सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जनकपुर-जयनगर रेल: भारतै फर्काइए रेल सेट

काठमाडौं । सरकारले डेढ वर्षदेखि निर्माणाधीन जनकपुर–जयनगर रेलमार्गमा रेल सञ्चालन गर्ने घोषणा गरे पनि आवश्यक पूर्वतयारीमा चुक्दा नेपालमा आएको रेल पुनः भारततर्पm नै फिर्ता लगिएको छ । नियमित रूपमा रेल सञ्चालन गर्न डेढ महीनाजति लाग्ने नेपाल रेलवे कम्पनीले बताएको छ ।

३४ किलोमीटर लामो रेलमार्गमा शुक्रवार परीक्षण गरिए पनि नेपालले आवश्यक जनशक्ति तयार नगर्दा दुईओटा रेलसेटहरू पुनः भारततर्फ नै लगिएका हुन् ।

सो रेलमार्गमा रेल सञ्चालनका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक कर्मचारीहरू भर्ना नगरिएको तथा रेल इन्जिनीयरहरू भारतबाट ल्याउने प्रक्रिया नटुङ्ग्याउँदा नयाँ रेल आए पनि सेवा सञ्चालन हुन नसकेको हो ।

World Link Ads
Mahakali Polytechnic

नेपाल रेलवे कम्पनी लिमिटेडले १३९ कर्मचारी नियुक्ति गर्न भदौ २९ गते सूचना जारी गरेको छ । करार सेवाका लागि कम्पनीले १५ दिनभित्र आवेदन माग गरिएको छ । यसको प्रक्रिया सम्पन्न गर्न डेढदेखि २ महीना बित्ने देखिन्छ । भारतबाट ल्याउने कर्मचारीका लागि भने १ हप्ताभित्र टुंगो लाग्ने कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । उनका अनुसार लामो समय रेल सञ्चालन नगरी राखे पार्टपुर्जा बिग्रन सक्छ ।

Dirghayu Ads
Sana Kishan

‘सञ्चालनमा ल्याइसकेको रेल पार्किङ गरेर राख्दा पार्टपुर्जा बिग्रन सक्ने भएपछि समयसमयमा चलाउन पुनः जयनगर नै पठाउन परेको हो,’ उनले भने, ‘अहिले जयनगर र धनुषाको इनरुवामा ल्याएर राख्ने कि भन्ने विषयमा छलफल भइरहेको छ ।’ नियमित रूपमा रेल सञ्चालन गर्न डेढ महीनाजति लाग्ने भट्टराईले बताए । कम्पनीले कर्मचारी नियुक्तिको प्रक्रिया ढिला शुरू गरेकाले तयारी अवस्थाका रेल तत्काल प्रयोगविहीन भएका हुन् ।

पूर्वभौतिक सचिव तुलसीप्रसाद सिटौलाले रेल सञ्चालन गर्नुपूर्वका आवश्यक प्रक्रिया पूरा गर्न पर्याप्त समय हुँदाहुँदै पनि जनशक्ति व्यवस्थापनलगायत केही पूर्वाधारका काम गर्न सरकार चुकेको बताए । उनले यात्रुवाहक रेल घाटामा नै चल्ने भएकाले सामानहरू ढुवानी गर्न सके त्यसबाट केही लाभ लिन सक्ने उल्लेख गरे ।

भारत सरकारको सहयोगमा निर्माणाधीन ५ ओटा रेल लिकमध्ये अहिले ६९ किमीको जयनगर–जनकपुर–बर्दिवास रेलमार्ग निर्माणाधीन अवस्थामा छ । त्यसमध्ये जयनगर–जनकपुर ३४ किमी खण्डमा रेलको परीक्षण सञ्चालन भएको हो । सन् २०१० मा भारत सरकारको पूर्ण अनुदानमा भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्मको ६९ किलोमीटरमा रेलमार्ग निर्माण शुरू गरिएको थियो । रू. ५ अर्ब ३८ करोड अनुदानमा भारत सरकारले रेलमार्ग निर्माण गरिदिएको हो । १३ सय यात्रु बोक्न सक्ने दुईओटा रेल भने नेपालले रू. ८६ करोडमा किनेको हो । एक सेट रेलमा पाँचओटा डिब्बा छन्, जसमध्ये एउटा डिब्बा भने एसी कोच रहेको छ ।

गतवर्ष रेल सेवा सञ्चालन हुने दाबी गरिए पनि बाढीका कारण सम्भव भएन । यो वर्ष रेल आइपुगे पनि कर्मचारी अभावका कारण सञ्चालनमा ढिलाइ हुने देखिएको छ । -आर्थिक अभियान दैनिकबाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.