सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पुनर्वास नगरपालिकामा स्थानीय हक अधिकार मंच गंठन- अध्यक्षमा भानसिंह धामी सर्व-सहमत

लाल बहादुर एस के / कंचनपुर

कंचनपुरको पुनर्वास नगरपालिकामा स्थानीय हक अधिकार मंच गठन भएको छ ।स्थानीय हक अधिकार मंचको अध्यक्षमा भानसिंह धामी सर्वसहमत चुनिनु भएको छ । लोक सेवा आयोगबाट नाम निकालेर स्थानीय तहमा कार्यरत कर्मचारीको हकहितका लागि आवाज उठाउने उदेश्यका मंचको गठन भएको हो ।

पुनर्वास नगरपालिका प्रशासकीय अधिकृत कृष्ण भट्टको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा नगर उप-प्रमुख शारदा बिष्ट धामी तथा बिशिस्ट अतिथिमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र खाती हुनुहुन्थ्यो ।

World Link Ads
Mahakali Polytechnic

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिले कर्मचारीहरु देश बिकासका पहरेदार भएको भन्दै कसैले कसैलाई भेदभाव गर्न नहुने बताउनु भयो। प्रमुख अतिथि बिष्टले लोक सेवाबाट स्वच्छ प्रतिस्पर्धा गरेर आएका कर्माचारी र निजामती कर्माचारी बिचमै विभेद हुनु सबै भन्दा दु:खद कुरा भएको बताउनु भयो ।

उँहाले सबै कर्माचारीलाई दत्त चित्त भएर लाग्न अनुरोध गर्दै संघ बाट यथाशीघ्र यसबारेमा सम्बोधन हुने बिश्वास व्यक्त गर्नु भयो । त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथि नरेन्द्र खातीले सबै कर्माचारीहरु राष्ट्र सेवक भएको बताउदै कसैले पनि आफुलाई ठूलो र अरुलाई सानो भन्ने सोच राख्न नहुने बताउनु भयो ।

Sana Kishan

उँहाले मंचको भुमिका बारेमा टिप्पणी गर्दै मंच राजनैतिक प्रभाव बाट पुर्ण स्वतन्त्र रहि कर्माचरीहरुको हकहितका पक्षमा काम गर्ने बिश्वास व्यक्त गर्नु भयो । कार्यक्रमले भानसिंह धामी को अध्यक्षता मा १३ सदस्यीय स्थानीय हक अधिकार मंच गठन गरेको छ । मंचको उपाध्यक्षमा राम राज जोशी, सचीवमा रेखा अवस्थी, सह सचिवमा करन सिंह धामी, कोषाध्यक्षमा बिनोद चौधरी तथा सदस्यहरुमा पारस जोशी, सुनिता दमाई, दान बहादुर बोहरा, भिम सिंह घटाल, राम बिलास राना, पुज्जन तिमिल्सिना, भक्त बहादुर रोकाय दिपक भट्ट चयन भएका छन ।

अध्यक्षमा चुनिए पछि भानसिंह धामिले मंचले लोक सेवा बाट आएका कर्माचारीहरु लाई निजामती कर्माचारि सरह सेवा सुबिधा दिनुपर्ने , सेवा निवृती सुनिश्चित हुनुपर्ने, सौतेनी ब्यबहार को अन्त्य हुनु पर्ने लगाएतका माग सहित कर्माचारीको हकहितका लागि कार्य गर्ने बताउनु भयो।

त्यस्तै कार्यक्रमका अध्यक्ष कृष्ण भट्टले सबैले धन्यवाद दिनुका साथै संघीयता कार्यन्वयनको अग्र पंक्तिमा कर्माचारी हरु नै भएता पनि राज्यको सौतेनी व्यबहारले कर्माचारिको मनोबल घटाउने बताउनु भयो ।

उहाँले विभेद अन्त्य नभए रचनात्मक आन्दोलनमा होमिने बताउनु भएको छ। कार्यक्रमको संचालन नगरपालिकाकै कर्माचारी लाल मान तामाङले गर्नु भएको थियो।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.