सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शुक्लाफाँटाको न्यायिक समितिद्वारा १६ बढी मुद्दाको किनारा

देशैभर बन्दाबन्दी (लकडाउन) भएको बेलामा शुक्लाफाँटा नगरपालिका न्यायिक समितिको काम सुचारु नै रह्यो । बढ्दै गएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै न्यायिक समितिले स्वास्थ्य सुरक्षा अपनाउँदै सामाजिक दुरी कायम गरि सक्रियता पूर्वक काम गरिरहेको छ । यसै समयमा समितिले विभिन्न प्रकृतिका मुद्दाहरु किनारा लगाएको छ ।

बन्दाबन्दीको अवधिमा शुक्लाफाँटाको न्यायिक समितिमा १६ वटा मुद्दाहरु दर्ता भएकोमा सबै मुद्दा मेलमिलापको माध्यमबाट किनारा लगाएको न्याय शाखाका खरिदार सुरेन्द्र प्रसाद भट्टले बताए ।

World Link Ads
Mahakali Polytechnic

शुक्लाफाँटा नगरपालिकाकी उप(प्रमुख तथा न्यायिक समिति संयोजक तुलसी देवी हमालले दर्ता भएका मुद्दाहरुमध्ये सबैको मिलापत्र भई न्याय सम्पादन भइसकेको बताइन् । उनका अनुसार अधिकांश मुद्दाहरु बाटो विवाद, जग्गाको साँध सीमाना मिचेको, ज्याला मजदुरी सम्बन्धमा, खान लाउन नदिएको, पति पत्नीबीच विवाद सम्बन्धमा परेका छन् ।

Dirghayu Ads
Sana Kishan

यस्तै महिला हिंसा र घरायसी झैँझगडा, पोल्टी फर्म विवाद सम्बन्धि मुद्दापनि मेलमिलापको माध्यमबाट समाधान गरिएको छ । मेलमिलापको माध्यमबाट मुद्दाको किनारा लगाइएको बताउँदै उनले भनिन् “अहिले कोरोनाको जोखिम बढ्दै गएको बेलामा स्वास्थ्य सुरक्षालाई मध्यनजर राख्दै सम्बन्धित वडामै गएर न्याय सम्पादन गर्ने गरिएको छ ।

“भाइरसको संक्रमण कायमै भएको अवस्थामा पनि न्यायिक समितिमा दर्ता भएका सबै मुद्दाहरु किनारा लगाइएको उपप्रमुख तथा समिति संयोजक हमालले बताइन् । प्रभु खबर बाट सभार 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.