सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

उमेर कटेर पनि जवान देखिन चाहनुहुन्छ ? यी खानेकुरा कहिल्यै नखानुहोस्

हामीले अहिले पनि कतिपय यस्ता व्यक्ति देख्छौं जो उमेर कटेर पनि जवान देखिन्छन् । ६० को उमेरमा पनि ३५ को जस्तै देखिने धेरै जना छन् । चाहना त सबैको हुन्छ जवान हुने । तर त्यसअनुसारको खान–पान नहुँदा सबैले आफ्नो चाहना पूरा गर्न सकेका हुँदैनन् ।

आफूलाई सधैँ जवान देखाउन चाहने मानिसले यस्ता खाना कम खाने अथवा नखाने गर्नुपर्छः

चिनी
चिनीले अनुहार फुस्रो बनाउने भएकाले चिनीयुक्त खाना, मिठाइलगायत धेरै खानु हुँदैन ।

World Link Ads
Mahakali Polytechnic

रक्सी

Dirghayu Ads

कलेजोले छालामा भएका टक्सिन हटाउँछ । रक्सी खानाले कलेजो कमजोर हुन्छ, जसले गर्दा छालाको टक्सिन हराउँदैन र अनुहार बुढोजस्तो देखिन्छ । रक्सीले छालालाई डिहाइड्रेट पनि गर्छ ।

ह्वाइट वाइन

ह्वाइट वाइनमा हुने एसिडले दाँतको इनामेल हट्छ र दाँतमा कस लागेजस्तो देखिन्छ ।

सेकुवा

मासुको सेकुवामा हाइड्रोकार्बोन बढी हुने भएकाले सेकुवा धेरै खाँदा अनुहारको उज्यालोपन हराउँदै जान्छ ।

नुनिलो खाना

Sana Kishan

नुनिलो खाना बढी खानाले शरीरमा पानीको मात्रा कम हुने भएकाले अनुहार फुस्रो देखिन्छ ।

प्रोसेस्ड मिट

ससेजलगायत प्रोसेस्ड मिटमा सल्फाइट नामक तŒव र नुन बढी हुने भएकाले यसले शरीरलाई डिहाइड्रेड गर्छ र मानिसको छालालाई फुस्रो बनाउँछ ।

मसलेदार खाना

मसलेदार खाना बढी खानाले अनुहारको चमक हराउँदै जान्छ ।

रातो मासु

कोलाजेन नामक अनुहारलाई चम्किलो बनाउने तŒव रातो मासु बढी खानाले कम हुँदै जान्छ । अनुहार फुस्रो र पाको देखिन्छ ।

इनर्जी ड्रिंक्स

इनर्जी ड्रिंक्स खाइरहने मानिसको दाँतको इनामेल हराउँदै गई दाँत कालो देखिन्छ ।

चियारकफी

चियारकफीमा क्याफिन प्रशस्त मात्रामा पाइने भएकाले बढी कफी पिउँदा छाला डिहाइड्रेट हुन्छ र मानिस बुढोजस्तो देखिन्छ । Internet Khabar

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.