Monday, October 26, 2020

सेनाले जिम्मा लिएको काठमाडौ(तराई(मधेश द्रूतमार्गको काम द्रुत : यस्तो देखिन थाल्यो

- Advertisement -

काठमाडौ । कोभिड–१९ बाट उत्पन्न परिस्थितिले उपकरण र जनशक्ति व्यवस्थापनमा कठिनाई भई सुस्ताएको राष्ट्रिय गौरवको काठमाडौ–तराई – मधेश द्रूतमार्गको निर्माणको कामले पुनः गति लिएको छ । निर्माण आयोजनाको कामकारवाहीलाई पूर्ण पारदर्शी र गुणस्तरीय तुल्याउँदै तोकिएको समयसीमाभित्रै सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

आयोजनाका लागि छनोट भएको अन्तर्राष्ट्रिय परामर्शदाताको टोली प्रमुख र स्थानीय विषय विज्ञसमेतको टोलीले स्थलगत सर्भेको काम शुरु भएको छ । कोभिड–१९ कारण पूरै टोली परिचालन हुन बाधा पुगे पनि थोरै जनशक्ति प्रयोगबाट अधिक काम भइरहेको जानकारी दिइएको छ । सेनाका अनुसार महादेवटार, धेद्रे र लेनडाँडामा निर्माण गर्नुपर्ने सुरुङका लागि भू–गर्भसम्बन्धी अध्ययन पूरा गरी प्रतिवेदन तयारीको काम भइरहेको छ । त्यहाँ अहिले सुरुङका लागि ड्रिलिङ गरी नमूना परीक्षणको काम भइरहेको जानकारी दिइएको छ ।

 

आयोजनालाई दू्रतगतिमा अघि बढाउन पहँुच मार्ग र बेलीब्रिज जडानको काम भइरहेको तथा सुरुङमार्गको ठेक्का व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय निर्माण व्यवसायीसँग पूर्व योग्यता निर्धारणका लागि सूचना प्रकाशित गरिएको छ ।

 

आयोजनाका अनुसार निर्माणमा सहभागी हुन चाहने कम्पनीले आगामी असोज १४ गतेभित्र योग्यतासम्बन्धी काजजात बुझाउनु पर्नेछ । आयोजनाको समष्टिगत वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत भइसकेको तथा वातावरणसम्बन्धी गहिरो अध्ययन अनुसन्धानको आन्तरिक मूल्याङ्कन प्रभावको पूर्वतयारीको काम भइरहेको छ ।

आयोजनालाई अघि बढाउने सिलसिलामा चार किलोमिटर क्षेत्रको ढुङ्गा र माटो हटाउन र भर्न प्रतिस्पर्धाबाट १२ वटा प्याकेज बनाएर काम अघि बढाएको जनाइएको छ । आयोजना क्षेत्रमा कटान गर्न बाँकी रहेका एक हजार १५० रूख कटान गर्न बाँकी रहेकामा अब केही दिनमै काम शुरु गरिने तथा कटान भएका रुखको अनुपातमा रोप्नुपर्ने एक लाख सात हजार ११८ वृक्षरोपण गरिसकिएको आयोजनाले जनाएको छ ।

आयोजनाका लागि मकवानपुरमा ९९ रोपनी जग्गा अधिकरण गर्न पूर्जा तयार भएको तथा मुआब्जाकोे वितरण प्रक्रिया अघि बढाइएको जानकारी दिइएको छ ।

जानी राखौं ! पारिजात फूलको फाइदा

पारिजातको फूल सुन्दरता र सजावटमा मात्र होइन, स्वास्थ्यका लागि समेत लाभदायी सिद्ध भएको छ ।अंग्रेजीमा नाइट जस्मिन् भनिने पारिजात फूलका विभिन्न फाइदाहरु रहेका छन् । यहाँ हामीले केही फाइदाहरु उल्लेख गरेका छौं ।

– पारिजात फूलको विशेष महत्व छ । यसले मुख्य गरी तपाईंको जीवनमा तनाव हटाउन मद्धत गर्दछ । यतिमात्र होइन त्यसको वास्नाले नै मनमा खुशी पैदा गराउँछ । साथ साथै सुगन्धले मस्तिष्कलाई शान्त पार्छ ।

– पारिजातको फूल राति मात्र फुल्दछ । विहान हुनासाथ जमिनमा खस्न थाल्छ । यो पनि मानिन्छ कि, पारिजातको वृक्षलाई छोए मात्र पनि थकाई मेटिन्छ ।

– पुराणमा उल्लेख भए अनुसार, पारिजातको वृक्ष तथा फूलले शान्ति तथा समृद्धि ल्याउने कुराको वर्णन गरिएको छ । तर पारिजातको वृक्ष उक्त व्यक्तिको घरमा भएमात्र त्यो सम्भव हुने विश्वास गरिन्छ ।

– आयुर्वेद अनुसन्धान अनुसार १५ देखि २० वटा पारिजातको फूलको रस बनाएर पिएमा हृदय रोगहरु निको हुने बताइन्छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

डोटी  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गरेका छन् । मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दशैँ...

कोरोनाका कारण उपचारथ बझाङका एक सवारी चालकको मृत्यु

बझाङ- सुदूरपश्चिममा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएका जयपृथ्वी नगरपालिका वडा नम्बर ८ बारिलका २८ वर्षीय...

कञ्चनपुरमा छोराको कुटपिटबाट आमा मृत्यु

महेन्द्रनगर ९ असोज । कञ्चनपुरमा छोराको निर्घात कुटपिटबाट आमा मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका...

टिकाको शुभ साइत भोली विहान १०.१९ बजे

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमबार बिहान १०.१९ बजे उत्तम भनेको छ । यसैगरी देवी विसर्जनको साइत बिहान...

मोदीको सन्देश लिएर आएका थिए रअ प्रमुख गोयलः मुख्यमन्त्री पोखरेल

काठमाडौं, कार्तिक ८ लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा सत्तारुढ नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेलले भारतीय गुप्चर संस्था रअका प्रमुख सामन्तकुमार गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको...

पुर्व राज्यमन्त्री रावलको पुर्वाधार विकास कार्यक्रमबाट चुरे फेदका बस्तीमा भुमिगत बोरिङ

मदन गिरी महेन्द्रनगर ७ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ को राधाकृष्ण टोलमा सिचाँईका लागि भुमिगत बोरिङ जडान गरिएको छ । सुदुरपश्चिम प्रदेशको उद्योग वन वातावरण तथा पर्यटनमन्त्री...

आफ्नोे दशैंभत्ता स्वास्थ्यचौकीलाई दिने बाजुराको बडीमालिका–७ का जनप्रनिधिको निणर्य

बाजुराः बाजुराको बडीमालिका नगरपालिका–७ का वडाअध्यक्ष धर्मराज पाध्याय लगायतका वडा सदस्यहरुले आफुले पाउने दशैंभत्ता स्वास्थ्यचौकीको स्तरोन्नतिका लागि दिने भएका छन्। वडाअध्यक्ष धर्मराजले आफुले दसैंभत्ता वाफत...

‘बोर्डिङ स्कूलले शुल्क उठाए, शिक्षकलाई तलब दिएनन्’

६ कात्तिक, काठमाडौं । निजी तथा संस्थागत विद्यालयमा कार्यरत अधिकांश शिक्षक–कर्मचारीहरूले यो दसैं बोनस पाएनन् । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया