सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कपाल फुल्ने समस्या छ ? छुटकरा पाउन अपनाउनुहोस् यो घरेलु उपाय

एजेन्सी । उमेर ढल्किंदै जाँदा कपाल फुल्नु भनेको वृद्धावस्थाको संकेत मानिन्छ । त्यसैले कपाल फुल्नुलाई अनुभव र बुद्धिको भण्डारको रुपमा लिइन्छ । तर, उमेर नहुँदै कपाल फुल्न थाल्यो भने त्यो समस्या बन्छ । त्यो समस्या युवाहरुमा पछिल्लो समय अझ बढी देखिंदै गएको छ ।

कपालले व्यक्तिलाई सुन्दर बनाउँछ । त्यसैले कपाललाई लिएर मानिसहरु सचेत हुने गर्छन् । कपाल फुल्ने समस्याले मानिसलाई मानसिक तनाव दिन्छ । सानै उमेरमा कपाल फुलेपछि व्यक्तिको उमेर वास्तविक भन्दा बढी देखिन्छ । जसले गर्दा मानिसहरु कपालमा विभिन्न मेहन्दी तथा रंगहरु लगाउने गर्छन् ।

World Link Ads
Mahakali Polytechnic

Sana Kishan

मेहन्दी र रंग पन्ध्र पन्ध्र दिनमा लगाउने झन्झट हुन्छ भने ती सौन्दर्य सामग्रीमा प्रयोग गरिएका रासायनिक पदार्थले कपालको जरा कमजोर गराउने, टाउको दुख्ने आदि असर पर्न सक्छ । साथै ती सामग्रीमा पैसा पनि धेरै खर्च हुन्छ । कपाल फुल्नबाट रोक्नको लागि घरेलु उपाय पनि प्रभावकारी हुन्छ । यसमा पैसा कम खर्च हुन्छ भने लगाउन पनि सजिलो हुन्छ ।

यो घरेलु उपायले कपालको जरालाई बलियो बनाउने र कपाल बढ्नमा सहयोग गर्छ । यो घरेलु उपायको लागि आलुको बोक्रा र लेवेंडर तेलको आवश्यकता पर्छ । यसको लागि आलुको बोक्रा बाक्लो गरि तास्नुपर्छ । त्यो बोक्रालाई केही समय पानीमा उभाल्नुपर्छ । त्यसपछि त्यो बोक्रामा तेल मिलाएर मिक्सरमा मिक्स गर्नुपर्छ ।

मिक्स गरेपछि बनेको उक्त पेस्टलाई कपालको हरेक भागमा फैलिने गरि राम्रोसंग लगाउनुपर्छ । यो विधि निरन्तर रुपमा हप्ताको दुई पटक अपनाउन सकियो भने कपाल फुल्ने समयबाट छुटकारा पाउन सकिन्छ ।Internet Khabar बाट सभार 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.