Wednesday, October 28, 2020

वेदकोट नगरपालिकाले जडान ग¥यो राजमार्गका चोक-चोकमा नाईट भिजन क्यामेरा

- Advertisement -

महेन्द्य्रनगर ६ असोज ।
कञ्चनपुरको वेदकोट नगरपालिकाले पुर्व पश्चिम राजमार्ग क्षेत्रमा सिसि क्यामेरा जडान गरेको छ । वेदकोट नगरपालिकाले चोरी, दुर्घटना र अपराध नियन्त्रणका लागि क्यामेरा जडान गरेको हो ।
नगरपालिकाले उज्यालोका लागि सोलार प्यानलसहित राजमार्ग क्षेत्रका भिडभाड बढी हुने क्षेत्रमासीसी क्यामेरा जडान गरेको हो । वेदकोट नगरपालिकाका नगरप्रमुख अशोक कुमार चन्दले सुरक्षा व्यवस्थापन र अपराधिक गतिविधि नियन्त्रणका लागि
क्यामेरा जडान गरिएको बताए । ।

वेदकोटले शुक्लाफाँटा नगरपालिका र भीमदत्त नगरपालिकाको सीमाना, दैजी बजार क्षेत्र र चम्फापुर बजारका मुख्य–मुख्य चोकमा २५ वटा नाइटभिजन सीसी टीभी क्यामेरा जडान गरेको हो ।

२५ वटा नाइटभिजन सीसी टीभी क्यामेरा र १ सय १६ वटा सोलार प्यानल जडान गर्न नगरपालिकाले अमृत–बोहरा जेभिसंग १ करोड १३ लाखमा ठेक्का सम्झौता भएको छ । पहिलो चरणमा महेन्द्र राजमार्ग अन्तर्गत वेदकोट नगरपालिकाको भिमदत्त र शुक्लाफाटा नगरपालिका संग जििोडएको सीमा प्रारम्भ रेखा चम्फापुर पुलदेखि सामादैजी, दैजी,सुडा, लालपुर, सिसैया लगायतका मुख्य चोकमा सडकबत्ती जडान गर्न लागिएको हो ।

नगर प्रमुख चन्दका अनुसार क्यामेरा तथा सोलार प्यानल जडान गर्न नगरले नै बजेट विनियोजन गरेको हो । –नगरको व्यस्त र भीडभाड हुने स्थानमा क्यामेरा जडान गरिएको छ’, उनले भने ‘नगरपालिकामा स्वदेशी लगायत विदेशी पर्यटकको आवागमन बढेसँगै उनीहरुमा दुर्घटना र हानी नहोस् भनेर सो काम गरेका हौँ ।’ क्यामेरा तथा सोलार प्यानल जडान भएपछि मुख्य चोकमा झिलिमिलि भएको छ । जसले गर्दा पहाडबाट नगर भित्रिने र नगरबाट पहाड जाने यात्रुहरुलाई समेत रातीको समयमा निकै सहज हुने भएको छ

वेदकोट नगरपालिकाको सुरक्षा व्यवस्था चुस्त दुरुस्त भए मात्र त्यहाँ रहेका उद्यान, वनभोज क्षेत्र र धार्मिक क्षेत्रमा बढीभन्दा बढी मानिसको आवागमन बढाउन सकिने उनको विश्वास छ ।

सीसी क्यामेरा जडान भएसँगै सुरक्षित नगरपालिका निर्माण गर्न सफल हुने नगर प्रमुख चन्दको विश्वास छ । वेदकोट नगरपालिका र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको समन्वयमा नगरपालिकाको कार्यालयमा कन्ट्रोल रुम रहने छ भने सोही ठाउँबाट क्यामेराको निगरानी गरिने छ

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

मंगलबार थप ५ सय ७० जनामा कोरोना पुष्टि, १४ को मृत्यु,...

काठमाडौँ – मंगलबार थप ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

सुख्खा बन्दरगाह निर्माणका लागि स्थलगत अनुगमन

कञ्चनपुरको माहाकाली नगरपालिका वडा नम्बर १ को गौरीशंकर बन र मायापुरी बनमा सुख्खा बन्दरगाह निर्माणका लागि स्थलगत अनुगमन गरिएको छ । मंगलबार नेपाल सरकारका...

दशैंको मुखमा भजनीका बाढीपिडीतहरुलाई निड्स नेपालको राहत बितरण

कैलाली भजनी नगरपालिकाका बाढी प्रभावितहरुलाई निड्स नेपालले दशैको मुखमा खाधान्न तथा गैर खाधान्न राहत साम्रगी बितरण गरेको छ । भजनी नगरपालिकाको सहकार्य तथा समन्वयमा...

कञ्चनपुरमा चरेश सहित २ जना पक्राउ

कञ्चनपुरमा लागु औषध चरेशसहित २ जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० को टापर भन्ने स्थानबाट १ ग्राम ६ सय ६०...

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको जानकी गाउपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले...

दशैंमा कञ्चनपुरका सीमानाका सुनसान

महेन्द्रनगर । चाडपर्वका बेला गन्तव्यमा जाने यात्रुहरूको चाप हुने कञ्चनपुरका गड्डाचौकी र त्रिनगर नाका यस वर्ष भने कोरोना महामारीका कारण सुनसानप्रायः छन् । सुदूरपश्चिमको रोजगारीको...

जंगल सफारी खुला भयो शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा

कञ्चनपुर । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जंगल सफारी र जंगल वाक खुला गरिएको छ । निकुञ्ज कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सुरक्षाका मापदण्ड पालना...

आज दसैंको मुख्य दिन, टीका लगाउने उत्तम साइत १०ः१९ बजे

१० कात्तिक, काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया