।

हेल्थपाेस्ट बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.