Sunday, October 25, 2020

हेम-सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार किशोर निरौला र टेक खड्कालाई

- Advertisement -

काठमाडौं( यस बर्षको हेम(सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार पत्रकारद्वय किशोर निरौला तथा टेकबहादुर खड्कालाई प्रदान गरिने भएको छ । पुरस्कार छनौट समितिको आज बसेको बैठकले उहाँहरुलाई सो पुरस्कार दिने निर्णय गरेको हो ।

२०६३ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा निधन हुनुभएका नेपाल टेलिभिजनका पत्रकारद्वय हेमराज भण्डारी तथा सुनिल सिंहको स्मृतिमा नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले सो पुरस्कार स्थापना गरेको हो ।

विभिन्न टेलिभिजन च्यानलमा प्रसारण भएका जोखिमपूर्ण समाचार अथवा समाचार सामग्रीहरुमध्ये उत्कृष्ट सामग्रीलाई छनौट समितिले छान्ने प्रचलन रहेको छ । पुरस्कारका लागि यस बर्ष नेपाल टेलिभिजन सहित अन्य टेलिभिजनका समेत गरी ११ वटा समाचार सामग्रीहरु प्राप्त भएका थिए ।

छनौट समितिमा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्ट, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, नेपाल टेलिभिजन समाचार महाशाखाका प्रमुख मनोहरी थापा, पत्रकार बबिता बस्नेत तथा नेपाल टेलिभिजन पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका उपाध्यक्ष बेन्जु ढुंगेल रहनुभएको थियो ।

५१ हजार रुपैयाँ राशिको सो पुरस्कार यही असोज ७ गते आयोजना गरिने समारोहमा वितरण गरिने छ । नेपाल टेलिभिजन

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

टिकाको शुभ साइत भोली विहान १०.१९ बजे

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमबार बिहान १०.१९ बजे उत्तम भनेको छ । यसैगरी देवी विसर्जनको साइत बिहान...

मोदीको सन्देश लिएर आएका थिए रअ प्रमुख गोयलः मुख्यमन्त्री पोखरेल

काठमाडौं, कार्तिक ८ लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा सत्तारुढ नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेलले भारतीय गुप्चर संस्था रअका प्रमुख सामन्तकुमार गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

पुर्व राज्यमन्त्री रावलको पुर्वाधार विकास कार्यक्रमबाट चुरे फेदका बस्तीमा भुमिगत बोरिङ

मदन गिरी महेन्द्रनगर ७ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ को राधाकृष्ण टोलमा सिचाँईका लागि भुमिगत बोरिङ जडान गरिएको छ । सुदुरपश्चिम प्रदेशको उद्योग वन वातावरण तथा पर्यटनमन्त्री...

आफ्नोे दशैंभत्ता स्वास्थ्यचौकीलाई दिने बाजुराको बडीमालिका–७ का जनप्रनिधिको निणर्य

बाजुराः बाजुराको बडीमालिका नगरपालिका–७ का वडाअध्यक्ष धर्मराज पाध्याय लगायतका वडा सदस्यहरुले आफुले पाउने दशैंभत्ता स्वास्थ्यचौकीको स्तरोन्नतिका लागि दिने भएका छन्। वडाअध्यक्ष धर्मराजले आफुले दसैंभत्ता वाफत...

‘बोर्डिङ स्कूलले शुल्क उठाए, शिक्षकलाई तलब दिएनन्’

६ कात्तिक, काठमाडौं । निजी तथा संस्थागत विद्यालयमा कार्यरत अधिकांश शिक्षक–कर्मचारीहरूले यो दसैं बोनस पाएनन् । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार...

प्रधानमन्त्रीलाई देउवाको आग्रह: कोरोना परीक्षण र उपचार निःशुल्क बनाऊ

६ कात्तिक, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय लज्जास्पद भएको बताएका छन्...

कञ्चनपुरमा चाडपर्व लक्षित निषेधाज्ञा शुरू

कञ्चनपुर जिल्लामा चाडपर्व लक्षित निषेधाज्ञा शुरू भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बडादशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी कोरोना संक्रमणको जोखिम थप...

गण्डकी प्रदेशले मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना कोषमा जम्मा गर्ने

गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। प्रदेश मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया