Wednesday, November 25, 2020

रेल सञ्चालन दुई महिनापछि

- Advertisement -

नेपाल सरकारले भारतबाट खरिद गरेको दुईवटा रेल शुक्रबार जनकपुरधाम आए पनि सञ्चालन हुन अझै दुई महिना लाग्ने बताइएको छ ।
रेल सञ्चालनका लागि आवश्यक जनशक्ति नभएको र कोरोना महामारीका कारण भारतसँगको सीमा नाका सिल गरिएका कारण तत्काल रेल चलाउन नसकिने रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताउनुभयो ।

उहाँले रेल नेपाल आइसके पनि रेलको परीक्षणपछि यसको बरबुझारथ प्रक्रिया हुन कम्तीमा अरु एक महिना लाग्ने छ । उहाँले रेल सञ्चालनको सुरुमा प्राविधिक जनशक्ति भारतबाटै ल्याउने र अन्य कर्मचारी व्यवस्थापनका लागि करारमा कर्मचारी भर्ना गर्ने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिनुभयो ।

रेल सञ्चालन गर्नुअघि भारतीय पक्षले तयार पारेको रेलको लिक हस्तान्तरण हुने र त्यसपछि रेल सञ्चालन हुने छ । ८४ करोड ६५ लाख रुपियाँमा जी टु जी प्रक्रियाबाट खरिद गरिएको दुईवटा रेल को २० प्रतिशत भुक्तानी भइसकेको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर देवेन्द्र साहले बताउनुभयो ।

हाल जनकपुरधामको कुर्थादेखि भारतको सीमावर्ती शहर जयनगरसम्म सञ्चालन हुने सो रेल शुक्रबार दिउँसो २ बजे जनकपुरधाम आएको र परीक्षणपश्चात् शनिबार साँझ भारतको जयनगरमा रहेको नेपाल रेल्वे स्टेसनमा लगेर पार्किङ गरिएको छ ।

जनकपुरधाम आएको दुईवटा इन्जिनसहित १० वटा बोगीमा एक हजार तीन सय यात्रु यात्रा गर्न मिल्ने नेपाल रेल्वे जनकपुरधाम साइट कार्यालयका इन्जिनियर विनोद ओझाले जानकारी दिनुभयो । उहाँले रेल जनकपुरधाम आएपछि अब केही दिनमै रेल चल्ने पक्कापक्की भएको बताउनुभयो ।

वि.सं. १९९४ देखि नेपालमा सञ्चालनमा आएको रेल जीर्ण भएपछि २०७१ सालमा औपचारिकरुपमै बन्द भएको थियो । खास गरी धनुषाको अति विकट पूर्वी क्षेत्रका बासिन्दाको एक मात्र यातायातको साधन रहेको रेल सञ्चालनमा आएपछि धनुषाको सदरमुकाम जनकपुरधामसँगको सम्पर्क सहज हुने शहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरियाले बताउनुभयो ।

पहिलो चरणमा जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा ब्रोडगेज रेल सञ्चालन हुने भएपछि जनकपुरधामको व्यापार व्यवसायमा पनि टेवा पुग्ने जनकपुर उद्योग वाणिज्य सङ्घका महासचिव जीतेन्द्र महासेठले बताउनुभयो ।–गोरखापत्र अनलाइनबाट

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कञ्चपुरमा फरवार्डका चार शाखाको औपचारिक रुपमा उद्घाटन

कञ्चनपुर । ग्रामिण क्षेत्रको विकास गर्न तथा त्यहाँ रहेका गरिब, कमजोर आर्थिक अवस्था भएका जनतालाई आर्थिक शशक्तिकरणमा जोड्ने हो भने माइक्रोफाइनान्स क्षेत्रलाई सरकारले प्राथमिकता...

कोरोना कहरले फेरियो कञ्चनपुरका व्यवसायीको व्यवसाय

महेन्द्रनगर । दुई दशकदेखि कञ्चनपुरको महेन्द्रनगरमा प्रतिष्ठित जोशी टेन्ट हाउसका सञ्चालक पुष्पराज जोशी अचेल भीमदत्तनगरपालिका–१० जिमुवामा कागतीखेती र पशुपालनमा खटिएका छन् । कोरोना कहरमा...

घट्यो सुनको मूल्य

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य तोलामा ९५ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा ७ सयले...

किसानहरुले उत्पादन गरेको तरकारीले बजार पाउन थाल्यो !

बैतडी : पछिल्लो समय बैतडीमा किसानहरुले गरेको तरकारी उत्पादनले बजार पाउन थालेको छ । लामो समयदेखिको कोरोना महामारीका कारण बाहिरबाट तरकारीको आयात बन्द हुदा जिल्लामा...

९५ रुपैयाँमै टेलिकमको भ्वाइससहित ८ जीबी डेटा प्याक, फेसबुक र युट्युवमा...

नेपाल टेलिकमले तिहार, नेपाल संवतको नयाँ वर्ष तथा छठ पर्वको अवसरमा विभिन्न छुट र अफर सहितको नयाँ प्याकेज ल्याएको छ । कम्पनीले फेस्टिभल अफरका...

भारतबाट आलु आयत नभएपछि नेपालको आलुले राम्रो मूल्य पायो

विश्वभर फैलिएको कोरोना भाइरसका कारण भारतबाट आउने आलु बन्द हुँदा यो वर्ष सल्यानमा उत्पादित आलुले राम्रो मूल्य पाएको छ । विगतका वर्षहरूमा १५ देखि २५...

आज बुधवार सोच्नै नसकिने गरि बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार...

आज बुधवार सुनको मूल्य बढेको छ । मंगलवार ३ हजार रुपैयाँले घटेको सुनको मूल्य बुधवार फेरि बढेको छ । बुधवार सुन तोलामा १०० रुपैयाँले बढेर ९४...

कञ्चन झलारी बचत तथा ऋण सहकारीद्वारा ६७ करोड बढीको कारोबार

शुक्लाफाँटा नगरपालिका वडा नं. १० मा केन्द्रीय कार्यालय रहेको कञ्चन झलारी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७६÷०७७ मा कुल ६७ करोड ८०...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया